आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

प्लाइउडमा नयाँ कानून लगाउने म्याद थप्न भारत लचिलो, जोगिएला नेपालको बर्सेनि दुई अर्बको व्यापार?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २३ २०८०
images
प्लाइउडमा नयाँ कानून लगाउने म्याद थप्न भारत लचिलो, जोगिएला नेपालको बर्सेनि दुई अर्बको व्यापार?

भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयअन्तर्गत रहेको ब्यूरो अफ इन्डियन स्टेन्डर्सले आईएसआई चिह्न र प्रमाणपत्र जारी गर्दछ।

images
images

झापा- नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पाता)मा इण्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागु हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ।

images
images
images

आईएसआई प्रमाणित नभएका नेपाली प्लाइउडको आयातमा यही फागुन १६ गतेदेखि रोक लगाउने गरी ६ महिनाअघि भएको भारत सरकारको निर्णयबाट नेपालका प्लाइउड उत्पादक चिन्तित बनेका थिए।

images
images

नेपाल सरकारले आईएसआई प्रमाणपत्रका लागि प्रक्रिया पूरा गर्न समय लाग्ने जनाउँदै भारत सरकारलाई कडाइ नगरिदिन अनुरोध गरेपछि भारतले लचिलो हुँदै आगामी छ महिनाका लागि म्याद थप गरेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाइँले बताए। 

images
images

'प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख राजनीतिक दलका नेतालाई भेटेरै भारतले नेपाली प्लाइउड रोक्ने नयाँ नीति लागु गरेको अवगत गरायौँ', संघका अध्यक्ष प्रसाइले भने, 'बर्सेनी अर्बौंको विदेशी मुद्रा आर्जन हुने प्लाइउड निर्यात रोकिएमा ठूलो क्षति हुने विषयमा उहाँ पनि चिन्तित हुनुभयो तर अहिले भारत सरकारले छ महिनाको म्याद थप गरेको हो।' 

भारत सरकारले हालै आफ्नो राजपत्रमा नयाँ सूचना जारी गर्दै नेपालको प्लाइउड भारतमा बिक्री गर्नका लागि आईएसआई प्रमाणपत्र लागु हुने म्याद फेब्रुअरी २९ तारिखबाट ६ महिना बढाएर अगस्टसम्म पुर्‍याएको हो। 

नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष श्याम न्यौपानेले भारतले थपेको छ महिनाले समस्या टरेको नभएर केहीपर धकेलिएको मात्र बताए।

उनले नेपालका भेनियर उद्योग आईएसआईमा दर्ताका लागि प्रयासरत् रहेको जानकारी दिए। आईएसआई प्रमाणपत्र नलिइ अब निकासी सम्भव नहुने भयो भनेर नेपालका उद्योग धमाधम आईएसआई दर्ताको प्रक्रियामा लागेको उनले बताए। 

के हो आईएसआई?

आईएसओ अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गुणस्तर मापदण्ड हो भने आईएसआई भनेको भारत सरकारको गुणस्तर मापदण्ड हो। भारतले आइएसआइ मापदण्ड पूरा नभएका विभिन्न विदेशी सामानलाई उसको मुलुकमा आयातको अनुमति दिँदैन। 

भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयअन्तर्गत रहेको ब्यूरो अफ इन्डियन स्टेन्डर्सले आईएसआई चिह्न र प्रमाणपत्र जारी गर्दछ।

भारतले नेपाल लगायतका केही छिमेकी मुलुकलाई उक्त गुणस्तर मापदण्ड बिना नै यसअघि प्लाइउड आयातको अनुमति दिँदै आएको थियो। हाल आएर भारत सरकारले नेपाली प्लाइउडलाई कडाइ गर्दै गुणस्तर मापदण्डको दायरामा ल्याएको हो।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष प्रसाइका अनुसार आईएसआई गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गर्नका लागि सुरुमा आफ्नो उद्योगमा गुणस्तर प्रयोगशाला स्थापना गर्नुपर्दछ।

नेपालमा उत्पादित प्लाइउडको नमुना भारतको पटना, दिल्ली र कोलकातालगायतका प्रयोगशालामा परीक्षण गराउनु पर्ने झञ्झट थपिएको प्रसाइको भनाइ छ।

नेपालमा उच्चकोटीको प्रयोगशाला नभएको कारण देखाउँदै भारतले आफ्नै मुलुकको प्रयोगशालामा गुणस्तर जाँच्नु पर्ने बाध्यता सिर्जना गर्दै आएको उनले बताए। आईएसआई चिह्न र प्रमाणपत्रका लागि उद्योगमा प्रयोगशाला स्थापना गर्दा २० लाख रुपैयाँभन्दा बढी आर्थिकभार थपिने उनको अनुमान छ। 

दुई अर्ब रुपैयाँको निर्यात

नेपालबाट बर्सेनि दुई अर्ब रूपैयाँ बराबरको प्लाइउड भारततर्फ निकासी हुँदै आएको छ। गुणस्तरको बहानामा भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौँ भेनियर उद्योग बन्द हुनेछन्। त्यहाँ कार्यरत ६० हजारको रोजगारी गुम्ने छ।  

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गतवर्ष पूर्वी नाकाबाट १ अर्ब ९९ करोड बराबरको प्लाइउड भारत निर्यात भएको थियो।

व्यवसायीहरुले प्लाइउडको कच्चा पदार्थ निर्यात गर्दा प्रतिकेजी ६ रुपैयाँ र तयारी प्याइउड पठाउँदा १ सय १३ रुपैयाँका दरले भन्सार महसुल तिर्दै आएका छन्।

नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष न्यौपानेका अनुसार कोशी प्रदेशमा करिब ८० वटा र झापामा मात्र ३२ वटा भेनियर उद्योग सञ्चालनमा छन्। रासस

नेपालमा उत्पादित ‘प्लाइउड’ रोक्ने भारतीय नीति, दर्जनौँ भेनियर उद्योग बन्द हुने जोखिममा नेपालमा उत्पादित ‘प्लाइउड’ रोक्ने भारतीय नीति, दर्जनौँ भेनियर उद्योग बन्द हुने जोखिममा


प्रकाशित : बुधबार, फागुन २३ २०८०१६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend