शनिबार, साउन १२ गते २०८१    
images
images
images

२०२४ मोडलको टेस्ला मोडल थ्री हाइल्यान्ड नेपाली बजारमा

images
बिहीबार , फागुन १० २०८०
images
images
२०२४ मोडलको टेस्ला मोडल थ्री हाइल्यान्ड नेपाली बजारमा

टेस्लाले पहिलो पटक ठूलो परिमार्जनसहित बजारमा ल्याएको मोडल थ्री हाइल्यान्डले लग्जरी विद्युतीय कार खोज्ने ग्राहकको चाहना पूरा गर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ।

images

काठमाडौं- अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकले केही समयअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको नयाँ टेस्ला मोडल थ्री हाइल्यान्ड नेपाली बजारमा सार्वजनिक भएको छ।

images
images

टेस्लाका कार नेपाली बजारमा उपलब्ध गराउँदै आएको अरेट इन्टरनेसनल बिहीबार २०२४ मोडलको मोडल थ्री हाइल्यान्ड सार्वजनिक गरेको हो। कम्पनीले यो कारको मूल्य १ करोड ३५ लाख रुपैयाँ तोकेको छ।

images

सधैँ लग्जरी गाडी नेपाल ल्याएर ग्राहकको चाहना पूरा गर्न प्रतिबद्ध रहेको अरेटले अन्तर्राष्ट्रिय बजारमा आएको केही महिनाभित्रै मोडल थ्री हाइल्याण्ड नेपाल ल्याएको जनाएको छ।

टेस्लाले पहिलोपटक ठूलो परिमार्जनसहित बजारमा ल्याएको मोडल थ्री हाइल्यान्डले लग्जरी विद्युतीय कार खोज्ने ग्राहकको चाहना पूरा गर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ।  

images

‘टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल हो। त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको हाइल्यान्ड मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पूरा गर्नेमा हामी विश्वस्त छौँ,’ कम्पनीका निर्देशक विनोद श्रेष्ठले भने। 

model 3.jpeg

नेपाल आएको नयाँ मोडलमा १ सय ९८ किलोवाट क्षमताको मोटर छ। यसको टप स्पीड क्षमता पनि धेरै विद्युतीय कारको तुलनामा उत्कृष्ट छ। २ सय २५ किलोमिटर प्रतिघण्टाको टप स्पीडमा दौडने क्षमता भएको मोडल थ्री हाइल्यान्डले केबल ५.८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको स्पीड तय गर्न सक्छ। यो कारमा ३ सय ४० एनएम टर्क भएको कारण यसको पर्फमेन्स उत्कृष्ट छ।

यसमा ५८ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ। यसको ग्राउन्ड क्लियरेन्स १ सय ३९ देखि १ सय ८० एमएमसम्म छ। १ सय ७० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर यसले सपोर्ट गर्छ। सामान्यतया यसलाई ११ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्न सकिन्छ।

निकै ठूलो मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बियन्ट लाइट, भेगन सिट, फ्युचरिष्टिक बडी डिजाइन, भरपुर सुरक्षा विशेषता, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण नयाँ मोडल थ्री हाइल्यान्ड विश्वभर चर्चा पाउन सफल भएको कम्पनीको दाबी छ। 

कालो, सेतो र काठको रंगबाट सजिएको भित्र भागमा निकै स्लिम डिजाइनमा बनेको ड्यासबोर्ड २०२४ टेस्ला मोडल थ्रीमा छ। ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेसन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ। हाइल्यान्ड मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध छ। 

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम हाइल्यान्ड मोडलमा रहेको छ। सबै लाइट एलइडी रहेको कारमा १९ इन्टको आकर्षक अलोय ह्वील दिइएको छ। 


प्रकाशित : बिहीबार , फागुन १० २०८०१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend