शनिबार, असोज ५ गते २०८१    
images
images

कोरोनाविरुद्धको थप १४ लाख मोडर्ना खोप ल्याइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २३ २०७८
images
images
कोरोनाविरुद्धको थप १४ लाख मोडर्ना खोप ल्याइँदै

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ।  

images
images

काठमाडौं- कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा बिहीबार ल्याइने भएको छ। 

images
images
images

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना  खोपको मात्रा ल्याउन लागिएको जानकारी दिए।

उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौं आइपुग्ने छ। बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो। मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ।  

यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताए।

images

केही दिन अघि मात्र १ लाख ८४ हजार ४ सय मोडर्ना खोपको मात्रा ल्याइएको थियो। नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ। सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend