शनिबार, साउन १२ गते २०८१    
images
images
images

'आईसीई कार उत्पादकले विद्युतीय कारबाट पनि नाफा बनाउन थाले'

images
आइतबार, फागुन १३ २०८०
images
images
'आईसीई कार उत्पादकले विद्युतीय कारबाट पनि नाफा बनाउन थाले'

अन्य प्रतिस्पर्धीको तुलनामा स्टेलेन्टिसको रणनीति अलि फरक रहेको र कम्पनीले सवारीको विद्युतीकरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने काम गरिरहेको सीईओ टाभारेसले बताएका छन्।

images

काठमाडौं- महँगो प्रविधि र आम प्रयोगमा आएको कम समय भएकाले विद्युतीय कारमा सीमित उत्पादकबाहेकले नाफा बनाउन सकिरहेका छैनन्। केही विद्युतीय कारमात्र बनाउनेगरी स्थापना भएका टेस्ला, बीवाईडीलगायत कम्पनीले ईभी बिक्रीबाट नाफा बनाउन सकिरहेको बताइन्छ। 

images
images

अब भने पुराना सवारी जायन्टहरूले पनि विद्युतीय कार बिक्रीबाट नाफा बन्न थालेको बताएका छन्। सवारी कार उत्पादक स्टेलेन्टिसले विद्युतीय कारबाट पनि नाफा हुन थालेको बताएको छ। कम्पनीका सीईओ कार्लोस टाभारेसले अन्ततः विद्युतीय कारको व्यापार पनि नाफामा परिणत भएको हालै बताएका हुन्। 

images

स्टेलेन्टिसका सीईओको उक्त भनाइलाई विद्युतीय कार उद्योगका लागि निकै महत्वपूर्ण कडीका रुपमा लिइएको छ। परम्परागत कार उत्पादकहरूलाई यो कुराले विद्युतीय कार उत्पादनका लागि प्रेरित गर्ने विश्वास धेरैले गरेको इलोक्ट्रिक डटकोले लेखेको छ। विद्युतीय कारको माग बढिरहँदा ईभीबाट पैसा बनिरहेको छैन भन्ने भाष्य अब बदलिने अनुमान गरिएको छ। 

अन्य प्रतिस्पर्धीको तुलनामा स्टेलेन्टिसको रणनीति अलि फरक रहेको र कम्पनीले सवारीको विद्युतीकरण प्रक्रियालाई तीव्रताका साथ अघि बनाउने काम गरिरहेको सीईओ टाभारेसले बताएका छन्। फियाट क्राइसलर र पीएसए ग्रुप मिलेर २०२१ मा स्टेलेन्टिस कम्पनी बनेको थियो। नयाँ कम्पनी बनेयता लगातार तेस्रो वर्षसम्म नाफामा रहेको छ।

images

२०१९ सम्म घाटामा रहेको अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला त्यसयता भने नाफामा रहेको छ। २०१९ सम्म टेस्लाले सानो संख्यामा विद्युतीय कार बनाइरहेको थियो भने त्योभन्दा पनि धेरै सानो संख्यामा स्टेलेन्टिस, फोर्ड, जीएमले विद्युतीय कार बनाइरहेका थिए। तर अहिले भने टेस्लाले वार्षिक १८ लाखभन्दा बढी कार बिक्री गर्न थालिसकेको छ भने अन्य परम्परागत कार उत्पादकले विद्युतीय कार उत्पादनलाई बढाउँदै लगेका छन्। 

परम्परागत कार उत्पादकमध्ये फोर्डले मात्र विद्युतीय कार र आईसीई कार उत्पादनको लागत सार्जजनिक गरेको छ। जसअनुसार २०२३ मा फोर्डले विद्युतीय कार उत्पादनमा ४ अर्ब ७० करोड डलर घाटा बेहोरेको थियो। अर्थात फोर्डले बिक्री गरेका विद्युतीय कारमा प्रति कार ४० हजार डलर घाटा खाएको थियो। 

जनरल मोटर्सले विद्युतीय कार उत्पादनको ब्रेकडाउन ननिकालेको भएपनि २०२४ को मध्यसम्ममा पुग्दा विद्युतीय कार उत्पादनबाट नाफा आर्जन हुने बताएको छ। तर पछिल्लो केही महिनायता फोर्ड तथा जीएमले विद्युतीय कार उत्पादनको रफ्तारलाई नियन्त्रण गरेका छन्।

स्टेलेन्टिसले अमेरिकी प्लान्टमा जिप, राम, क्राइसलर र डज ब्रान्डमा कार उत्पादन गर्दै आएको छ। स्टेलेन्टिसले युरोपलाई फोकस गरेर विद्युतीय कार बिक्री गरिरहेका छ भने २०२४ मा अमेरिकी तथा अन्य बजारमा विद्युतीय कार बिक्री गर्ने बताएको छ।  

स्टेलेन्टिसले ईभी उत्पादनलाई जोड दिएकाले यसबाट आउने नाफा बढ्दै जाने र नाफामा २०२३ भन्दा २०२४ राम्रो हुनेमा आफू विश्वस्त रहेको कम्पनीका सीईओ टाभारेसले बताएका छन्। तर आईसीई सवारीमा जति नाफा भइरहेको छ विद्युतीयमा तत्काललाई त्यति नाफा नहुने उनले बताएका छन्। 

‘हामीले आईसीई कारबाट जति नै नाफा निकाल्न अति कडा मेहनत जरुरी देखिएको छ,’ टाभारेसले भनेका छन्, ‘आईसीई कारको लेवलमा नाफा आउन अहिले नै सम्भव छैन तर हामी त्यससको नजिक छौँ।’ 


प्रकाशित : आइतबार, फागुन १३ २०८०१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend