बिहीबार , वैशाख २० गते २०८१    
images
images

१० दिनमै सेयर बजारमा २८१ अंकको गिरावट, अझै ४/१२ कै प्रभाव हो कि अरु कारण? (यस्तो छ विश्लेषण)

पुँजीबजारलाई प्रविधिमा लैजान कोभिड बन्यो अवसर

images
images
images
१० दिनमै सेयर बजारमा २८१ अंकको गिरावट, अझै ४/१२ कै प्रभाव हो कि अरु कारण? (यस्तो छ विश्लेषण)
images
images

काठमाडौं- कोभिड संक्रमण विश्वव्यापी फैलिँदै थियो। नेपालले पनि कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो। तर बजार १० गते सोमबारबाट बन्द भइसकेको थियो। कारोबार बन्द हुनुअगाडिको अघिल्लो दिन चैत ९ गते बजार १८.२० अंकले गिरावट आउँदै बजार १२५१.४५ मा रोकिएको थियो।

images
images
images

बजार दुई साताजति बन्द भयो। बजार भन्द गरेको भन्दै विरोध भएपछि बजार खुल्यो। सोही समयमा सेयर बजारमा अनलाइन कारोबार गर्नेको संख्या बढ्दै गयो। सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशको लागि अवसर बन्यो।

images

विस्तारै डिम्याट खोल्नेको संख्या बढ्न थाल्यो। क्यापिटल कम्पनीहरूले पनि अनलाइननबाट डिम्याट तथा मेरो सेयरको आइडी घरबाटै खोल्न सक्ने प्रविधिको समेत विकास भयो। यो समय नै सेयर बजारमा अनलाइन प्रविधिले छलाङ मार्‍यो। 

images

अहिले १६ प्रतिशत जनता पुँजीबजार जोडिएका छन्। ४८ लाख डिम्याट खाता भइसेको छ भने ३८ लाख भन्दा बढीको मेरो सेयर आइडी बनिसकेको छ। १० लाख भन्दाले त अनलाइनबाट नै सेयर कारोबार गरिरहेका छन्।

images
images

अहिले अनलाइन कारोबार गर्नेको संख्या बढ्दो छ। अनलाइन प्रविधिका कारण नै पुँजी बजारमा पानपसलदेखि श्रमिक तथा विद्यार्थीसमेत जोडिएका छन्। कोरानाले पुँजी बजारलाई अनलाइन प्रविधिमा लैजान एउटा अवसर नै बनायो।

जसका कारण बजार चलायमा निरन्तर रुपमा बढ्दै गयो। १२५१ को बजार आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको सार्वजनिक हुन अगाडिसम्म साउन २८ गते नेप्से परिसूचक ३१७८ को अंकमा पुगेर बजार रोकिएको थियो। साउन २८ गते नेप्से १६ अंकले बढेर कारोबार बन्द भएको थियो। साउन २७ गते नेप्से परिसूचक ३१६२ मा पुगेर रोकिएको थियो।

तर मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन साउन ३१ गते नेप्से २४ अंकले घटेको थियो। साउन ३१ गते आइबार बजार ३१५४ पुगेर रोकिएको थियो। त्यसपछि साउन ३२ गते पुनः ६ अंकले बढेर ३१६० को अंकमा बजार रोकिएको थियो। भदौ १ गते भने सेयर बजारमा कुनै ठूलो परिर्वतन आएन।

सोही दिन ३१६०.०९ बाट बढेर ३१६०.६२ मा पुगेर बजार रोकिएको थियो। तर भदा २ गते सेयर बजारमा नयाँ रेकर्ड कायम हुँदै नेप्से ३१९९ को अंकमा पुगेको थियो। बजार बढ्दै जाँदा कारोबार पनि २१ अर्ब रुपैयाँभन्दा बढी भएको थियो। तर मौद्रिक नीतिमा गरिएको ४/१२ करोड सेयर कर्जाको विरोध सुरु भयो।

४/१२ को विरोधसँगै बजार घट्न थाल्यो। ३२ सय अंकमा पुगेको बजार निरन्तर तल झर्दै कात्तिक २ गते सबैभन्दा न्यून विन्दु २५११ अंकमा आइपुगेको थियो।

मौद्रिक नीतिको समीक्षापछि १० दिनको कारोबारमै २८२ अंकको गिरावट

मौद्रिक नीतिको समीक्षा अगाडि तिहार पछि केही दिने बजारमा सुधार देखिएको थियो। मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ४/१२ करोड रुपैयाँको सेयर कर्जाको व्यवस्था परिमार्जन हुनेमा लगानीकर्ता आशावादी थिए।

तर नेपाल नेपाल राष्ट्र बैंकले ४/१२ करोड रुपैयाँको सेयर कर्जालाई यथावत नै राख्ने निर्णय गर्‍यो। लगानीकर्ताले त्यसपछि भने ४/१२ करोडको सीमालाई खासै ठूलो विषय बनाएनन्।

सेयर विश्लेषकहरूले पनि लगानीकर्ताले ४/१२ करोड रुपैयाँको सेयर कर्जाको व्यवस्था पचाइसकेका र अब खासै असर नगर्ने बताउँदै लगानीकर्ताको मनोबल बढाउने कोसिस गरिरहेका थिए। विश्लेषकहरूले पनि बजार घट्ने ठाउँ नरहेको र केही समय बजारमा सामान्य उत्तरचढाव आउने र बजार विस्तारै बढेर नयाँ रेकर्डतर्फ जाने बताइरहेका थिए।

तर बजार विश्लेषकहरूले भने जस्तो भएन। मौद्रिक नीतिको समीक्षापछिको दुई साताको कारोबारमा बजारमा उत्साह देखिएन। बजार २ दिन झिनो अंकले बढे पनि सम्रगमा १० दिनको कारोबारमा बजार १८२ अंकले गिरावट आयो। कारोबार रकम पनि घटेर पौन ३ अर्बमा समेत झरेको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर १० गते शुक्रबार भएको थियो। मंसिर ९ गते बजार २७३१.७८ अंकमा रोकिएको थियो। तर मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो दिन मंसिर १२ गते आइतबार नै सेयर बजारमा भारी गिरावट आएको थियो। उक्त दिन बजार ८० अंकभन्दा बढीले घटेको थियो।

बजार घटेसँगै विश्लेषकहरूले बजार २६ सयभन्दा तल नजाने बताउँदै लगानीकर्ताको मनोबल बढाइरहेका थिए। तर बजार घट्ने क्रम रोकिएन। मंसिर २३ गतेसम्म आइपुग्दा बजार १० दिनकै समयमा २८० अंकले घटेर २४४९.९७ मा आइपुगेर रोकिएको छ।

किन बजार घटिरेको छ? बजारमा केको असर हो भनेर बिजनेश न्युजले यो २ सातामा केही सेयर विश्लेषकसँग कुराकानी गरेका छौँ। उनीहरू सबैको एउटै भनाइ छ- बजार घट्ने ठाउँ नै छैन किन बजार घटिरहेको छ हामी नै चकित छौँ।

विश्लेषकहरूको भनाइ यस्तो छ-

अम्बिकाप्रसाद पौडेल

सेयर बजारमा अगाडि के हुन्छ भनेर पहिल्यै भन्न त सकिँदैन। कुनै पनि क्षेत्रमा सकारात्मक असर पर्ने कि नकारात्मक असर पर्ने भन्ने विषय त्यो क्षेत्रसँग जोडिने नियामक तथा प्रत्यक्ष सरोकार राख्ने निकायको भूमिका हुन्छ।

सकारात्मक रुपमा लिने हो भने सकारात्मक प्रभाव पर्छ। नकारात्मक रुपमा लिने हो भने नकारात्मक असर पर्ने हो।पछिल्लो सयममा नियामक निकाय तथा सेयर बजारसँग प्रत्यक्ष रुपमा जोडिने निकाय अर्थ मन्त्रालय तथा राष्ट्र बैंक जस्ता निकायहरूले पुँजी बजारलाई जसरी हर्नेु भएको छ त्यसमा बजारमैत्री छैन।

त्यसको मनोवैज्ञानिक असर बजारमा देखिएको हो। पुँजी बजारलाई एउटा लगानीको क्षेत्र, सरकारको राजस्व संकलनको क्षेत्र, तरलता प्रदान गर्ने क्षेत्र वा उद्यमशिलताको क्षेत्रको रुपमा सोचिदिएको भए हुन्थ्यो। राज्यले पछिल्लो समय पुँजी बजारको क्षेत्रलाई अनउत्पादक क्षेत्र, प्राथकितामा नरहेको क्षेत्र र यसले कहाँ कतै पनि योगदान गर्न नसक्ने क्षेत्रको रुपमा लिइएको छ।

व्यवहार पनि त्यही किसिमको भएको छ। बजारमा अहिले त्यसको प्रभाव हो। सबैभन्दा संवेदनशील क्षेत्र पुँजी बजार हो। यसमा सरकारको क्रियाकलापको प्रहिलो प्रभाव यहाँ आउँछ। अन्य पानी उमालेर राखेपछि पनि विस्तारै चिसो हुन्छ त्यसरी नै जान्छ धेरै विषय। तर पुँजी बजारमा ग्यास पर्नसाथ असर पर्न थाल्छ। उदाहरणका लागि दूध उम्लिरहेको बेला ग्यास मार्ने हो भने दूध पनि उम्लिन छोडेपछि पहिलेकै तहमा आउँछ। यसरी नै पुँजी बजारमा असर पर्छ। यसको अर्थ सरकारको नीतिले यसमा तुरुन्तै प्रभाव पर्छ। अहिले बजारमा मात्रै प्रभाव देखिएको छ। यसको असर सबै क्षेत्रमा देखापर्छ। ठूलो रुपमा गुमाइसकेपछि सरकारको चेत आउला। अनि बजार आफ्नो लयमा फर्कन्छ भन्ने नै हो।

manju.PNG
अम्बिकाप्रसाद पौडेल

असर पर्नेमा केही विशेष कारण छन्। सबैभन्दा पहिले सेयर बजार बढ्यो। बजार राम्रो लयमा गएको थियो। त्यसलाई हाम्रो नियामक निकायहरूले पचाउन सकेनन्। नियाकममा बस्नेले कहिले सेयर बजार फुलियो भन्छन्। कहिले सुन्नियो भन्छन्। अन्य देशमा त सेयर बजारमा लगानी गर्ने ठूला लगानीकर्तालाई सम्मान गर्ने तथा बजार माथि जाँदा दिपावली गर्ने हुन्छ। केही दिन अगाडि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा ठूला लगानीकर्तालाई सम्मान पनि गरे। तर हाम्रोमा भने पुँजी बजार बढ्दा सबै नियामकलाई निन्द्रा लाग्दैन। निदाउनै सक्दैनन्। त्यसले राजस्वमा कति योगदान गरेको छ। व्यक्तिको आयआर्जनमा कति सहयोग गर्‍यो भनेर हेरिँदैन।

एउटा नियामक निकायको बुझाइले पनि बजारमा पनि प्रभाव पार्छ। अर्को विषय बजारलाई बन्धक बनाइ राखिएको छ। कुल पुँजीको ४० प्रतिशत मात्रै लोन पाउने गरी बन्धन राखिएको थियो। त्यो नै बजारका लागि बाधक थियो। झन अहिले त लोन नै लिन पाउँदैनौँ भनेर ४र१२ करोडको व्यवस्था गरियो। यसले पनि पुँजी बजारमा असर पारेको छ।

मौद्रिक नीति समीक्षामा यो बन्धन हट्ला भने लगानीकर्तामा आशा थियो। तर लगानीकर्ताको आशालाई सम्बोधन गर्ने काम भएन। यस कारण यो अत्ति नै संवेदनशील क्षेत्र हो। सरकारले लिएको नयाँ कदमहरूको प्रभाव आउन केही समय लाग्छ। तर प्रभाव पर्छ भन्ने अनुमानको आधारमा पुँजी बजारमा त तत्काल नै असर देखिन्छ नै।

जबसम्म सरकार पुँजी बजारको विषयमा सकारात्मक बन्दैन तबसम्म यो अवस्था रहन्छ। लगानीकर्ताले पनि सरकारको नीतिले मात्रै प्रभाव पर्छ भनेर सोच्दा यस्तो भएको हो। लगानीकर्ताले पनि केही योजना अवश्य बनाउनु पर्छ।

लगानीकर्ताको पनि कमीकमजोरी छ। कम्पनी छनोट गर्दा विचार गरेर सही कम्पनी छनोट गर्नु पर्छ। हल्लाको पछाडि लाग्नु हुँदैन। केही कमजोर कम्पनीमा बढी लगानी गर्दा बढेको बजारमा विस्तारै असर गरेको हुनसक्छ। ट्रेडिङ रुपमा कम्पनी छान्दा पनि बजारमा केही असर परेको छ।

अर्को विषय बजार बियरिस हैन। बियरिस भएको छैन। बजारमा करेक्सन आएको हो। बियरिस भएको भए यहाँभन्दा धेरै तल जानु पर्थ्यो। बियरिसमा उच्च अंकमा पुगको बजारमा ठूलो गिरावट आउँछ। 

अहिले हामी ३२ सयको उच्च अंक लिँदा पनि २६ सयको आसपासमै छौँ। यसभन्दा अगाडिको बियरिस ट्रेन्ड हेर्ने हो भने १८ सयबाट घटेर ११ सय र ११ सय ८८ बाट ३ सयमा बजार झरेको थियो। न्यूनतम ४२ र अधिकतम ७५ प्रतिशतसम्म बजार घटेको अवस्था छ। तर अहिले २०र२२ प्रतिशत मात्रै घटेको हो।

यसरी सबै सूचक हेरिरहँदा त्यो तहमा घट्ने कुनै सम्भावन नै छैन। सरकारले पुँजी बजारलाई अलिकति पुँजी बजारकै रुपमा सकारात्मक रुपले हेरिदिएको अवस्थामा बजारले तुरुन्तै नयाँ उचाइ प्राप्त गर्छ। सरकारको रवैया र नियामकको व्यवहारको कारण अहिले यो अवस्था आएको हो। हुन त पुँजी बजार घट्नु पर्ने प्राकृतिक विषय नै हो। तर बजारमा कसैले पनि अनावश्यक रुपमा मूल्यलाई हस्तक्षेप नगरिदिए हुन्थ्यो भन्ने नै हो।

छोटेलाल रौनियार

सेयर बजारमा खास अहिले घट्ने ठाउँ नै देखिएको छैन। यस्तोमा पनि बजार किन घटिरहेको छ भनेर हामी पनि चकित भएका छौँ। सबै बुझेर हेर्दा अहिले बजारमा तीनरचार वटा विषयले प्रभाव पारेको देखिन्छ। केही ठूला लगानीकर्ताले सेयर बजारमा चलखेल गरिरहेका कारण पनि अहिलेको अवस्था देखिएको छ।

एउटा त ४/१२ करोडको सेयर धितो कर्जाको सीमाकै कारण पनि हो। लगानीकर्तामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको नयाँ व्यवस्थाले बजारमा प्रभाव पारेको कारण त्यो सीमा परिमार्जन होला भन्ने आँकलन थियो। तर समीक्षापछि पनि त्यसो भएन। जसका कारण लगानीकर्तामा नकारात्मक असर पर्‍यो।

फेरि अर्को विषय ब्याजदर बढ्ला कि भने शंका थियो र त्यो शंका अझै पनि छ। तरलता अभावका कारण नै ब्याजदर बढ्ने डर बाँकी नै भएको हो।

यसबाहेक पनि ब्रोकर तथा केही ठूलाबडा लगानीकर्ताहरूले नकारात्मक असर पुग्ने हल्लाहरू फैलाए। लोभलालच भएका लगानीकर्ताले नकारात्मक प्रचार बढी गरेका छन्। बजार घटाएपछि किन्न पाउने देखेर नकारात्मक विषयको बढी प्रचारमा उनीहरू लागे। कतिपयले बजार बढेको बेला बेचेर बसका थिए।

manju.PNG
छोटेलाल रौनियार

केही मिडियामा नकारात्कम समाचार आउने, केहीमा त डिपोजिट बढ्यो अब तरलता अभाव कम हुँदै जान्छ र ब्याजदर पनि बढ्दैन भनेर आइरहेको छ। यस्ता कुराहरूले बजारलाई असर गर्छ।

राष्ट्र बैंकका गभर्नरले पनि ब्याजदर बढ्न दिँदैनौँ भनेका छन्। तरलता अभाव सम्बोधन हुँदै जान्छ र बढ्दैन भनिरहेका छन्। सकारात्मक विषयभन्दा नकारात्मक विषय छिटो फैलिन्छ। नकारात्मक सूचना बढी आउँदा पनि बजारमा समस्या देखिएको हो।

अहिले बैंक तथा वित्तिय संस्थाहरूको धमाधम लाभांश बुक गर्ने समयमा सेयर बजारमा उत्साह हुनुपर्ने हो। बजारमा अहिले भनेको बालिनाली भित्र्याउने समय भए पनि नकारात्मक प्रचारका कारण सुधार आउन नसकेको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट आउँदा सबैको राम्रो नै आएको छ। अहिले पुँजी २५ प्रतिशतले घटिसकेको छ। ३२ सयमा पुगको बजार २४ सयको रेन्जमा आइसकेको छ। ७ सय अंक भनेको त ठूलो अंकको गिरावट हो। कुनै कुनै कम्पनीको त ४५ प्रतिशतसम्म घटेको छ।

आजको दिनमा ४ लाखभन्दा बढीको डिम्याट बनेको छ। ३८ लाख मेरो सेयर लिनेहरू छन्। २४ लाखभन्दा बढीले आइपीओहरू भरिरहेका छन्। ११ लाख जना अनलाइन लिने छन्। यसको अर्थ १६ प्रतिशत जनसंख्या पुँजीबजारमा जोडिएका छन्। सरकारलाई जाने राजस्व पनि बढीरहेको छ। गत आर्थिक वर्षमा मात्रै १४ अर्ब २३ करोड रुपैयाँ पुँजीबजारबाट सरकारलाई कर गएको थियो।

सेयर बजार अहिले पानपसलमा समेत चर्चा हुने विषय बनिसकेको छ। अहिले घर गृहणीदेखि विद्यार्थी सबै जोडिएका छन्। सबैले लगानी गर्ने ठाउँ बनेको छ।

कोभिडको समयमा सबै बजार ठप्प हुँदा सबै मानिस पुँजीबजारमा जोडिइरहे। सरकारको कुल बजेटभन्दा ३ गुणासम्मको पुँजीबजार भइसकेको छ। तर यस्तोमा पनि सरोकारवाला निकाय जति संवेदनशील हुनुपर्ने हो उति भएको पाइँदैन।

पुँजीबजार पहिलेको जस्तो होइन। यसले अहिले धेरै महत्वपूर्ण स्थान लिइसकको छ। पुँजीबजार देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनिसकेको छ। अरुको देशको विकास हेर्ने को भने पुँजीबजार हेरे पुग्छ। भारतमा मात्र गत वर्षकाभन्दा यो वर्ष ११ हजार अंकले बजार बढेको छ। चीन, अमेरिकालगायतका देशमा पनि बजार बढिरहेको छ। तर हाम्रो देशमा पुँजीबजार बढ्दा नियामकहरू कन्ट्रोलरको भूमिका खेल्छन्। यो दुर्भाग्य हो। राष्ट्र बैंकले पुँजीबजार हेर्ने हाम्रो थलो हैन भनिरहेका छ।

४० खर्ब रूपैयाँको बजार के अर्थतन्त्रको अंग होइन ररु बजारलाई हेरेर नीति तर्जुमा गर्नु पर्ने हो। पुरानो बजारलाई हेरेर नीति नियम बनाउँदा त मेल खाँदैन नै। नियामक निकाय रेगुलेटर हो कन्ट्रोलर बन्न खोज्ने होइन। सुरुमा त अर्थमन्त्रीले यसलाई चासोका साथ हेरिरहेका थिए। अहिले त उहाँ पनि सेयर बजार भनेको यस्तै रहेछ भनेर चुपचाप बस्नु भएको छ। जसका कारण पुँजीबजार अभिभावकविहीन जस्तो भएको छ।

किन बजार यसरी घटेको छ भन्नेमा धेरै चकित छन्। बजार घट्ने ठाउँ नै छैन। लगानीकर्ता डराउनु पर्ने अवस्था नै छैन। राम्रो कम्पनीमा लगानी गर्ने हो भने डराउनु पर्ने अवस्था हुँदै होइन।

बजार रातो भएको बेला लगानी गर्ने हो। यहाँ त बजार हरियो भएको बेला लगानी गर्ने चलन छ। रातो भएको बेला डराएर बेच्ने गर्छन्। अहिले बढी लगानीकर्ता मात्तिने र डराउने हुँदा पनि केही समस्या आएको हो।

पछिल्लो समय बजार छिरेका लगानीकर्तामा परिपक्ता नभएकै हो। बजार माथि नै जान्छ। राम्रो कम्पनीको सेयर खरिद गर्दै जाने हो। अझै ५०र६० अंकले बजार घट्ला नै। केही तल नै गएर बजार घट्दैमा डराएर बेच्नपर्ने अवस्था होइन। घाटामा गएको छ भने रिकभर गर्ने गरी लगानी गर्ने नै हो। डराएर आत्तिन पर्दैन, यो लगानी गर्ने उचित समय हो। अहिले जोसँग पैसा छ उसले लगानी गर्छ भने केही समयमा राम्रो आम्दानी गर्न सक्छ।

विष्णु बस्याल

बजार तल झर्ने क्रम रोकिएको छैन। अहिलेका सूचकाङ्कहरूलाई हेर्ने हो भने बजार अझ तल झर्ने ठाउँ नै छैन। बजार २३०० देखि २३७० बिन्दुसम्म झर्न सक्ने देखिएको छ। अब केही घटेर त्यसपछि भने बजार उकालो लाग्छ। अनि नयाँ अंकको रेकर्डतर्फ बढ्नेछ।

Nirmal Purja Everest.jpg
विष्णु बस्याल

 

images

प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८१२:५५

प्रतिक्रिया दिनुहोस