शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

होटलमा लगानीकर्ताको आकर्षण, पाँच महिनामा १५ अर्ब लगानी 

होटलमै ५ अर्ब ९९ करोड लगानी गर्दै सूर्य नेपाल 

images
images
होटलमा लगानीकर्ताको आकर्षण, पाँच महिनामा १५ अर्ब लगानी 

साना, मध्यम तथा ठूला आकारका होटल दर्ता भएका छन्।  

images
images

काठमाडौं- कोरोना महामारीलगत्तै लगानीकर्ताहरूको आकर्षण होटल तथा रेष्टुरेन्टमा देखिएको छ। उद्योग विभागमा पछिल्लो दर्ता हुने नयाँ उद्योगको विवरण अनुसार होटलमा आकर्षण देखिएको छ। 

images
images
images

साउनदेखि संसारसम्मको अवधिमा २१ वटा होटल दर्ता भएका छन्। १५ अर्ब लगानी गर्ने भनिएका यी होटलमा १ हजार ६४८ बेड हुने बताइएको छ। 

images

साना, मध्यम तथा ठूला आकारका होटल दर्ता भएका छन्।  

images

अरु उद्योग व्यवसायमा जमिरहेका समूह घरानादेखि नयाँ तथा विदेशी लगानीकर्ताले होटलमा लगानी गर्ने इच्छा प्रकट गरेका छन्। सूर्य नेपाल प्रालिले काठमाडौंमा होटल सञ्चालन गर्नका लागि उद्योग दर्ता गरेको छ। ५ अर्ब ९९ करोड लगानी  गरेर १९० बेडको होटल सञ्चालन गर्ने सूर्य नेपालको योजना रहेको छ। 

images
images

त्यस्तै मनोरञ्जन क्षेत्रमा जमिरहेका व्यवसायी उद्धव पौडेलले हाल गोपीकृष्ण हल भएकै ठाउँमा होटलसहितको संरचना निर्माण गर्ने भएका छन्। गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स प्रालि उद्योग उनले दर्ता गराएका छन्। २ अर्ब ६७ करोड ६३ लाख लगानी हुने यो परियोजना अन्तर्गत  २५० बेडसहितको होटल हुने छ। 

त्यस्तै काठमाडौंमै ग्रिन भ्यू प्रालिले १ अर्ब लगानीमा ६० बेडको होटल सञ्चालन गर्ने भन्दै उद्योग दर्ता गराएको छ भने मोरङमा ९९ सय बेडको होटल सञ्चालन गर्न नेपाल इन्टरनेशनल हस्पिटालिटीले उद्योग दर्ता गरेको छ।

सन् २०१० पछि होटलमा लगानीकर्ताको आकर्षण बढिरहेको छ। सन् २०१० पछि बढेको लगानीको तीव्रता २०१५ को भूकम्पले केही धकेलिए पनि त्यसपछि काठमाडौंमै नयाँ पाँचतारे होटल सञ्चालनमा आए। पछिल्लो समय काठमाडौंमा दुई ठूला पाँचतारे होटल सञ्चालनमा आइसकेका छन्। म्यारियट काठमाडौं र अलफ्ट काठमाडौंमा सञ्चालन भएका नयाँ पाँचतारे होटल हुन्। 

त्यस्तै चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो। काठमाडौं बाहिर पनि मेची क्राउन प्लाजा, भैरहवामा टाइगर प्यालेस, नेपालगञ्जमा सोल्टी वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएका छन्। 

सरकारको तथ्यांक अनुसार २०७७/७८ को अन्तिमसम्म कूल  होटलको संख्या १ हजार ३१३ पुगेको छ। सरकारबाट अनुमति लिएर सेवा दिइरहेका यस्ता होटलमा कूल  ४५ हजार ८५० बेड पुगेका छन्। 

यसमा तारे होटल १४२ पुगेका छन्। भने तारा नलिएका होटलको संख्या ११ सय ७१ छ। यसमा रिसोर्टको संख्या अलग छ। 

पर्यटन विभागका अनुसार हालसम्म एकतारे होटलको संख्या ३४ छ। एकातारे होटलमा कूल १३४४ बेड छन्। त्यस्तै दुई तारे स्तरका होटल ४१ छन्। दुई तारे होटलमा २८८० बेड छन्। 

३४ तीन तारे होटलमा ३४१२ बेड छन् भने १९ चार तारे होटलमा २४८७ बेड छन्। १५ पाँच तारे होटलमा एउटा सञ्चालनमा छैन। भने एउटा पाँचतारे डिलक्स होटल छ भने तीनवटा हेरिटेज बुटिक होटल छन्।  त्यस्तै नेपालमा ९९ रिसोर्ट छन् भने एउटा डिलक्स र एउटा लक्जरी रिसोर्ट रहेको छ। 

कोरोना महामारीको प्रभावित भएका होटल परियोजनाले पनि पछिल्लो समय निरन्तरता पाएका छन्। काठमाडौं उपत्यकामै निर्माणाधीन होटल परियोजना धमाधम निर्माण भइरहेका छन्। काठमाडौं बाहिरका पर्यटकीय गन्तव्यमा पनि होटलमा धमाधम लगानी थपिएको छ। 

महामारीपछि पर्यटक आगमन बढ्ने तर पूराना परियोजनाबाट माग सम्बोधन नहुने अनुमानसहित व्यवसायीहरु होटलमा लगानी गर्न आकर्षित देखिएका छन्। 

images

प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०९:३९

प्रतिक्रिया दिनुहोस