बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

त्रिभुवन विमानस्थलको गोदाममा पस्यो पानी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
त्रिभुवन विमानस्थलको गोदाममा पस्यो पानी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको विमानस्थल गोदाम डुवानमा परेको छ। गोदामभित्र पसेको पानीका कारण कर्मचारीले त्यहाँ रहेका सामान सुरक्षित स्थानमा सारिरहेका छन्। 

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको विमानस्थल गोदाम डुवानमा परेको छ। गोदामभित्र पसेको पानीका कारण कर्मचारीले त्यहाँ रहेका सामान सुरक्षित स्थानमा सारिरहेका छन्। 

देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल’को गौदाममा पानी जमिन रसाएर आएको हो। डुवानका कारण भन्सार छुटाउन र पठाउने तयारीमा राखिएका प्याक गरिएका दर्जनौँ सामान नै पानीले भिजेको छ। 

bhansar paani (2).jpg

कम्पनीका कर्मचारीले बाहिर मात्रै पानी आइरहेको र भित्र सामान भएको ठाउँमा पानी नरहेको दाबी गरेका छन्। कोभिडका कारण अहिले गोदाममा सामानको चाप भने  छैन। गोदाम व्यवस्थित नहुँदा समस्या आएको हो। अहिले उपत्यकाका विभिन्न स्थानमा वर्षासँगै डुवानका समस्या आइरहँदा अन्तर्राष्ट्रिय विमानस्थलकै पनि यस्तो हविगत देखिएको छ। 


प्रकाशित : बुधबार, भदौ २३ २०७८१०:४६
  • सम्बन्धित विषय:

  • # विमानस्थल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend