बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

बैंकर पृथ्वीबहादुर पाँडेसहितका लगानीकर्ताले प्रतिमेगावाट १४ करोडमै तयार पारे ११३ मेगावाटको निलगिरि

सर्वसाधारणका लागि अहिले नै आईपीओ जारी नहुने

images
बिहीबार , फागुन २४ २०८०
images
images
बैंकर पृथ्वीबहादुर पाँडेसहितका लगानीकर्ताले प्रतिमेगावाट १४ करोडमै तयार पारे ११३ मेगावाटको निलगिरि

अन्य आयोजनाहरूले प्रतिमेगावाट २० करोड रुपैयाँ खर्चंदै आएका छन्। अझ सरकारी आयोजनाको लागत महँगो नै हुने गरेको छ। तर निलगिरि आयोजनाले भने प्रतिमेगावाट १४ करोड रुपैयाँ खर्च गरेर ११३ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरेको छ।

images
images

काठमाडौं- बैंकर पृथ्वीबहादुर पाँडेसहितको लगानी रहेको निलगिरि खोला हाइड्रोपावर आयोजना अन्य आयोजनाभन्दा निकै सस्तो लागतमा निर्माण भएको छ।

images
images

अन्य विद्युत आयोजनाहरूले प्रतिमेगावाट २० करोड रुपैयाँ खर्चंदै आएका छन्। अझ सरकारी आयोजनाको लागत महँगो नै हुने गरेको छ। यस्तोमा निलगिरि आयोजनाले भने प्रतिमेगावाट १४ करोड रुपैयाँ खर्च गरेर १ सय १३ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरेको छ। उत्पादित विद्युत प्रसारणलाइनमा जोड्ने प्रक्रियासमेत सुरु भएको छ।  

images
images

१ सय १३ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजनाको ७१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको हो। गत माघदेखि परीक्षण सुरु गरिएको आयोजना आउँदो चैत दोस्रो सातादेखि नै प्रसारणलाइनमा जोडिने भएको हो। 

images
images

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको 'निलगिरिखोला दोस्रो जलविद्युत् आयोजना'को भौतिक निर्माण सम्पन्न भएर परीक्षणसमेत सफल भएको हो। 

४२ मेगावाट क्षमताको 'निलगिरि पहिलो' मा पनि आउने जेठसम्म सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ। पहिलो र दोस्रोलाई एकैपटक तयार पारेर १ सय १३ मेगावाट विद्युत प्रसारणलाइनमा जोड्ने तयारी भएपनि पहिलो आयोजनाको टर्बाइनमा केही समस्या आएपछि अहिले दोस्रोको मात्रै परीक्षण गरिएको हो। 

६ वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाको खर्च अन्य आयोजनाहरूको भन्दा निकै सस्तो देखिएको छ। कम्पनीले प्रतिमेगावाट १४ करोड रुपैयाँ खर्च गरेर आयोजना निर्माण गरेको छ। अन्य आयोजनाहरूले प्रतिमेगावाट २० करोड रुपैयाँ हाराहारीमा खर्च गर्ने गरेका छन्। अझ सरकारी आयोजनाहरूको लागत २५ करोड रुपैयाँ प्रतिमेगावाटभन्दा बढी पुगेको बेला निलगिरि आयोजनाले प्रतिमेगावाट १४ करोड रुपैयाँमै बनाउन सफल भएको छ। आयोजनाको लागत १५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।

अझ खासगरी साधारण सेयर (आईपीओ) जारी गर्ने कम्पनीहरूको लागत झनै महँगो हुने गरेको छ। निलगिरिले भने अहिलेसम्म पनि आईपीओ जारी गर्ने योजना बनाएको छैन। कम्पनीको खर्चको हिसाब हेर्दा आगामी वर्षमै लाभांश दिने क्षमता राख्दछ। 

अन्य आयोजनाहरूले २३ अर्ब न्यूनतम लगानी लगाउने गरेका छन्। सरकारी आयोजनामा १ सय १३ मेगावाट बिजुली उत्पादन गर्न झन्डै ३० अर्ब रुपैयाँ खर्चने गरेका छन्। यसरी हेर्दा निलगिरि आयोजनाले चुस्त खर्चमा निर्माण गरेको देखिएको छ। खर्चको हिसाब गर्दा निजी क्षेत्रकै अन्य आयोजनाको तुलनमा पौने ६ अर्ब सस्तोमा आयोजना निर्माण भएको छ।   

नेपाल विद्युत प्राधिकरणले नै बनाइरहेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको लागत २१ अर्ब १५ करोड ३२ लाख पुगेको छ। यसरी हेर्दा सरकारी आयोजनाको लागत नै १९ करोडभन्दा बढी परेको छ। त्यस्तै पहिले ३५ अर्ब लागत अनुमान गरेर सुरु गरिएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको लागत ८० अर्ब रुपैयाँभन्दा बढी भएको छ। 

दुवै आयोजनामा एउटै लगानीकर्ता

निलगिरि आयोजनाको पहिलो र दोस्रो दुवैको प्रवर्द्धक एउटै कम्पनी रहेको छ। निलगिरि हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण-४ को दोभिल्नादेखि वडा नं-३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो। 

यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ। बिजुली दोभिल्नादेखि दाना जोड्ने २ सय २० केभी क्षमताको प्रसारण लाइनमा जोडिने छ। 

गत सातामात्रै नेपाल विद्युत प्राधिकरणले क्षमताको २५ प्रतिशत बढाएर बिजुली दिएमा 'टेकअरपे'मा खरिद गर्ने निर्णय गरेकोले आयोजनाले १ सय २५ मेगावाटसम्म प्राधिकरणलाई बिक्री गर्ने लक्ष्य राखेको छ।

नदी प्रवाहमा आधारित आरओआर परियोजना भएकोले ४२ मेगावाट क्षमताको निलगिरिखोला पहिलोको विद्युतगृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइसकेको छ। उत्पादन सुरु हुनेवित्तिकै राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ। 

बाँध, सुरुङ ,विद्युतगृह, प्रसारणलाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहबरमा परीक्षण भएको हो। छोटेपामा निर्माण भएको डिसेण्डर (बालुवा थिग्राउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो। छोटेपादेखि दोभिल्नामा रहेको विद्युतगृहसम्म ४ हजार २ सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ। 

विद्युतगृह र छोटेपाको बाँधसहित ५ वटा अडिटबाट २०७६ देखि सुरुङ निर्माण थालिएको थियो। ४२ मेगावाटको निलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ। निलगिरि पहिलोको २ हजार मिटर लामो सुरुङ निर्माण गरिएको छ। निलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिरोले क्षति पुर्‍याएको थियो।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend