आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १८ २०८०
images
डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताए। ५५ हजार ५ सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ।

images
images

डोटी- डोटीको जोरायल गाउँपालिका-४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।

images
images
images

सहकारीले किसानबाट संकलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ। सहकारीले मङ्सिरदेखि किसानबाट मकै संकलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्याउने गरेको छ।

images
images

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताए। ५५ हजार ५ सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ।

images
images

सहकारीले प्रतिकेजी ८० रुपैयाँका दरले बीउ बिक्री गर्छ। सहकारीले अरुण-२, अरुण-४, मनकामना-३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ। 

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ। डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ।

सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ। सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend