बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा लगानी कसरी ल्याउने? सतलजका अध्यक्षका पाँच सूत्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
नेपालमा लगानी कसरी ल्याउने? सतलजका अध्यक्षका पाँच सूत्र

लगानी  बोर्ड स्थापना भएको  १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच सूत्र दिएका छन्। 

काठमाडौं- नेपालमा ९ सय मेगावटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको सतलजका अध्यक्ष नन्दलाल शर्मा ले नेपालमा विदेशी लगानी आकर्षित गर्नका लागि  सरकारलाई पाँचवटा सूत्र दिएका छन्। 

अहिलेसम्म नेपालमा लगानी धेरै आकर्षित नहुनुका पाँच कारण रहेको र तीको सुधार गर्ने हो भने धेरै लगानी आकर्षित हुने उनले बताए। 

लगानी  बोर्ड स्थापना भएको  १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच सूत्र दिएका छन्। 

उनले दिएका पाँच सूत्र यस्ता छन्: 

१. पहिलो सडकको सुधार गर्नुपर्छ। अविच्छिन्न सडक सञ्जाल आवश्यक हुन्छ। त्यस्तै अन्य पूर्वाधारको पनि सुधार आवश्यक छ।
२. प्रक्रियागत झन्झटमा सहजीकरण आवश्यक छ। अनुमतिमात्रै होइन त्यसपछिका धेरै काममा समस्या छ। 
३. डुइङ बिजनेसलाई सजिलो पार्नुपर्छ। उद्योग व्यापार गर्दा हरेक बिन्दुमा हुने ढिलाइलाई न्यूनिकरण गर्नुपर्छ।
४. जग्गा अधिग्रहण अहिले निकै झन्झटिलो छ। यो हामीले पनि भोग्यौ नेपालले यसमा धेरै सुधार गर्न आवश्यक छ। 
५. स्थानीय बैंक तथा  वित्तीय संस्थाहरूलाई ऋण लगानीका लागि सशक्त परिचालन हुने वातावरण मिलाउनुपर्छ 

 


प्रकाशित : बुधबार, भदौ २३ २०७८१२:२५
  • सम्बन्धित विषय:

  • # लगानी बोर्ड
  • # अरुणतेस्रो
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend