शनिबार, साउन १२ गते २०८१    
images
images
images

कुन देशसँग छ सबैभन्दा धेरै सुन? यस्तो छ ११ देशको तथ्यांक

images
शनिबार, फागुन १२ २०८०
images
images
कुन देशसँग छ सबैभन्दा धेरै सुन? यस्तो छ ११ देशको तथ्यांक
फाइल तस्बिर

विकसित देशका केन्द्रीय बैंकसँग धेरै सुन सञ्चिति छ भने उदीयमान राष्ट्रहरूले सुन सञ्चिति बढाउँदै लगेका छन्।

images

काठमाडौं- पृथ्वीमा पाइने विभिन्न धातुहरूमध्ये सुन महत्वपूर्ण धातु हो। मूल्यका आधारमा यो महँगोमा पर्छ। यसलाई भविष्यको सञ्चितिका रुपमा लिइन्छ। 

images
images

नेपाल तथा भारतमा जनस्तरमै सुनको मूल्यमा भन्दा गरगहना र ‘दुःख पाएको बेला काम लाग्ने’ सम्पत्तिका रुपमा सकेको जोहो गरेर राखिन्छ। 

images

व्यक्तिगत रुपमा मात्र होइन देशको अर्थमन्त्रकै लागि सुन महत्वपूर्ण धातु हो। त्यसैले संसारभरका देशका केन्द्रीय बैंकहरूले सुन सञ्चित गर्ने गरेका छन्। 

विकसित देशका केन्द्रीय बैंकसँग धेरै सुन सञ्चिति छ भने उदीयमान राष्ट्रहरूले सुन सञ्चिति बढाउँदै लगेका छन्। 

images

मूल्यवान धातु भएकाले देशमा आर्थिक संकट पर्दा सुनले ठूलो भरथेग गर्ने भएकाले नै यसको सञ्चिति हुँदै आएको छ। जबजब भूराजनीतिक तनावहरू उत्पन्न हुन्छ त्यतिबेला सुनको मूल्यले नयाँ रेकर्ड कायम राख्छ। 

२०२३ को अमेरिकामा ब्याजदरको उतारचढाव र भूराजनीतिक तनावका कारण डिसेम्बरमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो।

२०२३ को सेप्टेम्बरसम्मको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले संसारका ११ धेरै सुन सञ्चिति भएका देश र उनीहरूसँग भएको परिमाणसहित तथ्य लेखेको छ। उल्लेखित सुनको सञ्चिति सम्बन्धित देशका केन्द्रीय बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा वर्ल्ड गोल्ड काउन्सिलले उपलब्ध गराएको तथ्यांकमा आधारित छ। 

संसारभर रहेको सुन मुख्यगरी केन्द्रीय बैंकका भल्टहरू, निजी सञ्चयकर्ता र गहना गृहहरूमा सुरक्षित गरिएका हुन्छन्। देशका केन्द्रीय बैंकहरूले सुन सञ्चिति विभिन्न कारणलाई ध्यानमा राखेर गर्दै आएका छन्। 

पहिलो कारणका रुपमा सञ्चित सुन स्थिर र निर्भर मूल्यका रुपमा राखिन्छ। यसले देशको अर्थतन्त्रको स्थिर विकासमा आत्मविश्वास बढाउँछ। देशको वित्तीय अवस्था अस्थिर भएकाले बेला सञ्चित सुनको अझ धेरै महत्व हुन्छ। यसका अतिरिक्ति कयौँ देशहरूले मुद्राको स्थिरतालाई सन्तुलित बनाउन पनि सुनलाई महत्वपूर्ण उपकरणका रुपमा प्रयोग गर्दै आएका छन्। 

यसका साथै सुनको सञ्चितिले देशको समग्र पोर्टफोलियोमा विविधता ल्याउने पनि सघाउँछ। वर्तमान समयमा विश्वमा भएको सुनमध्ये पाँच भागको एक भाग केन्द्रीय बैंकहरूको सञ्चितिमा छ। 

हाल अमेरिकी केन्द्रीय बैंकसँग सबैभन्दा धेरै सुन सञ्चिति रहेको छ। २०२३ को सेप्टेम्बरसम्मको तथ्यांकअनुसार अमेरिकाका १२ वटा फेडेरल रिजर्भ बैंकसँग ८ हजार १ सय ३३ टन सुन सञ्चितिमा छ। 

अमेरिकाको भूराजनीतिक प्रतिस्पर्धीका रुपमा रहेका चीन र रसिया पछिल्लो २० वर्षयताका सबैभन्दा धेरै सुन खरिदकर्ता हुन्। २०२३ मै चीनको पिपल्स बैंक अफ चाइनाले सबैभन्दा धेरै २ सय २५ टन सुन खरिद गरेको थियो। 

यी हुन् ११ देश र तिनिहरूसँग भएको सञ्चित सुन

अमेरिका- ८ हजार १ सय ३३ टन

२. जर्मनी- ३ हजार ३ सय ५३ टन

३. इटाली- २ हजार ४ सय ५२ टन

४. फ्रान्स- २ हजार ४ सय ३७ टन

५. रसिया- २ हजार ३ सय ३३ टन

६. चीन- २ हजार १ सय ९२ टन

७. स्वीजरल्यान्ड- १ हजार ४० टन

८. जापान- ८ सय ४७ टन

९. भारत- ८ सय १ टन

१०. नेदरल्यान्ड- ६ सय १२ टन

११. टर्की- ४ सय ७९ टन

top 11 gold.PNG


प्रकाशित : शनिबार, फागुन १२ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend