शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

आत्तिनु वा मात्तिनुपर्ने अवस्था होइन, सेयर बजारमा लगानी गर्ने उचित समय आएको हो

images
images
images
आत्तिनु वा मात्तिनुपर्ने अवस्था होइन, सेयर बजारमा लगानी गर्ने उचित समय आएको हो
images
images

सेयर बजारमा खास अहिले घट्ने ठाउँ नै देखिएको छैन। यस्तोमा पनि बजार किन घटिरहेको छ भनेर हामी पनि चकित भएका छौँ। सबै बुझेर हेर्दा अहिले बजारमा तीन/चार वटा विषयले प्रभाव पारेको देखिन्छ। केही ठूला लगानीकर्ताले सेयर बजारमा चलखेल गरिरहेका कारण पनि अहिलेको अवस्था देखिएको छ। 

images
images
images

एउटा त ४/१२ करोडको सेयर धितो कर्जाको सीमाकै कारण पनि हो। लगानीकर्तामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको नयाँ व्यवस्थाले बजारमा प्रभाव पारेको कारण त्यो सीमा परिमार्जन होला भन्ने आँकलन थियो। तर समीक्षापछि पनि त्यसो भएन। जसका कारण लगानीकर्तामा नकारात्मक असर पर्‍यो।

images

फेरि अर्को विषय ब्याजदर बढ्ला कि भने शंका थियो र त्यो शंका अझै पनि छ। तरलता अभावका कारण नै ब्याजदर बढ्ने डर बाँकी नै भएको हो।

images

यसबाहेक पनि ब्रोकर तथा केही ठूलाबडा लगानीकर्ताहरूले नकारात्मक असर पुग्ने हल्लाहरू फैलाए। लोभलालच भएका लगानीकर्ताले नकारात्मक प्रचार बढी गरेका छन्। बजार घटाएपछि किन्न पाउने देखेर नकारात्मक विषयको बढी प्रचारमा उनीहरू लागे। कतिपयले बजार बढेको बेला बेचेर बसका थिए। 

images
images

केही मिडियामा नकारात्कम समाचार आउने, केहीमा त डिपोजिट बढ्यो अब तरलता अभाव कम हुँदै जान्छ र ब्याजदर पनि बढ्दैन भनेर आइरहेको छ। यस्ता कुराहरूले बजारलाई असर गर्छ।

राष्ट्र बैंकका गभर्नरले पनि ब्याजदर बढ्न दिँदैनौँ भनेका छन्। तरलता अभाव सम्बोधन हुँदै जान्छ र बढ्दैन भनिरहेका छन्। सकारात्मक विषयभन्दा नकारात्मक विषय छिटो फैलिन्छ। नकारात्मक सूचना बढी आउँदा पनि बजारमा समस्या देखिएको हो।

अहिले बैंक तथा वित्तिय संस्थाहरूको धमाधम लाभांश बुक गर्ने समयमा सेयर बजारमा उत्साह हुनुपर्ने हो। बजारमा अहिले भनेको बालिनाली भित्र्याउने समय भए पनि नकारात्मक प्रचारका कारण सुधार आउन नसकेको देखिन्छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट आउँदा सबैको राम्रो नै आएको छ। अहिले पुँजी २५ प्रतिशतले घटिसकेको छ। ३२ सयमा पुगको बजार २४ सयको रेन्जमा आइसकेको छ। ७ सय अंक भनेको त ठूलो अंकको गिरावट हो। कुनै कुनै कम्पनीको त ४५ प्रतिशतसम्म घटेको छ।

आजको दिनमा ४८ लाखभन्दा बढीको डिम्याट बनेको छ। ३८ लाख मेरो सेयर लिनेहरू छन्। २४ लाखभन्दा बढीले आइपीओहरू भरिरहेका छन्। ११ लाख जना अनलाइन लिने छन्। यसको अर्थ १६ प्रतिशत जनसंख्या पुँजीबजारमा जोडिएका छन्। सरकारलाई जाने राजस्व पनि बढीरहेको छ। गत आर्थिक वर्षमा मात्रै १४ अर्ब २३ करोड रुपैयाँ पुँजीबजारबाट सरकारलाई कर गएको थियो। 

सेयर बजार अहिले पानपसलमा समेत चर्चा हुने विषय बनिसकेको छ। अहिले घर गृहणीदेखि विद्यार्थी सबै जोडिएका छन्। सबैले लगानी गर्ने ठाउँ बनेको छ।

कोभिडको समयमा सबै बजार ठप्प हुँदा सबै मानिस पुँजीबजारमा जोडिइरहे। सरकारको कुल बजेटभन्दा ३ गुणासम्मको पुँजीबजार भइसकेको छ। तर यस्तोमा पनि सरोकारवाला निकाय जति संवेदनशील हुनुपर्ने हो उति भएको पाइँदैन। 

पुँजीबजार पहिलेको जस्तो होइन। यसले अहिले धेरै महत्वपूर्ण स्थान लिइसकको छ। पुँजीबजार देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनिसकेको छ। अरुको देशको विकास हेर्ने को भने पुँजीबजार हेरे पुग्छ। भारतमा मात्र गत वर्षकाभन्दा यो वर्ष ११ हजार अंकले बजार बढेको छ। चीन, अमेरिकालगायतका देशमा पनि बजार बढिरहेको छ। तर हाम्रो देशमा पुँजीबजार बढ्दा नियामकहरू कन्ट्रोलरको भूमिका खेल्छन्। यो दुर्भाग्य हो। राष्ट्र बैंकले पुँजीबजार हेर्ने हाम्रो थलो हैन भनिरहेका छ।

४० खर्ब रूपैयाँको बजार के अर्थतन्त्रको अंग होइन र? बजारलाई हेरेर नीति तर्जुमा गर्नु पर्ने हो। पुरानो बजारलाई हेरेर नीति नियम बनाउँदा त मेल खाँदैन नै। नियामक निकाय रेगुलेटर हो कन्ट्रोलर बन्न खोज्ने होइन। सुरुमा त अर्थमन्त्रीले यसलाई चासोका साथ हेरिरहेका थिए। अहिले त उहाँ पनि सेयर बजार भनेको यस्तै रहेछ भनेर चुपचाप बस्नु भएको छ। जसका कारण पुँजीबजार अभिभावकविहीन जस्तो भएको छ।

किन बजार यसरी घटेको छ भन्नेमा धेरै चकित छन्। बजार घट्ने ठाउँ नै छैन। लगानीकर्ता डराउनु पर्ने अवस्था नै छैन। राम्रो कम्पनीमा लगानी गर्ने हो भने डराउनु पर्ने अवस्था हुँदै होइन।

बजार रातो भएको बेला लगानी गर्ने हो। यहाँ त बजार हरियो भएको बेला लगानी गर्ने चलन छ। रातो भएको बेला डराएर बेच्ने गर्छन्। अहिले बढी लगानीकर्ता मात्तिने र डराउने हुँदा पनि केही समस्या आएको हो।

पछिल्लो समय बजार छिरेका लगानीकर्तामा परिपक्ता नभएकै हो। बजार माथि नै जान्छ। राम्रो कम्पनीको सेयर खरिद गर्दै जाने हो। अझै ५०/६० अंकले बजार घट्ला नै। केही तल नै गएर बजार घट्दैमा डराएर बेच्नपर्ने अवस्था होइन। घाटामा गएको छ भने रिकभर गर्ने गरी लगानी गर्ने नै हो। डराएर आत्तिन पर्दैन, यो लगानी गर्ने उचित समय हो। अहिले जोसँग पैसा छ उसले लगानी गर्छ भने केही समयमा राम्रो आम्दानी गर्न सक्छ।

images

प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०१:२७

प्रतिक्रिया दिनुहोस