शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सरकारको नयाँ करमा छलीका नयाँ जुक्ति, गरगहना खरिदमा कसरी झुक्याइन्छ?

बुधबार, फागुन १६ २०८०
सरकारको नयाँ करमा छलीका नयाँ जुक्ति, गरगहना खरिदमा कसरी झुक्याइन्छ?

अवैध सुनको आयातले वित्तीय विचलन बढिरहेको र राज्यको अनुसन्धानको ध्यान केन्द्रित गरिरहेको समयमा वैध बजारमै पनि करछलीका नयाँ जुक्ति अधिकारीहरूले फेला पारेका छन्।

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि केही नयाँ कर लागु गरेको छ। विलासी जीवनयापनमा हुने खर्चलाई करको दायरामा ल्याउँदै विभिन्न शीर्षकमा सरकारले कर लगाएको थियो। 

जेठ १५ गते आर्थिक विधेयकमार्फत् घोषणा भएको नयाँ कर संकलनका लागिक कतिपयमा कार्यविधि निर्माण भएपि र कतिपय तत्काल लागु भएका थिए। 

सरकारले ल्याएको नयाँ करमा छलीका विभिन्न जुक्ति लगाउने गरिएको छ। आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभागलगायतका निकायले बजार अनुगमनका क्रममा छलीका जुक्ति पहिचान गरेको छ।

सरकारले लगाएका कतिपय नयाँ करछलीका लागि उपभोक्ता तह तथा मर्चेन्ट तहमा यसरी छलीका योजना बनेका हुन्। यस्ता योजनाले कर संकलन प्रभावकारी हुन सकेको छैन। 

बहुमूल्य धातुका गहना खरिद गर्नेहरूबाट उठाउने भनिएको कर विशेषत: सबैभन्दा धेरै प्रभावित भएको छ। उपभोक्ता तहमा सहजै योजना बनाउन सकिने भएकाले यस्तो प्रभाव धेरै रहेको अधिकारीहरू बताउँछन्। 

दश लाख रुपैयाँभन्दा धेरै मूल्य भएका हिरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहना बिक्रेताले नै बिक्रीको समयमा मूल्यको २ प्रतिशतका दरले शुल्क लगाएर असुल गर्नुपर्ने कार्यविधि रहेको छ। 

तर यो शुल्कबाट बच्नका लागि बिल स्प्लिट गर्ने गरिएको छ। जस्तो कुनै पनि ग्राहकले १० लाख रुपैयाँभन्दा धेरै मूल्यको गहना खरिद गर्नुपर्ने भएमा बेहुला वा बेहुलीको नामबाट बिल बनाउने गरिएको छ।

दुईजनाको नाममा बिलिङ बनाएमा त्यस्तो शुल्क आकर्षित नहुने भएकाले धेरै ठाउँमा यस्तै गर्ने गरिएको पाइएको अधिकारीहरूले बताएका छन्। 

‘हामीले अनुसन्धानको क्रममा यस्तो पनि भेटाएका छौँ तर यो गैरकानूनी भने होइन, १० लाखसम्म शुल्क नलाग्ने र त्यसभन्दा १ रुपैयाँ पनि धेरै भएमा कर लाग्ने भएपछि स्प्लिट गरिने भयो’ बजार अनुगमनमा गएका एक अधिकारीले भने। 

अवैध सुनको आयातले वित्तीय विचलन बढिरहेको र राज्यको अनुसन्धानको ध्यान केन्द्रित गरिरहेको समयमा वैध बजारमै पनि करछलीका नयाँ जुक्ति अधिकारीहरूले फेला पारेका छन्। 

सुनको आयातदेखि बजारमा हुने वितरणका सम्बन्धमा अहिले सरकारले विभिन्न निकायबाट अनुसन्धान गरिरहेको छ। 

त्यस्तै एयरलाइन्सको टिकटमा लाग्ने मूल्यअभिवृद्धि करमा पनि पछिल्लो समय ‘कर योजना’ भइरहेको पाइएको छ।

पहिले काठमाडौंबाट लण्डनका लागि हुने टिकेटिङ अहिले स्पिलिट भइरहेको छ। काठमाडौंबाट दोहाका लागि टिकेटिङ यहाँबाट गर्ने र दोहादेखि लण्डनका लागि फेरि अर्को टिकेटिङ दोहाबाटै जारी हुने गरेको पाइएको छ। 


प्रकाशित : बुधबार, फागुन १६ २०८०१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend