सोमबार, वैशाख २४ गते २०८१    
images
images

बबई सिँचाइ आयोजना : पश्चिम मूलनहर, शाखा तथा प्रशाखा नहर निर्माणमा ३ अर्ब ३६ करोड लाग्ने

images
images
images
बबई सिँचाइ आयोजना : पश्चिम मूलनहर, शाखा तथा प्रशाखा नहर निर्माणमा ३ अर्ब ३६ करोड लाग्ने

आयोजना क्षेत्रमा कृषकहरुले परम्परागत नहर प्रणालीद्वारा आकासे पानीलाई नाला तथा खोलाबाट डाइभर्ट गरी सिँचाइ गर्दै आइरहेका छन्।

images
images

काठमाडौं- बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर, शाखा तथा प्रशाखा नहरको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले ऊर्जा, जलस्रोच तथा सिँचाइ मन्त्रालयमार्फत आएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावको लागि सार्वजनिक गरेको हो।

images
images
images

वातावरणीय रिपोर्टको प्रस्तावक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जलस्रोत तथा सिँचाइ विभाग बबई सिँचाइ आयोजना रहेको छ। रिपोर्टमा उक्त कामका लागि ३ अर्ब ३६ करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

images

प्रस्तावित आयोजना बर्दिया जिल्लाको गुलेरिया नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म अवस्थित रहने छ। आयोजनाको सुहेलवा शाखा नहर तथा यससँग सम्बन्धित प्र-शाखा नहरहरुको संरचना कृष्णसार संरक्षण क्षेत्रभित्रको निजी खेतीयोग्य जग्गामा पर्ने रिपोर्टमा उल्लेख छ।

images

आयोजनाको कामका लागि ३ चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा ४ किलोमिटर, दोस्रो चरणमा ४.४ किलोमिटर र तेस्रो चरणमा ४.८ किलोमिट रहेको छ।

images
images

पहिलो चरणमा नहर प्रणालीले बालापुर, भरिया, चौधरीपुर, छेदापुर,गोकुलपसर, हरिहरपुर, हसनापुर, जुदावनपुर, कान्सीपुरवा, खेदिपुरवा, खैरी, निमकोठिया, प्रयागपुर सग्हापुर, सोनापुर, सुहेलवा, तेजीपुर, तुलसीपुर बस्तीहरुमा रहेको कमाण्ड क्षेत्रलाई सिँचाइ गरिने रिपोर्टमा उल्लेख छ।

त्यसैगरी दोस्रो चरणको नहर प्रणालीले आशापुर, पकारिया, बदलपुर, बेलौली, चौबुर्जी, डब्बा, घुम्नाहा, हालेपुरवा, खल्लवा गुलरिया, कोठिया, लटकनिया, मथुरा, हरद्वार, पदमपुर, रामनगर, सन्तोसिटोल, सेमराना, सुनवर्षा, टपरा, टेपरी, थापुवा, तुलापुर बस्तीहरुमा रहेको कमाण्ड क्षेत्रलाई सिँचाइ गरिनेछ।

तेस्रो चरणको नहर प्रणलीले बाजी, पर्सिया, बलेपुरवा, हिरालालपुरवा, कालाबंजारा, प्रयागपुर, राजारामपुर, रत्नापुर, थारुवानी पर्सिया बस्तीहरुमा रहेको कमाण्ड क्षेत्रलाई सिँचाइ गरिने रिपोर्टमा उल्लेख छ।

प्रस्तावित आयोजना नयाँ निर्माण गर्न लागिएको आयोजना हो। प्रस्तावित आयोजनाअन्तर्गत गुलरिया मुख्य नहर, १० वटा शाखा नहरहरू, भिलेज रोड ब्रिज र ड्रेन अन्डरपास तथा प्रशाखा नहर संरचनाहरूको निर्माण, मूल नहरको एक तर्फ ४.५ मिटर चौडाइ भएको क्यरिवेज वे र दुवै छेउमा ०.७५ मिटर सोल्जर सहितको ५.५ मिटर चौडाइ भएको मर्मत सम्भार सडक र नदी नियन्त्रण कार्य ४.३ किलोमिटर प्रस्ताव रिपोर्ट गरिएको छ।

आयोजना क्षेत्रमा कृषकहरुले परम्परागत नहर प्रणालीद्वारा आकासे पानीलाई नाला तथा खोलाबाट डाइभर्ट गरी सिँचाइ गर्दै आइरहेका छन्। फलस्वरूप ढल निकासको अभावले वर्षाको समयमा आयोजना क्षेत्रमा लामो समयसम्म पानी जम्मा हुने र अत्यधिक वर्षाको समयमा बाली डुबान र कम वर्षाको समयमा पानीको अभावको साथ अविश्वसनीय सिँचाइजस्ता समस्याहरु देखिएको रिपोर्टमा उल्लेख छ।

पश्चिमी मुख्य नहरको यस भागमा वितरण प्रणाली र पानी वितरण संरचनाको पूर्ण विकास हुन नसक्दा पानी व्यवस्थापन पूर्णरुपमा हुन सकेको छैन र कमाण्ड क्षेत्रमा कृषकहरुद्वारा सञ्चालित विद्यमान परम्परागत नहर प्रणालीमार्फत पूर्णरूपमा सुविधा प्राप्त गर्न सकेको छैन।

भेरी नदीबाट पानी डाइभर्ट गरी ४० क्युमेक थप पानी इनलेट र करिब १२.५ किलोमिटर लामो सुरुङमार्फत इन्टर बेस ट्रान्सफर गरी बबई नदीलाई सप्लिमेन्ट गरिने रिपोर्टमा उल्लेख छ। बबई सिँचाइ आयोजना क्षेत्रको ३६ हजार हेक्टर कमाण्ड क्षेत्रमा वर्षभरी सिँचाइ गर्न सहन हुने रिपोर्टमा उल्लेख छ। आयोजनाका लागि ३८०.३९ हेक्टर जग्गा चाहिने रिपोर्टमा उल्लेख छ।

images

प्रकाशित : मंगलबार, फागुन १५ २०८०११:११

प्रतिक्रिया दिनुहोस