सोमबार, वैशाख २४ गते २०८१    
images
images

चिप उत्पादनमा आक्रामक भारत : २१ अर्ब डलर लगानीको प्रस्ताव प्रक्रियामा, बन्ला ग्लोबल चिप उत्पादन हब?

images
images
images
चिप उत्पादनमा आक्रामक भारत : २१ अर्ब डलर लगानीको प्रस्ताव प्रक्रियामा, बन्ला ग्लोबल चिप उत्पादन हब?

टावरले आफूले चिप उत्पादन गर्न प्लान्ट स्थापना हुने देशको सरकारले त्यसमा सहयोग गरोस् भन्ने चाहेको छ। टावर सेमिकन्डक्टरले भारतमा ६५ नानोमिटर र ४० नानोमिटर चिप उत्पादन गर्न चाहेको छ।

images
images

काठमाडौं- चिप अर्थात सेमिकन्डक्टर उत्पादनमा सयौँ वर्ष किनारामा बसेर हेरिरहेको भारत सरकार अब भने विश्व बजारको खेलाडी बन्न अग्रसर देखिएको छ। पछिल्लो समय मोदी सरकारले चिप उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। 

images
images
images

हाल भारतमा २१ अर्ब अमेरिकी डलरभन्दा बढीको सेमिकन्डक्टर बनाउने प्रस्ताव आएको छ। यो प्रस्तावमा स्वदेशी तथा विदेशी दुवै कम्पनी छन्। उक्त लगानीको प्रस्तावलाई भारत सरकारले अध्ययन गरिरहेको र स्वीकृत गर्ने क्रममा छ। 

images

केही समयअघिमात्र भारतमा चिप उत्पादन गर्न इजरायली कम्पनी टावर सेमिकन्डक्टरले सरकार समक्ष प्रस्ताव राखेको थियो। टावर सेमिकन्डक्टरले भारतमा चिप उत्पादनका लागि ९ अर्ब अमेरिमकी डलर लगानी गर्ने बताएको हो। दक्षिण एसियाली क्षेत्रमा प्लान्ट स्थापना गर्न भारत उपयुक्त देखिएकाले टावरले उक्त प्रस्ताव भारत सरकारसँग गरेको जनाएको छ। 

images

टावरले आफूले चिप उत्पादन गर्न प्लान्ट स्थापना हुने देशको सरकारले त्यसमा सहयोग गरोस् भन्ने चाहेको छ। टावर सेमिकन्डक्टरले भारतमा ६५ नानोमिटर र ४० नानोमिटर चिप उत्पादन गर्न चाहेको छ। 

images
images

त्यस्तै भारतीय व्यवसायिक समूह टाटा ग्रुपले चिप उत्पादन गर्न ८ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। चावर सेमिकन्डक्टर र टाटा ग्रुपले स्थापना गर्ने सेमिकन्टक्टर प्लान्ट भारतीय प्रधानमन्त्री नगरेन्द्र मोदीको गृह राज्य गुजरातमा स्थापना हुने स्रोतले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ।

टाटाले ताइवानी कम्पनी पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पसँग साझेदारी गर्न चाहेको र छलफल गरिरहेको छ। मोदी सरकारको ठूलो लक्ष्य भारतलाई चिप उत्पादन हवका रुपमा विकास गर्ने रहेको छ। 

हाल चिप बजारमा चिनियाँ डोमिनेन्स रहेको छ। त्यसैले भारतले चिप उत्पादनमा आत्मनिर्भर हुन स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति लिएको छ। 

अहिले सेमिकन्डक्टर भूराजनीतिक रणमैदानको रुपमा विकास भएको छ। हाललाई यो रणमैदानका मुख्य खेलाडीहरु अमेरिका, जापान र चीन छन्। त्यसैले उनीहरुले आन्तरिक बजारमा सक्दो धेरै सेमिकन्डक्टर उत्पादनमा लगानी बढाउन प्रेरित गरिरहेका छन्। 

त्यसमा दक्षिण एसियाको उदीयमान अर्थतन्त्र भारत सरकार प्रवेश गर्न चाहिरहेको छ। विशेषगरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना भारतलाई आउँदो दशकमा सेमिकन्डक्टर उत्पादन हबको रुपमा विकास गर्ने रहेको छ। सेमिकन्डक्टर आयातमा हुने रकम बचत गर्न र स्मार्टफोन एसेम्बललगायतको माग धान्न भारतले सेमिकन्डक्टर बनाउन धेरै ध्यान दिएको हो। 

सेमिकन्डक्टर उत्पादकलाई आकर्षित गर्न भारत सरकारले सहुलियत योजना नै अघि सारकेको छ। यो योजनाअन्तर्गत चिप उत्पादनमा लाग्ने आधार लागत सरकारले बेहोर्ने गरि लगानी परियोजना स्वीकृत हुने भारत सरकारले उल्लेख गरेको छ। यो योजनाका लागि भारत सरकारले सुरुवाती बजेटका रुपमा १० अर्ब डलर छुट्याएको छ। 

भारतमा सेमिकन्डक्टर बनाउन नाइवानको फक्सकन टेक्नोलोजी ग्रुप र भारतीय साझेदार वेदान्ता रिसोर्स लिमिटेडले सम्झौता गरिसकेका छन्। फक्सकनले एप्पललाई सेमिकन्डक्टरलगायत पार्टस सप्लाइ गर्छ। 

एप्पलले भारतमा आइफोन उत्पादन गर्ने र त्यहाँबाट निर्यातसमेत गर्ने लक्ष्य लिएको छ। त्यस्तै अल्फाबेट इंकको गुगलले पनि यही वर्षदेखि भारतमै गुगल फोन एसेम्बल गर्ने योजना अघिसारेको छ। अमेरिकी मेमोरी निर्माता कम्पनी माइक्रोन टेक्लोलोजी इंकले पनि भारतको गुजरातमा २ अर्ब ७५ करोड डलरको एसेम्बल तथा टेस्टिङ प्लान्ट राख्दै छ। 

विश्वको सबैभन्दा ठूलो सेमिकन्डक्टर/चिप उत्पादक कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) हो। सेमिकन्डक्टरमा चिनियाँ निर्भरता बढेको भन्दै अमेरिकाले समेत यसमा ठूलो लगानी गर्ने घोषणा गरिसकेको छ। 

भारतीय अटो बजारमा सेमिकन्डक्टर उत्पादन वा यससँग सम्बन्धित उद्योगमा करिब १ लाख ७० हजार करोड भारू लगानी हुने अनुमान गरिएको छ। आगामी ५ वर्षभित्र हुने उक्त लगानीबाट १ लाख ३५ हजार जनाले रोजनारी पाउने अपेक्षा गरिएको छ। 

डिजाइन लिंक्ड इन्सेन्टिभ (डीएलआई) अन्तर्गत सेमिकन्डक्टर डिजाइन गरिरहेका १ सयभन्दा बढी भारतीय कम्पनीहरूले उक्त स्किम अन्तर्गत रकम पाउने छन्। उनीहरूले रकम पाएमा सुरुवाती लागतको ५० प्रतिशत पाउने छन्। भारतले दिगो रुपमा सेमिकन्डक्टर र यससम्बन्धी उत्पादनका लागि इन्डिया सेमिकन्डक्टर मिसन (आईएसएम) नै स्थापना गर्ने लक्ष्य लिएको छ। 

सवारीसाधनदेखि सबै प्रकारका विद्युतीय उपकरण उत्पादनका लागि चिप अनिवार्य हुन्छ। पछिल्लो समय एआईका लागि समेत अत्याधुनिक चिपको माग बढ्दै गइरहेको छ।

images

प्रकाशित : बुधबार, फागुन १६ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस