मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बोटलर्स नेपाल बालाजुको सेयर मूल्य दोस्रो सर्वाधिक महँगो, १८ दिनमै प्रतिकित्ता १५ हजार बढ्यो

images
शुक्रबार, फागुन १८ २०८०
images
बोटलर्स नेपाल बालाजुको सेयर मूल्य दोस्रो सर्वाधिक महँगो, १८ दिनमै प्रतिकित्ता १५ हजार बढ्यो
images
images

काठमाडौं- सेयर बजार घट्दा पनि बोटलर्स नेपाल बालाजु कम्पनीका लगानीकर्ता भने मालामाल छन्। कम्पनीको सेयर मूल्य फेब्रुअरी ११ मा प्रतिकित्ता ६ हजार ३६० दशमलव २ रहेको थियो। त्यसपछि लगातार १३ दिनसम्म सकारात्मक सर्किट लागेर फेब्रुअरी २९ मा प्रतिकित्ता २१ हजार ६०५ दशमलव १० पुगेको छ। अर्थात् १८ दिनमा कम्पनीको सेयर मूल्य कित्ताकै १५ हजार २४४ दशमलव ९ बढेको छ। 

images
images
images

यो कम्पनीको सेयर दोस्रो सर्वाधिक महँगो बनेको छ। नेपाली सेयर बजारमा सर्वाधिक महँगो सेयर युनिलिभर नेपालको छ। युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३९ हजार ६ सय ७ रुपैयाँ रहेको छ। 

images
images

कम्पनीमा संस्थापकको हिस्सा ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत छ। नेप्सेमा कम्पनीको सर्वसाधारणतर्फ ४ लाख ८७ हजार २२१ कित्ता मात्रै सेयर छ। अति न्यून संख्यामा सेयर भएकाले विक्री चाप नै आउँदैन। कम्पनीको सेयर सीमित व्यक्तिसँग मात्रै भएकाले दैनिक ५० कित्ता मात्रै कारोबार हुने गरेको छ।  

images
images
balaju.JPG

कम्पनी घाटामा जाने तर सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले इन्साइडर ट्रेडिङको आशंका गरिएको छ। बोटलर्स नेपाल बालाजुको १९ लाख ४८ हजार ८ सय ८७ कित्तामात्रै सेयर सूचीकृत रहेको छ। ४२ अर्ब १० करोड रुपैयाँ बजार पुँजीकरण रहेको कम्पनीको ७५ प्रतिशत सेयर प्रमोटरको हातमा छ भने २५ प्रतिशतमात्रै जनताको हातमा छ। सोही कारण पनि कम्पनीमा धेरै खेलोफड्को हुने गरेको छ। जसको असर घाटामा जाँदा पनि सर्किट लागेको छ।

गत वर्ष यस अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो। दोस्रो त्रैमासमा बिक्री आम्दानी ४ अर्ब ५८ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ५ अर्ब १९ करोड थियो। आम्दानी घट्दा वित्तीय लागत भने दोबर भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ वित्तीय खर्च थियो भने अहिले १५ करोड ४९ लाख रुपैयाँ छ। कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक देखिएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १ सय २० रुपैयाँ छ।

कम्पनी घाटामै भए पनि लगानीकर्ताको आकर्षण भने कायमै देखिएको छ। यसो हुनुको प्रमुख कारण भने कम्पनीको सेयर सख्या कम हुनु रहेको जानकार बताउँछन्। अहिले कम्पनी घाटामा भए पनि दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा ५ अर्ब ५२ करोडभन्दा बढी छ। 


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend