आइतबार, वैशाख १६ गते २०८१    
images
images

एमसीसी उपाध्यक्ष फातिमा बिहीबार नेपाल आउँदै, शुक्रबार प्रधानमन्त्री देउवासँग भेट्ने

images
बिजनेस न्युज
images
images
एमसीसी उपाध्यक्ष फातिमा बिहीबार नेपाल आउँदै, शुक्रबार प्रधानमन्त्री देउवासँग भेट्ने

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन्। यस अघि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा पनि काम गरेकी थिइन्।

images
images

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान ८ बजे कतार एयरवेजको जहाजमा आउने भएकी छन्। एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन्। यसअघि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा पनि काम गरेकी थिइन्।

images
images
images

उपाध्यक्ष फातिमाले बिहीबार काठमाडौं झरेपछि राजनैतिक भेटाघाटहरु तय भएका छन्। उनले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तय भएको छ। दोस्रो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डसँग भेट्ने कार्यक्रम तय भएको छ। त्यस्तैगरी शुक्रबार दिउसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ। 

images

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपध्यक्ष पदमा नियुक्ति भएकी हुन्। उनी एमसीसी अनुदान सम्बन्धी नेपाल‍-अमेरिका अन्तिम छलफलका क्रममा सहभागी थिइन्। नेपालले एमसीसी सम्झौतामा सन् २०१७ मा हस्ताक्षर गरेको थियो। सम्झौता भएपछि विवादका कारण कार्यन्वयन हुन सकेको छैन।

images

images

प्रकाशित : मंगलबार, भदौ २२ २०७८०९:४४
  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # एमसीए नेपाल
  • प्रतिक्रिया दिनुहोस