आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

निषेधित क्षेत्र तोड्ने ४९ लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा

images
सोमबार, फागुन १४ २०८०
images
images
निषेधित क्षेत्र तोड्ने ४९ लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा
फाइल तस्बिर

लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो।

images
images

काठमाडौं- काठमाडौंको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ।

images
images

संघीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

images
images

उनले भने, 'सरकारले संघीय संसद् वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेकामा आज लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिएका हौँ।' 

images
images
images

नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। केही समययतादेखि उनीहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन्।

लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो। रासस


प्रकाशित : सोमबार, फागुन १४ २०८०१८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend