शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

ब्रान्ड ल्याउन मरिहत्ते : छैन विद्युतीय दुईपांग्रेमा उपभोक्ताको आकर्षण, यस्तो छ आयात तथ्यांक

images
images
images
ब्रान्ड ल्याउन मरिहत्ते : छैन विद्युतीय दुईपांग्रेमा उपभोक्ताको आकर्षण, यस्तो छ आयात तथ्यांक

२०२२ को तुलनामा २०२३ मा आधा दर्जनभन्दा बढी ब्रान्ड थपिँदा आयात भने उल्लेख्य रुपमा घटेको तथ्यांक छ। २०२३ मा ४ हजार ६ सय ९७ वटा विद्युतीय स्कुटर आयात भएको छ।

images
images

काठमाडौं- विद्युतीय स्कुटरप्रति नेपाली उपभोक्ताले उतिगहिरो रूचि देखाएका छैनन्। दर्जनौँ ब्रान्डका विद्युतीय स्कुटर आयात भइसक्दासमेत उपभोक्ताले एकाध ब्रान्डका केही मोडलबाहेक खरिद गर्ने चाह देखाएका छैनन्। यसको मुख्यकारण पावर र रेन्जलाई नै मानिएको छ। 

images
images
images

सामान्य उकालोमा समेत नतान्ने र एक सय किलोमिटर हाराहारीमात्र रेन्ज दिने भएकाले सहरी क्षेत्रका उपभोक्ताले पनि विद्युतीय स्कुटर किन्न चाहेका छैनन्।

images

सञ्चालन खर्च न्यून हुने र उन्नत प्रविधिमा आएकाले विद्युतीय कारमात्र होइन भ्यानको समेत बिक्री बढ्दा विद्युतीय स्कुटरमा भने उपभोक्ता आकर्षित नहुनुले शंसय पैदा गरेको छ। अहिले आयात भइरहेका विद्युतीय स्कुटर नेपाली भूगोललाई हेरेर डिजाइन तथा उत्पादन नगरिएकाले पनि बिक्री बढ्न नसकेको र किन्नेहरू पनि पछुताउने अवस्था आएको हो। 

images

विद्युतीय स्कुटरमा जडान भएको मोटर पावर कम हुँदा सामान्य उकालोमा समेत दुई जना नतान्नु र बलिया उत्पादकहरू आएपछि कम मूल्यका स्कुटर ‘नन ब्रान्डेड’ कै हविगत हुनु र तुलनात्मक रुपमा बलिया स्कुटर असाध्यै महँगो हुनुलगायत कारणले विद्युतीय स्कुटरको स्वीकार्यता बढ्न नसकेको हो। 

images
images

नेपाल भित्रिएका ब्रान्ड संख्याका आधारमा विद्युतीय स्कुटरको आयात ज्यादै न्यून रहेको छ। हालसम्म नेपाली बजारमा भित्रिएर बन्द भएका, आयात भइरहेका र आउने क्रममा रहेका ब्रान्डको संख्या करिब एक सय पुगिसकेको छ। आयात भएका तर बन्द भइसकेका ब्रान्डका स्कुटर स्टकमा बसेका छन्, जसको बिक्रीको टुंगो छैन। 

वर्ष २०२१ मा नेपाली बजारमा कुल १ हजार ५ सय ५० वटा विद्युतीय स्कुटर आयात भएको थियो। त्यसको अर्को वर्ष २०२२ मा थुप्रै नयाँ ब्रान्डहरू नेपाल भित्रिएको थियो। त्यसैले २०२२ मा विद्युतीय स्कुटरको आयात बढेर ६ हजार ३ सय ८३ वटा पुगेको थियो।

ब्रान्ड जति नै धेरै बढे पनि बिक्री भने बढ्न सकेन। त्यसैले उक्त वर्ष आयात भएका स्कुटरमा एकाध ब्रान्डबाहेक सबैको स्कुटर स्टकमा छ, जुन अहिले पनि उपभोक्ताको पर्खाइमा छन्। 

२०२२ को तुलनामा २०२३ मा आधा दर्जनभन्दा बढी ब्रान्ड थपिँदा आयात भने उल्लेख्य रुपमा घटेको तथ्यांक छ। २०२३ मा ४ हजार ६ सय ९७ वटा विद्युतीय स्कुटर आयात भएको छ। 

हाल नेपाली बजारमा करिब ८० वटा ब्रान्डका दुई सयभन्दा बढी मोडलका विद्युतीय स्कुटर उपलब्ध छन्। २०२३ मा ६० भन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर आयात नै भएको छ। केही चर्चित ब्रान्डकै स्कुटर आयात भएका छैनन्।

जस्तो हिरो इलेक्ट्रिक, गेमोपाइ, ओकिनावालगायत ब्रान्डका स्कुटर २०२३ मा एउटै आयात भएनन्। तर २०२२ मा आयात भएका यी ब्रान्डका स्कुटर स्टकमा भने उपलब्ध छन्। 

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ। त्यस्तै केही ब्रान्ड जापान, कोरियालगायत मुलुकबाट आयात हुँदै आएको छ।

विद्युतीय स्कुटर विगतमा साना व्यवसायीले मात्र ल्याएकाले कम बिक्री भएको अनुमान गरिँदै आएको थियो। तर पछिल्लो दुई/तीन वर्षयता ठूला व्यावसायिक घरानाले आयात गरेका ब्रान्डले पनि कुनै जादु चलाउन सकेनन्। लक्ष्मी समूहले ल्याएको हिरो इलेक्ट्रिक, आईएमई समूहले ल्याएको राफ्ट ब्रान्डका स्कुटर २०२३ मा एउटा पनि आयात भएको छैन। 

सर्भिस उपलब्ध नहुनु, स्पेयर पार्टस् नपाइनेलगायत कारणले पनि उपभोक्ता विद्युतीय स्कुटर ‘नकिन्ने मुड’मा देखिन्छन्। यसअघि विद्युतीय स्कुटर खरिद गरेर दुःख पाएका उपभोक्ताको गुनासोले पनि अरूलाई नकिन्न प्रेरित गरिरहेको छ। नयाँ आएका ब्रान्डहरू आक्रामक बजार विस्तारमा देखिन्छन् तर दुई वर्षपछि अहिलेका आम विद्युतीय स्कुटर आयातकर्ताकै अवस्था आउने निश्चितजस्तो छ। 

यस्तो छ तीन वर्षमा नेपाल भित्रिएका विद्युतीय स्कुटरको संख्या (यो तथ्यांक २०२१, २०२२ र २०२३ को हो)

सेग्वे

२०२१ मा शून्य

२०२२ मा ६९९

२०२३ मा ३४०

एनआईयू 

२०२१ मा ७६ 

२०२२ मा ५७४

२०२३ मा ३६५ 

टेल्जी

२०२१ मा ७५

२०२२ मा ५२४

२०२३ मा ७२

याडिया

२०२१ मा ७५ 

२०२२ मा ८५८

२०२३ मा ६६५

ओकिनावा

२०२१ मा ४२४

२०२२ मा ११३

२०२३ मा शून्य

ओपाइ

२०२१ मा १४८

२०२२ मा २४२

२०२३ मा ९९

लुयुयान

२०२१ मा ७३

२०२२ मा ३५०

२०२३ मा २१०

हिरो

२०२१ मा ३५ 

२०२२ मा ८०

२०२३ मा शून्य

लेभनिङ

२०२१ मा २६३

२०२२ मा १४५

२०२३ मा ५६

प्योर ईभी

२०२१ मा १८९

२०२२ मा ४७२

२०२३ मा १३८ 

आहाना

२०२१ मा शून्य

२०२२ मा २५५

२०२३ मा ६६

ओकाया 

२०२२ मा ४० 

२०२३ मा ४६

सुनरा

२०२२ मा शून्य

२०२३ मा ४९

टीभीएस

२०२२ मा शून्य

२०२३ मा २००

कोमाकी

२०२१ मा शून्य

२०२२ मा ३९१

२०२३ मा ३५७

सुपर सोको

२०२१ मा ८

२०२२ मा शून्य

२०२३ मा १५४

एथर

२०२२ मा शून्य

२०२३ मा ४३ 

गेसिस्ट

२०२२ मा शून्य

२०२३ मा १४४ 

गेमोपाइ

२०२१ मा ३८

२०२२ मा १२०

२०२३ मा शून्य

एम्पेयर

२०२१ मा शून्य

२०२२ मा ४०

२०२३ मा ८७

रेयमोटर्स

२०२१ मा शून्य

२०२२ मा ४०

२०२३ मा ३५ 

ओडिसी

२०२२ मा १५

२०२३ मा ४१

यूजी बेस्ट 

२०२२ मा २

२०२३ मा ३१

आइमा

२०२१ मा शून्य 

२०२२ मा १४३

२०२३ मा १६

राफ्ट

२०२१ मा शून्य

२०२२ मा ५२

२०२३ मा २५

इनिग्मा 

२०२२ मा ६

२०२३ मा ८० 

जुलुन

२०२२ मा १०१

२०२३ मा १००

जम्बो

२०२२ मा ५२ 

२०२३ मा २०

ई-आशवा

२०२२ मा ४ 

२०२३ मा ६४

केएसआर मोटर्स

२०२२ मा ७८

२०२३ मा ३

रुनयाङ

२०२२ मा शून्य 

२०२३ मा १५७

उल्लेखित ३० ब्रान्डको ब्रेकडाउनसहितको तथ्यांक राखिएको छ। तर अन्य ४० वटा ब्रान्डको भने न्यून तथ्यांक भएकाले त्यसलाई अन्यमा राखिएको छ। 

अन्य ब्रान्ड 

२०२१ मा १४६

२०२२ मा ९ सय ९३

२०२३ मा १०३९

केही कम्पनीले विद्युतीय स्कुटर पनि एसेम्बल गरिरहेका छन्। एसेम्बलका लागि ल्याइएका स्कुटरको संख्या निकै कम संख्यामा अर्थात केही सयमात्र रहेको छ। आयात गरिएकामात्र होइनन् एसेम्बल गरिएका पनि सयौँ स्कुटर स्टकमा रहेका छन्।

‘ब्रान्ड लिगेसी र विश्वसनीयता’बिनाका विद्युतीय स्कुटर : उपभोक्ताले दुःख पाउने मेसो, छैन प्रभावकारी नियमन ‘ब्रान्ड लिगेसी र विश्वसनीयता’बिनाका विद्युतीय स्कुटर : उपभोक्ताले दुःख पाउने मेसो, छैन प्रभावकारी नियमन

images

प्रकाशित : बुधबार, फागुन ९ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस