शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सहुलियत ब्याजमा कर्जा माग्दै २१ सय स्टार्टप उद्यमीले दिए आवेदन

शुक्रबार, फागुन ११ २०८०
सहुलियत ब्याजमा कर्जा माग्दै २१ सय स्टार्टप उद्यमीले दिए आवेदन

स्टार्टप उद्यमका मापदण्ड पूरा गरेका विभिन्न १६ क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टप उद्यम कर्जा लिन इच्छुकका लागि परियोजना पेश गर्न भनिएको थियो।

काठमाडौं- सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउन माग गर्दै २ हजार १ सय स्टार्टप उद्यमीले आवेदन दिएका छन्।

गत माघ १९ गते औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। अन्तिम दिन बिहीबारसम्ममा २ हजार १ सय उद्यमीले प्रस्ताव पेश गरेका हुन्।  

स्टार्टप उद्यमका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भन्दै परियोजना प्रस्ताव आह्वान गरिसकेको छ। सरकारले यो वर्ष यस्तो कर्जा उपलब्ध गराउन २५ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ। गतवर्ष कार्यक्रम कार्यान्वयनमा नजाँदा कर्जाका लागि छुट्ट्याएको रकम फ्रिज भएको थियो। 

स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार स्टार्टप उद्यमका मापदण्ड पूरा गरेका विभिन्न १६ क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टप उद्यम कर्जा लिन इच्छुकका लागि परियोजना पेश गर्न भनिएको थियो। 

माघ २४ गते तीन वटा निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले वैशाखदेखि कर्जा प्रवाह सुरू गर्ने तयारी गरिसकेको छ।

परियोजना धितो राखेर दिइने स्टार्टप उद्यम कर्जा प्रवाह तथा सुरक्षण सम्बन्धमा प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। चालु आर्थिक वर्ष (आव) २०८०/८१ मै यो कार्यक्रम कार्यान्वयनमा जाने गुप्ताको भनाइ छ।

स्टार्टप उद्यमका लागि कर्जा पाउन तीन चरण पार गर्नुपर्नेछ। पहिलो कर्जाका लागि प्रतिष्ठानमा प्रस्ताव पेश हुनुपर्छ। दोस्रोमा प्रस्तावअनुसार आवेदनकर्ताको सूची निकालिनेछ। त्यसपछि आवेदकलाई नै आफ्नो स्टार्टप उद्यमबारे प्रस्तुतीकरणका लागि बोलाइनेछ। 

सरकारले एउटा स्टार्टप उद्यमका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियत ब्याजको कर्जा उपलब्ध गराउने नीति लिएको छ।


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend