शनिबार, चैत १८ गते २०७९

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने

images
images
विजनेस न्युज
खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ। 

images
images

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ।  यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए। 

images
images
images

गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको छ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको हो। सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दसँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ। बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ। 

कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ। आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिए।
रासस

images

प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०७:५८
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ