शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सेयर बजारमा लगानीकर्ताको आँखा : साताभर न किने न बेचे

विश्लेषक भन्छन्- केही लगानीकर्ताको चलखेल भयो, आत्तिनु पर्दैन

images
बिहीबार , मंसिर २३ २०७८
images
images
सेयर बजारमा लगानीकर्ताको आँखा : साताभर न किने न बेचे
images
images

काठमाडौं- निरन्तर सेयर बजारमा गिरावट आउन थालेपछि लगानीकर्ता अन्योलमा देखिएका छन्। लगानीकर्ताले न त आफूसँग भएको सेयर बिक्री गरेका छन् न त खरिदकर्ताले सेयर खरिदमा चासो देखाएका छन्। जसका कारण सेयर बजारमा उत्साह आउन सकेको छैन। 

images
images
images

यो साताको कारोबारको अन्तिम दिन आज बिहीबार बजार ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा रोकिएको छ। बिहीबार कारोबार रकमसमेत बढेन। बिहीबार २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। 

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासँगै बजारमा सुरु भएको झर्दो क्रम रोकिएको छैन। मौद्रिक नीतिको त्रैमासिक समीक्षापछिको पहिलो साता बजारमा १४५.५९ अंकको गिरावट आएको थियो। त्यसपछि पनि गिरावट आउने क्रम रोकिएको छैन।

images

गएको आइतबार बजार ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको थियो। सोमबार ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा पुगेको सेयर बजार मंगलबार भने ३७.१८ अंकले घटेर २५०८.९१ बिन्दुमा झरेको थियो। बुधबार ५३.१० अंकले घटेर २४५५.८१ बिन्दुमा आइपुगेको थियो।

images

मौद्रिक नीतिको त्रैमासिक समीक्षापछिको दोस्रा साता पनि १ सय ३६ दशमलब २२ अंकको गिरावट आएको छ। सम्रगमा दुई सातामा सेयर बजारमा २ सय ८१ दशमलब ८१ अंकको गिरावट आइसकेका छ।

मौद्रिक नीतिको समीक्षाअगाडि बजार २७३१.७८ अंकमा आएर रोकिएको थियो। मौद्रिक नीतिको समीक्षापछिको १० दिनको कारोबारमा दुई दिन मात्रै झिनो अंकले बजार बढेको थियो। निरन्तर रुपमा बजार घटेसँगै लगानीकर्ताले खुलेर सेयर खरिद बिक्री गर्न सकेका छैनन्। 

सेयर विश्लेषकहरू अहिले केही ठूला लगानीकर्ताले सेयर बजारमा चलखेल गरिरहेका कारण साना लगानीकर्ता आत्तिने अवस्था आएको बताउँछन्। 

'अहिले बैंक तथा वित्तिय संस्थाहरूको धमाधम लाभांश बुक गर्ने समयमा सेयर बजारमा उत्साह हुनुपर्ने हो। बजारमा अहिले भनेको बालिनाली भित्र्याउने समय भए पनि नकारात्मक प्रचारका कारण सुधार आउन नसकेको देखिन्छ' विश्लेषक छोटेलाल रौनियारले भने।

अहिले बजारमा उत्साह नआउनुको कारण लगानीकर्ताको मनोविज्ञान कमजोर हुन नै भएको उनको बुझाइ छ। उनका अनुसार बजारमा अझै पनि ४/१२ करोडको सेयर धितो कर्जाले समस्या पारेको छ। अर्को विषय केही ठूला लगानीकर्ताले बजार घटाएर सेयर खरिद गर्न खोज्दा पनि बजार घटिरहेको उनको तर्क छ। 

‘कतिपय ठूला लगानीकर्ताले बढेको बेला बेचेर बसेका छन्,’ उनले भने, ‘फेरि बजार घटाएर किन्न बस्नेहरूको लाइन बढेका कारण बजारमा समस्या आएको हो।’

बजार घट्ने ठाउँ नहुँदा पनि बजार घटिरहेका उनको भनाइ छ। अझै पनि डराउनु नपर्ने र केही समय होल्ड गर्नुपर्ने विश्लेषक रौनियारले बताए। यो लगानी गर्ने समय नै भएको उनको दाबी छ। 


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend