शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

तोलारामदेखि कृष्णप्रसादसम्म - नाडाको ४६ वर्षे इतिहास

images
images
images
तोलारामदेखि कृष्णप्रसादसम्म - नाडाको ४६ वर्षे इतिहास

२०३२ सालमा स्थापना भएको यस एशोसिएसनमा हालसम्म १९ जना अध्यक्षले आफ्नो कार्यकाल सकिसकेका छन्। 

images
images

काठमाडौं- नेपालको सवारी इतिहास धेरै लामो छैन। राणाहरूले आफ्नो सोख पूरा गर्न सवारी बोकाएर उपत्यका भित्र्याएको कथा चर्चित नै छ। त्यतिबेला काठमाडौं उपत्यका आउने मोटरबाटो बनेको थिएन। सवारी आयातको तीन दशकमा आएर मात्र नेपालमा अटोमोबाइलले व्यवसायिक रुप लिन पुगेको थियो। 

images
images
images

त्यसै क्रममा सांगठनिक सोच राखेर २०३२ सालको असोज १० गते स्व. तोलाराम दुगडको अध्यक्षतामा संस्था स्थापना भएको थियो। २०३२ फागुन ६ गते ‘नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन’को नाममा उक्त संस्था काठमाडौं जिल्ला प्रशासन कार्यलयमा विधिवत दर्ता भयो। 

images

जुन संस्था हाल आएर व्यवसायिक हकहितको आवाज उठाउने बलियो संस्थाको रुपमा विकसित भइसकेको छ। त्यतिमात्र होइन हाल नाडा राजस्वमा ठूलो योगदान पुर्‍याउने संस्थाका रुपमासमेत स्थापित भइसकेको छ। नाडा नेपाल उद्योग वाणिज्य महासंघको शक्तिशाली वस्तुगत संस्थासमेत हो। 

images

नेपालमा गाडी भित्रिएको धेरै पछि मात्र अटोमोबाइलले व्यवसायिक रुप लिएको थियो। २०३० को दशकमा आइपुग्दा पनि यो क्षेत्र त्यति फस्टाएको थिएन। 

images
images

टोयोटा, निसान, माज्दालगायत ५/७ वटा गाडीका एजेन्सी मात्र नेपालमा थिए। भारतीय बजारबाट आउनेमा टाटाकै बस, ट्रक हुन्थ्यो। त्यसैले उक्त क्षेत्रमा खासै प्रतिस्पर्धा पनि थिएन र चुनौतीहरू पनि कम थिए। 

पार्टपुर्जा र टायरको आयातमा भने केही समस्याहरू रहेका थिए। यसैबीच भविष्यमा अटोमोबाइल क्षेत्र विस्तार हुने सम्भावना औल्याउँदै तत्कालका चुनौतीहरू समेत सामना गर्ने उद्देश्यले यस व्यवसायमा लागेका व्यक्तिहरू एकीकृत भए। त्यसैक्रममा सांगठनिक सोच राखेर २०३२ सालको असोज संस्था स्थापना गरिएको थियो। 

२०३४ सालमा संघसंस्था दर्ता ऐन लागु भएपछि नाडा पनि त्यही अन्तर्गत दर्ता भयो। नाडा प्रारम्भिक समयमा आफ्नै संस्थागत समस्याहरूमा थियो। त्यसबेला व्यवसायको दायरा पनि सानो थियो र त्यसमा संलग्न व्यक्तिहरू पनि कम थिए। जम्मा १८ जनाबाट सुरु भएको नाडाको सदस्य संख्या हाल २०७८ सालसम्म आइपुग्दा ३१ सय ९२ पुगिसकेको छ। काठमाडौंबाट सुरु भएको नाडाले यी चार दशकमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाइसकेको छ। यसबीच नाडाले देशको संघीय संरचनाअनुसार नै आफ्नो क्षेत्र ७ वटै प्रदेशमा विस्तार गरिसकेको छ। 

भन्सार मूल्यांकनको समस्या सुल्झाउन सुरु भएको सांगठनिक प्रयासले आज पनि निरन्तरता पाएकै छ। फरक यति हो कि त्यसबेला पार्टपुर्जा र टायर/ट्युबमा ज्यादा समस्या थियो। आज गाडीका समस्या समाधान भएर एसेम्बल उद्योग स्थापनासमेत भइसकेको छ। 

२०५६ साल पुस ११ गतेदेखि स्वदेशभित्र प्रवेश गर्ने सवारी साधनको पैठारीमा नेपाल सवारी प्रदूषण मापदन्ड २०५६ लागू गरेपछि करिब छ महिना त गाडीको आयात नै ठप्प भएको थियो। यी नयाँ चुनौतीहरूसँग सामना गर्न सहज परिस्थिति बनाउन नाडाले आफूलाई अझ सक्रिय बनाउनुपर्‍यो। त्यसपछि व्यवसायिक चुनौती सुल्झाउनका साथै नाडाले उच्च गुणस्तरीय इन्धनका लागि पनि आवाज उठाउन थाल्यो।

नाडाकै सुझावमा सरकारले बाटोका लागि कर उठाउन सुरु गर्‍यो। तर गाडीको आयात बढिरहँदा र यस क्षेत्रबाट अर्बौं राजस्व उठाउँदा पनि सरकारले भने बाटोघाटो बनाउन र यातायात व्यवस्थापनतर्फ आजसम्म पनि प्रभावकारी परिणाम दिन सकेको छैन। 

२०५६ पछि सरकारले एकै पटक २०६९ मा आएर नेपाल प्रदूषण मापदण्ड २०६९ (युरो-३) लागु गरेको थियो। त्यसयता भारतमा बीएस-६ पूर्ण कार्यान्वयनमा आइसक्दा समेत नेपालले प्रदूषण मापदण्ड स्तरोन्नती हुन सकेका छैन। 

नाडामा हालसम्म आइपुग्दा उन्नाइसौँ अध्यक्षको रुपमा कृष्णप्रसाद दुलाले नेतृत्व गरिरहेका छन्। त्यस्तै ४५औँ साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्दै छ। आज (बिहीबार) नाडाको ४५औँ साधारण सभाबाट नयाँ नेतृत्वका लागि मतदान हुँदैछ।

आफ्नो संस्थागत विकासका लागि नाडाले निकै संघर्ष गरेको थियो। सदस्यता शुल्कबाट मात्र चल्नुपर्ने बाध्यताले सुरुवाती दिनमा यसको आर्थिक अवस्था नाजुक थियो। २०५५ साल कात्तिक १९ गतेदेखि २२ गतेसम्म भृकुटीमन्डपमा आयोजित प्रथम नाडा अटो शो आयोजना भएपछि भने यसको स्थिति र छवि दुवैमा उल्लेख्य सहयोग पुग्यो। नाडाले २०५५ साल बाट सुरु गरेको अटो शो प्रत्येक दुई-दुई वर्षमा आयोजना गर्दे आएको छ। 

तर कोरोना महामारीका कारण २०७७ र ०७८ मा नाडा अटो शो हुन सकेन। पछिल्लो समय प्रविधिको विकाससँगै विश्वभर शून्य प्रदूषण सवारीको प्रयोग र यसको व्यापकता बारे छलफल चलिरहेको छ। सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको छ। साथै दुईपांग्रे सवारी एसेम्बल उद्योग स्थापना भइसके पनि चारपांग्रे सवारी उद्योग स्थापना हुन सकेको छैन।

नाडाको अब आउने नयाँ नेतृत्वले यसबारे सरकारलाई ‘कन्भिन्स’ गरेर सवारी उद्योग खोल्नेदेखि शून्य प्रदूषण सवारीलाई प्रवर्द्धन गर्नेतर्फ काम गर्नुपर्ने चुनौती छ।  

२०३२ सालमा स्थापना भएको यस एशोसिएसनमा हालसम्म १९ जना अध्यक्षले आफ्नो कार्यकाल सकिसकेका छन्। 

नाडामा वि.सं २०३२ सालदेखि हालसम्मका अध्यक्षहरू-

क्र.स‍   नाम कार्यकाल मिति
१. स्व.तोलाराम दुगड  वि.सं २०३२ देखि २०३३
२. स्व.मोहनगोपाल खेतान वि.सं २०३३ देखि २०३४ 
३. स्व. गौरीशंकर मोर वि.सं २०३४ देखि २०३७  
४. डा. रुप ज्योति वि.सं २०३७ देखि २०४१  
५. स्व.दिवाकर बिक्रम राणा वि.सं २०४१ देखि २०४६  
६. स्व.उदयशमशेर थापा वि.सं २०४६ देखि २०४९
७. पद्यम ज्योति वि.सं २०४९ देखि २०५३  
८. किरण बैद्य वि.सं २०५३ देखि २०५५ 
९. श्रीनिवाश वीर सिंह वि.सं २०५५ देखि २०५७  
१०. लोकमान्य गोल्छा वि.सं २०५७ देखि २०५९ 
११. रोहिणी थपालिया वि.सं २०५९ देखि २०६१  
१२. स्व.हिम्मत बहादुर माली वि.सं २०६१ देखि २०६३  
१३. सुनिल खेतान वि.सं २०६३ देखि २०६५ 
१४. स्व.सौर्य राणा वि.सं २०६५ देखि २०६७  
१५. सौरभ ज्योति वि.सं २०६७ देखि २०७०  
१६. शेखर गोल्छा वि.सं २०७० देखि २०७२ 
१७. अञ्जन श्रेष्ठ वि.सं २०७२ देखि २०७४  
१८. शम्भुप्रसाद दाहाल वि.सं २०७४ देखि २०७६ 
१९. कृष्णप्रसाद दुलाल वि.सं २०७६ देखि २०७८

                                                           

images

प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०१:५९

प्रतिक्रिया दिनुहोस