आइतबार, भदौ २३ गते २०८१    
images
images

हकप्रदसहित बम्पर बोनसको पर्खाइमा शिखर इन्स्योरेन्सका सेयरधनी, लाभांश क्षमता कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २३ २०७८
images
images
हकप्रदसहित बम्पर बोनसको पर्खाइमा शिखर इन्स्योरेन्सका सेयरधनी, लाभांश क्षमता कति?
images
images

काठमाडौं- लाभांश घोषणाको तयारीमा रहेको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने घटिरहेको छ। ननलाइफ इन्स्योरेन्स कम्पनीमा कारोबारदेखि नाफाका हिसाबले पनि पहिलो नम्बरमा रहेको कम्पनीले प्रत्येक वर्ष सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। 

images
images
images

बुधबार पनि शिखर इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ३४ रुपैयाँले घटेर १५८५ रुपैयाँमा कारोबार भयो। कम्पनीको बुधबार १३ हजार २ सय ३ कित्ता सेयर कारोबार भएको थियो। 

शिखरले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिनेगरी ५२ करोड  ७५ लाख रुपैयाँको लागि आवेदन दिएको छ। नेपाल धितोपत्र बोर्ड अनुमति दिने अन्तिम तयारीमा रहेको छ। कम्पनीले एनआइबीएल एस क्यापिटललाई प्रबन्धकमा नियुक्त गरिसकेको छ। 

कम्पनीको ५२ हप्ताको बीचमा अधिकतम मूल्य २०२१ रुपैयाँसम्ममा कारोबार भएको थियो। त्यस्तै न्यूनतम कारोबार भने १५७२ रुपैयाँमा भएको थियो। १८० दिनको औषत कारोबार १९१३ रुपैयाँ रहेको छ। 

images
sicl.PNG

कम्पनीले पहिलो तीन महिनामा १३ करोड ३६ लाख ५२ हजार ४ सय ४० रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले गत वर्षभन्दा १३.३२ प्रतिशत नाफा बढाएको छ। इन्स्योरेन्सको नाफा प्रतिसेयर आम्दानी २२६.७५ रहेको छ। कम्पनीको नाफाको हिसाबले अघिल्लो वर्षकै हाराहारी २५ देखि ३० प्रतिशत लाभांश दिने क्षमता रहेको छ। 

कम्पनीको १ करोड ७५ लाख ८५ हजार २ सय ४० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको बजार भ्यालु २७ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। कम्पनीको नाफाबाट कम्पनीका सेयरधनीहरूलाई गत वर्ष २७.७६९  प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद गरी २९.२३१ लाभांश दिएको थियो। 

कम्पनीले अघिल्लो आर्थिक वर्ष भने ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो।

कम्पनीले सबैभन्दा धेरै २०७२/७३ मा ६३.१५ प्रतिशत लाभांश दिएको थियो। सबैभन्दा कम भने आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश दिएको थियो। 

कुन वर्ष कति लाभांश? 

devodend.PNG

 


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०१:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend