शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

गत वर्षकै हाराहारीमा लाभांश दिने चर्चाले हिमालयन डिष्टीलरीको सेयरमा झुम्मिए लगानीकर्ता (यस्तो छ वित्तीय अवस्था)

images
बिहीबार , मंसिर २३ २०७८
images
images
गत वर्षकै हाराहारीमा लाभांश दिने चर्चाले हिमालयन डिष्टीलरीको सेयरमा झुम्मिए लगानीकर्ता (यस्तो छ वित्तीय अवस्था)
images
images

काठमाडौं- सेयर कारोबार साताको अन्तिम दिन बिहीबार एकाएक हिमालयन डिष्टीलरीमा लगानीकर्ता झुम्मिएका छन्। बिहीबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हिमालयन डिष्टीलरी परेको छ। 

images
images
images

लाभांश घोषणाको अन्तिम तयारीमा रहेका कारण पनि हिमालयन डिष्टीलरीमा लगानीकर्ता आकर्षित भएका हुन्। ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको कारोबार भएको छ। हिमालयन डिष्टीलरीको बिहीबार प्रतिकित्ता ५६८९.९० रुपैयाँमा कारोबार भएको छ। बिहीबार कम्पनीको सेयर मूल्यमा ३९.९० रुपैयाँ बढेको छ। 

गत वर्ष १०० प्रतिशत आकर्षक लाभांश दिएको डिष्टीलरीले यस वर्ष दिन बाँकी छ। यसवर्ष पनि गत वर्षकै हारारहारीमा लाभांश दिन हल्लाले दोस्रो बजारमा कम्पनीको  सेयर कारोबार भएको छ। 

images

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै सर्वाधिक ७९३८ रुपैयाँसम्म पुग्यो। जब कि यहि अवधिमा कम्पनीको सबैभन्दा कम २३०० रुपैयाँ थियो। 

images

गत वर्षको बुलमा १२/१२ सय रुपैयाँबाट ७९३८ रुपैयाँ पुगेको थियो। यस अवधिमा कम्पनीले ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश दियो। बुक क्लोजपछि कम्पनीको सेयर मूल्य करेक्सन भएर ३८७२ रुपैयाँमा झर्‍यो। तर मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य थप आकाशियो।

hdl 2.PNG

यसै क्रममा कम्पनीले पहिलो, दोस्रो, तेस्रो र चौथौ त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दा हरेक त्रैमाशमा मुनाफाको वृद्धि उच्च देखिए पनि लगानीकर्ताको आकर्षण बनेको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

चौथो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ रहेको छ। गत वर्ष ५० प्रतिशत बोनस सेयर वितरण पनि चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमासिक अवधिमा एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा जगेडा कोषमा भने एक अर्ब १३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष नयाँ प्लान्ट थप गरेर क्षमता बनाए सँगै कम्पनीको आम्दानीमा उल्लेखनिय सुधार आएको हो। यसले गर्दा मुनाफा र लाभांश दिने क्षमता उत्तिकै बनेको छ। 

कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पुँजी आवश्यक पर्ने भएकाले यस वर्ष पनि बोनस सेयर दिने बजारमा हल्ला छ। कम्पनीले ८० प्रतिशत लाभांश दिने त्यसमा बोनस सेयरको हिस्सा धेरै रहने हल्ला चलाएका छन्। कम्पनीको ८० देखि ९० प्रतिशतको विचमा लाभांश दिन सक्ने क्षमता रहेको छ।

कम्पनीले गत वर्ष पनि पुसमा साधारणसभा गरेको थियो। यस वर्ष पनि पुसमै साधारणसभा गर्‍यो भने अबको केही दिनभित्रै कम्पनीले लाभांश घोषण गर्न सक्नेछ। 

यस्तो छ लाभांशको इतिहास 

hdl 1.PNG


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend