सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

प्रस्तावित निजामती विधेयक : यस्तो छ आरक्षण व्यवस्था

images
सोमबार, फागुन २१ २०८०
images
प्रस्तावित निजामती विधेयक : यस्तो छ आरक्षण व्यवस्था

विधेयकमा संघीय निजामती सेवाको रिक्त पदपूर्तिमा आरक्षणको विषय स्पष्टसँग उल्लेख गरिएको छ।

images
images

काठमाडौं- सरकारले प्रस्तावित निजामती विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ। विधेयकमा संघीय निजामती सेवाको रिक्त पदपूर्तिमा आरक्षणको विषय स्पष्टसँग उल्लेख गरेको छ।

images
images
images

निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा हुने पदमध्ये ४९ प्रतिशत पदलाई आरक्षण कोटामा राख्ने विधेयकमा प्रस्ताव राखिएको छ। जसमा ४९ प्रतिशतलाई सत प्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा महिलाहरुबीच र बाँकी ५० प्रतिशत पदमा अन्य समूहका उम्मेदवारहरु बीच मात्रै प्रतिस्पर्धा गराउने व्यवस्था गर्न लागेको छ।

images
images

महिलाहरु मात्रै प्रतिस्पर्धा गर्न पाउने ५० प्रतिशतलाई पनि सतप्रतिशत मानी खस आर्यबाट २७.७ प्रतिशत, आदिवासी जनजातीलाई २५.७ प्रतिशत, मधेसीलाई १५.३ प्रतिशत, दलितलाई १२.७ प्रतिशत, थारुलाई ६.६, मुस्लिमलाई ४, पिछडिएको क्षेत्रलाई ४ र अपांगता भएकालाई ४ प्रतिशत हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

images
images

यसैगरी महिला समावेशी पदबाहेकको अन्य बाँकी ५० प्रतिशत समावेशी पदलाई सतप्रतिशत मानी आदिवासी जनजातीलाई ३२.५ प्रतिशत, मधेसीलाई १९ प्रतिशत, दलितलाई १५.५ प्रतिशत, विपन्न खस आर्यलाई १० प्रतिशत, थारुलाई ९ प्रतिशत, मुस्लिमलाई ५, पिछडिएको क्षेत्रलाई ५ र अपांगता भएकालाई ४ प्रतिशत कोटा निर्धारणको व्यवस्था गरिएको छ।


प्रकाशित : सोमबार, फागुन २१ २०८०१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend