मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

धनगढीका किसानलाई छाडा चौपायाबाट बाली जोगाउन सकस

images
बुधबार, फागुन १६ २०८०
images
images
धनगढीका किसानलाई छाडा चौपायाबाट बाली जोगाउन सकस

गतवर्ष पनि लगाएको खाद्यान्न बाली र तरकारीमा छाडा चौपायाले ठूलो नोक्सानी गरेको र योवर्ष पनि अवस्था उस्तै रहेको किसान बताउँछन्।

images
images

कैलाली- धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ।

images
images

छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा किसानले हैरानी खेप्नु परेको धनगढी उपमहानगरपालिका-२ का टेकराज जोराले दुःखेसो पोखे। रातको समयमा छाडा पशु आएर खेतमा लगाइएको अन्नबाली, तरकारी खाएर सखाप पारिदिने गरेको उनले बताए। गतवर्ष पनि छाडा चौपायाले आफूले लगाएको खाद्यान्न बाली र तरकारी खाएर ठूलो नोक्सानी बेहोर्नु परेको किसान जोराको भनाइ छ।

images
images

छाडा चौपायाले करिब एक बिघा जमिनमा लगाइएको गहुँ बालीमा नोक्सान पुर्‍याएको धनगढीका किसान तेजुराज चौधरीले बताए। 'छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन्। रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बाली नोक्सान गर्छन्', उनले भने।

images
images

उपमहानगरले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरियामा गौशाला निर्माण गरेको छ। धनगढी-३ चटकपुरमा केही वर्षदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ। 

त्यस्तै अन्य स्थानमा पनि गौशाला बन्ने क्रममा छन्। कतिपय स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन्। दूध दिउञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि छाडारुपमा छाड्ने प्रवृत्ति कारण छाडा पशुको व्यवस्थापनमा कठिनाइ थपिएको स्थानीय अगुवाको भनाइ छ।

धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सिमानाका कारण चौपाया छाडा पशु भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको गौ-संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए। उनका अनुसार धनगढीको देउरियामा निर्माण गरिएको गौशालामा सयौँ छाडा पशु रहेका छन्। 

छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको अवस्थीले बताए। छाडा पशुको व्यवस्थापन गर्न स्थानीय तहका साथै सरोकारवाला निकायले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : बुधबार, फागुन १६ २०८०१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend