आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

१ सय ३० किलोमिटरको कमला-ढल्केबर-पथलैया सडक विस्तारमा ३६ अर्ब ९२ करोड लाग्ने

images
images
images
१ सय ३० किलोमिटरको कमला-ढल्केबर-पथलैया सडक विस्तारमा ३६ अर्ब ९२ करोड लाग्ने

महेन्द्र राजमार्गको यो खण्ड मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ६ जिल्ला भएर जान्छ। जसमा १५ नगरपालिका र १ उपमहानगरपालिका पर्दछन्।

images
images

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गतको कमला-ढल्केबर-पथलैया सडक विस्तारमा ३६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान भएको छ।

images
images
images

सडक निर्माणका लागि तयार भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। सडक निर्माणको लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) हो।

images

प्रस्तावित पूर्व-पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत १ सय ३० किलोमिटर कमला-ढल्केबर-पथलैया सडकखण्ड स्तरोन्नतिको प्रस्तावक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा रहेको छ।

images

कमला-ढल्केबर-पथलैया सडकखण्ड सिराहा जिल्लाको कमला नदीबाट सुरु भएर बारा जिल्लाको पथलैयामा अन्त्य हुन्छ। महेन्द्र राजमार्गको यो खण्ड मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ६ जिल्ला भएर जान्छ। जसमा १५ नगरपालिका र १ उपमहानगरपालिका पर्दछन्।

images
images

विद्यमान सडकलाई एशियाली राजमार्गको मापदण्डमा स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ। यसको लागि हालको २ लेन सडक र आवश्यकताअनुसार पुलहरूलाई ४ लेनमा स्तरोन्नति गरिने रिपोर्टमा उल्लेख छ।

प्रस्तावित सडकको क्षेत्राधिकार ५० मिटर (मध्य रेखाबाट दुवैतर्फ २५/२५ मिटर) को रहेको छ। ६ लेनको सडकमा २ मिटरको साइकल ट्रयाक र ठाउँअनुसार फुटपाथ र अन्य सुविधाहरू निर्माण गरिने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

सडक निर्माणमा एक हजार जनाले रोजगारी पाउने छन्। मोटरगाडीहरूलाई सहज तवरबाट वारपार गर्न ५ स्थानमा अन्डरपास सडक निर्माण हुने छ। अन्डरपास सडक वीरेन्द्रबजार, लालबन्दी, नवलपुर, हरिवन र नयाँरोडमा अन्डरपास सडक निर्माण हुने छ।

पैदल यात्रुलाई सहज वारपारका लागि पनि अन्डरपास निर्माण हुने रिपोर्टमा उल्लेख छ।

प्रस्तावित सडकको क्षेत्रअधिकारभित्र ६४ घरधुरीका जम्मा ६६ वटा संरचनालाई आयोजनाले प्रत्यक्ष असर पार्ने छ। प्रभावित ६४ घरधुरीमध्ये २५ घरधुरीले आवास गुमाउने छन् भने ३५ घरधुरीले व्यापारिक घर गुमाउने र ४ घरधुरीले आवास तथा व्यवसाय गुमाउने छन्।

साथै रिपोर्टमा २ सय ४ जति अन्य विस्तारित आवास संरचनाहरू र ४ वटा पेट्रोल पम्पका संरचनाहरू हटाउनु पर्ने उल्लेख छ।

यसैगरी आयोजनाबाट थप २ सय १६ वटा सार्वजनिक/ सामुदायिक संरचनाहरू हटाउनु पर्ने छ।  जसमा ३५ साना मन्दिर, ८ इनार, ५५ बरपिपल चौतारा, ६९ प्रतीक्षालय, ५ गेट, १२ पर्खाल, ४ पुलिस बिट, ३ सार्वजनिक शौचालय, २ विद्यालय (महेन्द्र अदर्स मावि र नेपाल राष्ट्रिय मावि पथलैया) को विस्तारित संरचनाहरू, ३ हाटबजारको छानो, १ सैनिक सुरक्षा जाँच पोष्ट, २ प्रहरी जाँच पोष्ट, १ प्रहरी प्रतीक्षालय र १६ वटा सैनिक ब्यारेकका संरचनाहरू प्रभावित हुनेछन्।

यसबाहेक सडक चौडा बनाउँदा २ हजार २ सय २१ विद्युतीय पोल र ३३ हजार १ सय ६० मिटर पानीको पाइप लाइनमा बाधा पुग्न सक्ने रिपोर्टमा उल्लेख छ। 

प्रभावित  हुने संरचनाहरूकफ क्षतिपूर्ति पुनवार्स कार्यायोजनामा १ करोड ४० लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सार्वजनिक/ सामुदायिक संरचनाहरूको पुनस्थापनाका लागि १० करोड ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विद्युतीय पोल सार्न १५ करोड ५४ लाख ४७ हजार रुपैयाँ र खानेपानीका लागिका लागि ८ करोड २२ लाख २६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

साथै आदिवासी जनजाति विकास योजनका लागस १६ लाख ८५ हजार रुपैयाँ खर्च हुने समेत रिपोर्टमा उल्लेख छ। सम्रगमा वातावरणीय र सामाजिक व्यवस्थापनका लागि १ अर्ब २ करोड १० लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

images

प्रकाशित : शुक्रबार, फागुन ११ २०८०११:३४

प्रतिक्रिया दिनुहोस