बिहीबार , वैशाख २० गते २०८१    
images
images

१६ अर्बले बढ्यो कर्जा, कमर्सियल बैंकले २ अर्ब लगानी गर्दा विकास बैंक र वित्तीय संस्थाले दिए १४ अर्ब

images
images
images
१६ अर्बले बढ्यो कर्जा, कमर्सियल बैंकले २ अर्ब लगानी गर्दा विकास बैंक र वित्तीय संस्थाले दिए १४ अर्ब

फागुन १९ गतेसम्ममा कुल ४४ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूबाट फागुन २० गते ४५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

images
images

काठमाडौं- एकैदिनमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह करिब १६ अर्ब रुपैयाँले बढेको छ। पछिल्लो समय वाणिज्य बैंकहरूको तुलनामा विकास बैंक तथा वित्तीय कम्पनीले बढी कर्जा दिएका छन्। 

images
images
images

यही फागुन २० गते आइतबार भएको कुल १६ अर्ब कर्जा लगानीमध्ये १४ अर्ब रुपैयाँ विकास बैंक तथा वित्तीय संस्थाबाट र २ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

images

गएको शनिबारसम्म समग्र बैंकिङ प्रणालीबाट ५० खर्ब ७२ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार बढेर ५० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो। जसमध्ये वाणिज्य बैंकबाट करिब २ अर्बमात्रै कर्जा लगानी भएको छ।

images

फागुन १९ गतेसम्ममा कुल ४४ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूबाट फागुन २० गते ४५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। 

images
images

१६ अर्ब रुपैयाँ कर्जामध्ये १४ अर्ब विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रवाह भएको छ। वाणिज्य बैंकबाहेकका बैंक वित्तीय संस्थाहरूले फागुन १९ सम्ममा कुल ५ खर्ब ७३ अर्ब कर्जा दिएकोमा फागुन २० गते बढेर ५ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। 

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने कम भएको छ। यस अवधिमा बैंकिङ प्रणालीमा निक्षेप करिब २ अर्बले मात्रै बढेको छ। यस अवधिमा कमर्सियल बैंकको निक्षेप संकलन भने करिब २ अर्बले बढ्दा अन्य वित्तीय संस्थाहरूको निक्षेप स्थिर देखिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी) ८०.०२ प्रतिशत कायम भएको छ। कर्जा निक्षेप अनुपातका आधारमा बैंकिङ प्रणालीमा करिब ६ खर्ब १५ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई स्थायी निक्षेप संकलनको सुविधा दिएको छ। मौद्रिक नीतिको दोस्रो समीक्षामार्फत राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो। 

राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा फागुन १५ बाट कार्यान्वयनमा ल्याएसँगै अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत कायम भएको छ। यस अवधिमा राष्ट्र बैंकले करिब ४ खर्बभन्दा बढी रकम स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गरेको छ। 

राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेकाले स्थायी निक्षेप सुविधामार्फत बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाइरहेका छन्। 

images

प्रकाशित : मंगलबार, फागुन २२ २०८००४:२८

प्रतिक्रिया दिनुहोस