आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

जेठदेखि बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली बिक्री गरिने, डलरमा पीपीए गरिने

images
images
images
जेठदेखि बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली बिक्री गरिने, डलरमा पीपीए गरिने

बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो। त्यसपछि प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावका बिषयमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने छ।

images
images

काठमाडौं- आगामी बर्खादेखि नेपालले बंगलादेशलाई दैनिक ४० मेगावाट बिजुली बिक्री गर्ने भएको छ। विद्युत निर्यातको लागि बंगलादेशसँग आज अन्तिम सम्झौता हुँदैछ।  

images
images
images

बिजुलीको खरिद-बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश पुगेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो।

images

टोलीले आज बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद-बिक्रीदर टुंगो लगाउनेछ। पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिनेछ । 

images

ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ। बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । 

images
images

बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो। त्यसपछि प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावका बिषयमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने छ।

अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु ८.४० रुपैयाँमा विद्युत् बिक्री गरेको छ। त्योभन्दा उच्चदरमा बंगलादेशसँग पीपीए हुनेछ। 

नेपाल र बंगलादेशबीच सीमा नजोडिएको कारण दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन पनि छैन। त्यसैले तत्काललाई भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुर्‍याउने योजना छ। त्यसबापत भारतले ह्विलिङ चार्जबापत केही रकम पाउनेछ। 

बंगलादेशसँग तय हुने विद्युत् खरिद-बिक्रीदर (मूल्य) डलरमा तय गरिने छ। बंगलादेशले प्रतियुनिट ७.७१२ सेन्टमा विद्युत् किन्ने गरी आशयपत्र पठाएको थियो। अहिलेको दर अनुसार ९.३१ रुपैयाँं हाराहारीमा पीपीए दर निर्धारण हुने छ।  

आउँदो बर्खाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना प्राधिकरणले बनाएको छ। हरेक वर्ष १ असारदेखि ३० कात्तिक (जुन १५ देखि नोभेम्बर १५) सम्म विद्युत् निर्यात गर्ने बंगलादेशसँग सम्झौता हुनेछ। 

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ। उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ। 

ऊर्जा व्यापार विकास गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने तयारी छ। गत महिना बंगलादेशले त्रिपक्षीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो। तीन देशबीच अहिले छलफल जारी छ। 

images

प्रकाशित : बिहीबार , फागुन १० २०८०११:५२

प्रतिक्रिया दिनुहोस