शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

नेपालमै बन्न थाल्यो सुजुकीका मोटरसाइकल र स्कुटर

पहिलो चरणमा बर्गम्यान, एभिनिस र जिक्सर एसेम्बल

images
images
images
नेपालमै बन्न थाल्यो सुजुकीका मोटरसाइकल र स्कुटर

विशाल समूहले २०७८ फागुनमा ४६ करोड रुपैयाँ लगानी गरी मोटरसाइकल एसेम्बल गर्ने योजनासहित ग्लोबल अटोमोबाइल्स प्रालि उद्योग विभागमा दर्ता गरेको थियो।

images
images

काठमाडौं- दुईपांग्रे जापानी ब्रान्ड सुजुकीका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुन थालेको छ। सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स हो। यो कम्पनी विशाल समूहअन्तर्गतको दुईपांग्रे सवारी बिक्रेता कम्पनी हो। 

images
images
images

विशाल समूहअन्तर्गतकै अर्को कम्पनी ग्लोबल अटोमोबाइल्स प्रालिले सुजुकीका मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले २०२४ को जनवरीदेखि चुपचाप रुपमै मोटरसाकल तथा स्कुटर एसेम्बल थालेको हो। कम्पनीले जनवरीदेखि सुजुकीका चर्चित दुई स्कुटर बर्गम्यान र एभिनिस तथा एउटा मोटरसाइकल जिक्सर एसेम्बल गरिरहेको छ। 

images

२०२३ को नोभेम्बरमा सुजुकी इन्डियाका भाइस प्रेसिडेन्टसहितको टोली नेपाल आएर सुजुकीको नेपाल एसेम्बल प्लान्ट अवलोकन गरेको थियो। परीक्षणलगायत सबै प्रक्रिया पूरा गरेर २०२४ जनवरीदेखि सुजुकीका मोटरसाइकल नेपालमै एसेम्बल सुरु भएका हो। 

images

विशाल समूहले २०७८ फागुनमा ४६ करोड रुपैयाँ लगानीगरी मोटरसाइकल एसेम्बल गर्ने योजनासहित ग्लोबल अटोमोबाइल्स प्रालि उद्योग विभागमा दर्ता गरेको थियो।  

images
images

नेपालमा सवारी एसेम्बल गर्न भन्दै दुई दर्जनभन्दा बढी कम्पनीहरू उद्योग विभागमा दर्ता भइसकेका छन्। हालसम्म बजाज, टीभीएस, यामाहा, रोयल इनफिल्डका मोटरसाइकल तथा स्कुटर एसेम्बल भइरहेका छन्। यो सूचीमा सुजुकी थपिएको छ भने हिरो, होन्डा, भेस्पा तथा अप्रिलिया थपिने क्रममा छन्।  

नेपालमा धेरै बिक्री हुने मोटरसाइकल ब्रान्डहरूले एसेम्बल उद्योग स्थापना गरिसकेका छन् भने केहीले धमाधम प्लान्ट बनाउने काम गरिरहेका छन्।  

सरकारले आयातित मोटरसाइकलमा लाग्ने कर बढाउँदै एसेम्बल हुनेमा कर घटाएका कारण मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न आयातकर्ताहरू उद्दत भएका हुन्। विशाल समूहले वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र ५ हजार तीनपांग्रे अटोरिक्सा उत्पादन गर्नेगरी ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता गरेको थियो। 

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ मा स्थापना भएको उक्त उद्योगमा ४६ करोड ४५ लाख ९२ हजार ६ सय १० रुपैयाँ लगानी गरिने दर्ता किताबमा उल्लेख छ। मध्यम वर्गको यो उद्योगले १ सय ५० जनालाई रोजगारी दिने ग्लोबल अटोमोबाइल्सले उल्लेख गरेको थियो। 

हालको व्यवस्थाअनुसार एसेम्बलका लागि आयात हुने मोटरसाइकल तथा स्कुटरको सीकेडीमा २० प्रतिशत (दुई तह छुट) मात्र अन्तःशुल्क लाग्छ। सरकारले सुरुमा एसेम्बलका लागि ल्याइने सीकेडीमा एक तह छुट अर्थात ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो। 

विशाल समूहले सुजुकीका मोटरसाइकलका साथै एमजी, रेनो, फक्सवागन, ग्रेटवाल मोटर्स, माज्दा, म्याक्ससलगायत ब्राडका सवारी आधिकारिक बिक्रेता रहेको छ। त्यस्तै पछिल्लो समय विशाल समूहले भियतनामी विद्युतीय कार उत्पादक कम्पनी भिनफस्टको समेत आधिकारिक बिक्रेता हात पारेको छ। 

बजाजले नेपालमै मोटरसाइकल एसेम्बल सुरु गरेको ६ वर्ष भइसकेको छ। बजाजपछि टीभीएसका मोटरसाइकल तथा स्कुटर एसेम्बल हुन थालेको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले तयारी मोटरसाइकलको कर बढाएर एसेम्बलको कर घटाएपछि यामाहा, होन्डा, हिरो, सुजुकीलगायत ब्रान्ड दबाबमा थिए। 

राम्रो बजार हिस्सा भएका मोटरसाइकल ब्रान्डहरूमध्ये अब होन्डा तथा हिरोका मोटरसाइकल एसेम्बल सुरु हुन बाँकी छ। हिरोको आधिकारिक बिक्रेता विवादका कारण रोकिएको एसेम्बल प्रक्रिया सुरु भइसकेको छ।

पुरानो आधिकारिक बिक्रेता एनजीएम हिरो र प्रिन्सिपल कम्पनीबीच विवाद भएपछि हिरोको डिलरसिप नै चौधरी समूहमा गएको छ। आधिकारिक बिक्रेता पाएसँगै चौधरी समूहअन्तर्गतको सीजी मोटरले नवलपुरमा एसेम्बल प्लान्ट बनाइरहेको र २०२४ को मार्चदेखि नेपालमै एसेम्बल भएका मोटरसाइकल बिक्री गर्ने जनाएको छ। 

होन्डाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्नेगरी स्याकार ट्रेडिङले हिमाल मोटो नेपाल प्रालि उद्योग रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना गर्नेगरी २०७९ मा उद्योग दर्ता गरेको थियो। हिमाल मोटोमा स्याकारले ६० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो। 

हिमाल मोटोले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने उल्लेख गरेको थियो। २ सय २ जनाले रोजगारी पाउने उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेगरी दर्ता भएको हिमाल मोटोले एसेम्बलका लागि भौतिक संरचना बनाइसकेको छ भने इक्युमेन्टलगायत तथा परीक्षणको काम गरिरहेको छ। 

images

प्रकाशित : शुक्रबार, फागुन ११ २०८००६:३५

प्रतिक्रिया दिनुहोस