बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

नेपालमा उत्पादित ‘प्लाइउड’ रोक्ने भारतीय नीति, दर्जनौँ भेनियर उद्योग बन्द हुने जोखिममा

६० हजार मजदूरले रोजगारी गुमाउने अनुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १४ २०८०
images
images
नेपालमा उत्पादित ‘प्लाइउड’ रोक्ने भारतीय नीति, दर्जनौँ भेनियर उद्योग बन्द हुने जोखिममा

मेची भन्सार कार्यालय काँकरभिट्टाकाअनुसार गत वर्ष पूर्वी नाकाबाट १ अर्ब ९९ करोड रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो।

images
images

झापा- भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ)को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन्।

images
images
images

भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौँ भेनियर उद्योग बन्द हुनेछन् भने त्यहाँ कार्यरत ६० हजारले रोजगारी गुमाउने व्यवसायीहरूले बताएका छन्।   

images

भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आईएसओ) प्रमाणित नभएका नेपाली प्लाइउडलाई यही फेब्रुअरी २८ तारिखदेखि आफ्नो मुलुकभित्र आयात हुन नदिने जनाउँदै आएको छ। यसको जानकारी तीन महिनाअघि नै भारतीय राजपत्र (गजेट)मा प्रकाशित भएको थियो। 

images
images
images

नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष श्याम न्यौपानेले भारतले ल्याएको नयाँ नीति लागु भएमा नेपालका भेनियर उद्योगहरू बन्द हुने निश्चित भएको बताए। नेपालका कुनै पनि भेनियर उद्योगहरू आईएसओमा दर्ता छैनन्।

भारतको नयाँ नीतिका कारण नेपाली भेनियर उद्योगको बजारमा नकारात्मक असर पर्न थालिसकेको उनले बताए।

उनले भने, 'उत्पादनको ४० प्रतिशत मात्र नेपालमा खपत हुन्छ र ६० प्रतिशत तयारी प्लाइउड भारत निकासी हुँदै आएको छ।'

उनले भारतले हठात ल्याएको नयाँ नीतिले प्लाइउड निर्यात गरेर बर्सेनि लाखौँ विदेशी मुद्रा आर्जन गर्दै आएको नेपाललाई ठूलो आर्थिक क्षति पुगेको र रोजगारी गुमाउने अवस्था सृजना भएको बताए। यसलाई रोक्न नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्नुपर्ने उनको सुझाव छ। 

मेची भन्सार कार्यालय काँकरभिट्टाकाअनुसार गत वर्ष पूर्वी नाकाबाट १ अर्ब ९९ करोड रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो।

व्यवसायीहरूले प्लाइउडको कच्चापदार्थ निर्यात गर्दा प्रतिकेजी ६ रुपैयाँ र तयारी प्याइउड पठाउँदा १ सय १३ रुपैयाँको दरले भन्सार महसुल तिर्दै आएका छन्। 

कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी सङ्ख्यामा भेनियर उद्योग रहेको संघका उपाध्यक्ष न्यौपानेले जानकारी दिए।

उनका अनुसार कोशी प्रदेशमा करिब ८० र झापामा मात्र ३२ वटा भेनियर उद्योग सञ्चालन भइरहेका छन्। एउटा उद्योगमा कम्तीमा ६० देखि दुई हजारजनाले रोजगारी पाइरहेका हुन्छन्। 

नेपाली व्यवसायीहरू भारतको नयाँ नीतिको सुरुदेखि नै विरोधमा छन्। व्यवसायीहरूले नेपाल सरकार र भारतीय राजदूतावास दुवैलाई निर्यात बन्द हुने अवस्था आउन नदिन आग्रह गर्दै आएका छन्।  

नेपाली भेनियर व्यवसायीहरू भारत सरकारले खोजेजस्तो आईएसओ दर्तामा जान लामो र झन्झटिलो प्रक्रिया लाग्ने बताउँछन्।

सञ्जीवनी प्लाइउड उद्योगका सञ्चालक सञ्जीव साहले भारतले नयाँ नीति लागु गर्ने फेब्रुअरी २८ तारिख आउन अब केही दिन मात्र बाँकी भएकाले नेपाली भेनियर उद्योगको भविष्यमा कालो बादल मडारिएको बताए। रासस


प्रकाशित : सोमबार, फागुन १४ २०८०१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend