शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

राजनीतिक उथलपुथलले साताभर सेयर बजारमा उतारचढाव, अर्थमन्त्री वर्षमान पुनको ‘मुभ’ हेर्दै लगानीकर्ता

अर्थमन्त्री पुन भन्छन् - ६० लाख लगानीकर्ताको हितमै काम हुन्छ

बिहीबार , फागुन २४ २०८०
राजनीतिक उथलपुथलले साताभर सेयर बजारमा उतारचढाव, अर्थमन्त्री वर्षमान पुनको ‘मुभ’ हेर्दै लगानीकर्ता

बिहीबार सेयर बजार १३.५१ अंकले बढेर २०३०.५० बिन्दुमा पुग्दा ३ अर्ब १९ करोडको भएको छ।

काठमाडौं- अर्थमन्त्रीमा एमाले नेता विष्णु पौडेल आउने चर्चाबीच उत्साही सेयर लगानीकर्ता मंगलबार माओवादी नेता वर्षमान पुन आउने चर्चाले आत्तिए। जसका कारण सोमबार भारी अंकले बढेको बजार मंगलबार भारी अंकले घट्यो।

तर अन्योलका बीच अर्थ मन्त्रालयको नेतृत्वमा पुन आएपछि भने अर्थमन्त्रीको ‘मुभ’ हेरेर पर्ख र हेरको नीतिमा छन्। लगानीकर्ता सम्हालिएपछि बुधबार वृद्धितर्फ लागेको बजारले बिहीबार पनि सकारात्मक लय समातेको छ। यो साता समग्रमा बजार ५८ अंकले बढेको छ।

बिहीबार सेयर बजार १३.५१ अंकले बढेर २०३०.५० बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ३ अर्ब १९ करोडको कारोबार भएको छ। बिहीबार ५९ कम्पनीको सेयर मूल्य भने घटेको छ। 

सत्ता साझेदार फेरिँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। जसको असर दोस्रो बजारमा पर्ने गरेको छ। देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला लगानीकर्ताले हतियार बनाउने गरेका छन्। सोही चपेटामा यो साता सेयर बजार घुम्यो।  

सोमबार एकाएक उचालिएर मंगलबार बजार घटेको थियो। घटेको बजार बुधबार भने वृद्धितर्फ नै लागेको थियो। दुई दिनको उथलपुथल माथि-तलको अवस्थापछि बजार सम्हालिन थालेको छ। 

महतभन्दा सुविधाजनक अवस्थामा छन् अर्थमन्त्री पुन, जोगाएर हिँड्ने चुनौती महतभन्दा सुविधाजनक अवस्थामा छन् अर्थमन्त्री पुन, जोगाएर हिँड्ने चुनौती

बुधबार ९.३३ अंकले बढेर बजार २०१७.०३ बिन्दुमा पुगेको थियो। १७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो। 

यो साता आइतबार ११.७८ अंकले घटेको थियो। सोमबार सकारात्मक सर्किट लाग्दै ११७.७० अंकले बढेर बजार २०७८.०० मा पुगेको थियो। मंगलबार फेरि बजार ७०.३१ अंकले घटेको थियो।  

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेको देखिएको छ। अबको बजार कता जान्छ भन्ने अनुमान सरकारले दिने भरोसापछि मात्र थाहा हुने संगठित लगानीकर्ताहरू बताउँछन्।

यत अर्थमन्त्री पुन पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएको देखिन्छ। मंगलबार साँझ पदभारग्रहणको क्रममा पनि सेयर बजार बारे बोल्न भ्याएका थिए। सोही कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छ। 

नवनियुक्त अर्थमन्त्री पुनले बुधबार साँझ मन्त्रालयमा सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने बताएका थिए।  मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताएका थिए। अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने सम्म बताउन भ्याएका थिए।

‘सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ,  सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ,’ अर्थमन्त्री पुनले भने। ६० लाखभन्दा धेरै लगानीकर्ताहरू रहेको अवस्था रहेकोले व्यवहार र भविष्यसँग जोडिएको बताउँदै कमजोरी भए सुधार्ने बताएका थिए।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend