शनिबार, साउन १२ गते २०८१    
images
images
images

धानको बीउमा कमी आएपछि किसान चिन्तित

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २४ २०७८
images
images
धानको बीउमा कमी आएपछि किसान चिन्तित
images

भजनी- कैलालीको भजनी नगरपालिका-८ का रामकृष्ण चौधरी आफ्नै खेतमा उत्पादन भएको बीउ प्रयोग गर्दै आइरहेका छन्। उनलाई अहिलेसम्म थाहा छैन, धान र गहुँको बीउ किन्न पनि पाइन्छ!  

images
images

'खेती लगाउने समयमा बीउ आफैँसँग हुन्थ्यो। कसैसँग सापटी माग्नुपर्ने अवस्था आउँदैनथ्यो', उनले भने, 'यस वर्ष बाढी र डुबानले सबै धान नष्ट भयो। आउँदा वर्ष खेतमा के रोप्ने भन्ने चिन्ता छ।'
 
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड क्षेत्रभित्र मात्रै अहिले १२ वटा बीउ उत्पादन गर्ने कृषि सहकारी संस्था छन्।

images

विगतमा जानकी गाउँपालिकाको बिजवृद्धि कृषक सहकारीले मात्रै बीउ उत्पादनको काम गरेको भएपनि पछिल्लो समयमा आयोजनाको काम सुरु भएपछि बीउ उत्पादनमा सहकारीलाई सघाउन थालेकाले कृषि सहकारीहरु यसतर्फ उत्साहित भएका थिए। यहाँ उत्पादन भएको उन्नत बीउ कैलालीमा मात्रै नभई बाह्य जिल्लामा समेत निर्यात हुने गरेका थिए। तर यस वर्ष भने वर्षातका कारण बीउ उत्पादनमा निकै ह्रास आएको छ।

विशेषगरी धानको बीउ उत्पादनमा निकै कमी आएपछि आउँदो वर्ष बीउको निकै अभाव हुने चिन्ता बढेको छ। बिज वृद्धि कृषक सहकारी संस्थाले यस वर्ष चार सय मेट्रिक टन धानको बीउ उत्पादनको लक्ष्य लिएको थियो। तर सहकारी संस्थाले दुई सय मेट्रिक टनमात्रै यसको बीउ उत्पादन गर्न सक्यो।

images

धान काटेर सुकाउन राखेको समयमा आएको वर्षाले सबै बीउको धान बिगारेपछि उत्पादनमा ह्रास आएको सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताए। 'हामीले बीउका लागि उत्पादन गरेको चार सय मेट्रिक टन धान हो। सबै वर्षातमा बिग्रेपछि करिब दुई सय मेट्रिक टन धानको बीउ मात्रै बचाउन सक्यौँ', उनले भने, 'बीउ उत्पादन गर्ने किसानलाई पनि निकै नोक्सान भएको छ। राम्रो मूल्य पाउने किसानले बजार मूल्यमा धान बेच्दा नोक्सान भएको हो।'

त्यस्तै, धनसिंहपुर कृषि सहकारी संस्थाले यस वर्ष धानको बीउ उत्पादनका लागि ७५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको क्षेत्र धनसिंहपुरमा अधिकांश धान बाढीमै विलय भयो। बीउका लागि रोपिएको धान पनि किसानले भित्र्याउन पाएनन्। दुई सय मेट्रिक टन धानको बीउ उत्पादनको लक्ष्य लिएको सहकारीले ७५ मेट्रिक टन बीउ पनि उत्पादन गर्न नसकेको सहकारीका अध्यक्ष धनसिंह साउँदले बताए।

उनले बर्सेनि बीउ उत्पादनलाई वृद्धि गर्दै लगेको भए पनि यस वर्षको बाढी र डुबानले किसानलाई सबैभन्दा बढी क्षति भएको बताए। 'आउँदो वर्ष धानको बीउ कताबाट ल्याउने भन्ने चिन्ता छ। हुनत भारतीय बजार नजिकै भएको कारणले पनि केही किसानले भारतबाट पनि बीउ ल्याउन सक्ने अवस्था छ', उनले भने, 'बाहिरबाट र घरकै धानको बीउ रोप्दा उत्पादनमा ह्रास आउने अवस्था हुन्छ। त्योभन्दा पनि जुन धानको बीउ हामीले बाहिर पठाउथ्यौँ, त्यसमा निकै ह्रास आयो।'

त्यति मात्र होइन, अहिले भारतीय बजारसम्म नेपालीहरुको आवागमन सहज भएपछि यहाँका कृषि सहकारी संस्थाले भण्डारण गरेको गहुँको बीउको मूल्यमा समेत कमी आएको छ। सहकारी संस्थाहरुले दिने मूल्यभन्दा भारतीय बजारमा सस्तोमा बीउ पाउन थालेपछि यहाँको बीउको मूल्यमा कमी आएको हो। सस्तोमा पाउन थालेपछि किसानले भारतीय बजारबाट गहुँको बीउ ल्याएर खेती गरेका छन्। केही बीउ बिक्री भए पनि अझै १५ मेट्रिक टन भण्डारण मै रहेको बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक रावतले बताए। रासस


प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend