शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एनआरएनएसहितको १ अर्ब २२ करोड लगानीमा चितवनमा खुल्यो अत्याधुनिक औषधि उद्योग

१८ कराेड रुपैयाँ बराबरकाे आईपीओ जारी गरिने

images
images
images
एनआरएनएसहितको १ अर्ब २२ करोड लगानीमा चितवनमा खुल्यो अत्याधुनिक औषधि उद्योग

चितवनको भरतपुर महानगरपालिकास्थित जुगेडीमा कारखाना रहेको यो उद्योगमा एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठसहित मेडिकल क्षेत्रका विशेषज्ञ व्यवसायीहरूको लगानी रहेको छ।

images
images

काठमाडौं- १ अर्ब २२ करोड रुपैयाँ लगानीमा चितवनमा नयाँ औषधि उद्योग सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) समेतको लगानीमा मुलुककै ठूलो औषधि उद्योग बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको छ।

images
images
images

पछिल्लो समय एकपछि अर्को औषधि उद्योग संकटमा गइरहेका बेला एनआरएनएहरूको लगानीमा अत्याधुनिक ओम मेगाश्री फर्मास्युटिकल उद्योग सञ्चालनमा आएको हो।

images

उद्योगले ५३ थरी औषधिको उत्पादन अनुमति पाइसकेको छ। २०७४ मै लाइसेन्स पाएको कम्पनीले २०७५ बाट उत्पादन थालेपनि कोरोनाका कारण औपचारिक रुपमा सञ्चालनमा आउन सकेको थिएन।

images

सोमबारमात्रै औपचारिक सञ्चालनको घोषणा गरिएको उद्योगले अहिले २७ थरी औषधि उत्पादन थालेको छ। भारतमा समेत निर्यात गर्ने लक्ष्य राखिएको उद्योगको अझै विस्तार गर्दै जाने घोषणासमेत लगानीकर्ताले गरेका छन्। 

images
images

चितवनको भरतपुर महानगरपालिकास्थित जुगेडीमा कारखाना रहेको यो उद्योगमा एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठसहित मेडिकल क्षेत्रका विशेषज्ञ व्यवसायीहरूको लगानी रहेको छ। 

२०७५ मा स्थापना भएको उद्योगको संरचना निर्माण भने कोरोनाका कारण समयमै सम्पन्न हुन सकेको थिएन। उद्योगका अध्यक्षसमेत रहेका श्रेष्ठले अहिले उत्पादन सुरू गरेर बल्ल बजारमा पठाउन थालिएको बताए।

नेपाली उत्पादनप्रति जनविश्वास जगाउँदै गुणस्तरीय उत्पादन बजारमा पठाइने उनको दाबी छ। युरोप कर्मथलो बनाएका श्रेष्ठले विदेशमा सिकेको सीपले नेपालमा लगानी गर्नुका साथै यही रोजगारी सृजनाका लागिसमेत प्रेरित गरेको बताए। २२ हजार ४४ वर्गफिटमा फैलिएको उद्योगले उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठ बताउँछन्। 

ommegashree new.jpg

उद्योगका कार्यकारी निर्देशक नेत्रलाल पौडेलले नेपाल अझै पनि औषधि उत्पादनमा आत्मनिर्भर भइनसकेको बताए। अहिले नेपालको औषधि क्षेत्रमा ४७ प्रतिशत अंशमात्रै नेपाली उत्पादनको रहेको भन्दै उनले भने, ‘आयातित औषधिको अंश ठूलो रहेको अवस्थामा व्यापारघाटा बढाउन यसको योगदान छ। व्यापारघाटा कम गरेर निकट भविष्यमै निर्यात पनि गर्ने योजना उद्योगको छ।’

पहिला प्राइभेट कम्पनीको रूपमा दर्ता भएको उद्योग दुई वर्षअघि पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। यससँगै उद्योगले सर्वसाधारणमा सेयरसमेत बिक्री गर्ने तयारी गरेको छ। सेयर बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटलसँग बिक्री प्रबन्धकका लागि सम्झौता गरिसकेको छ। कम्पनीकाे चुक्तापुँजी ६० कराेड रहेकाे छ। जसमा ४२ कराेड रुपैयाँ संस्थापक लगानीकर्ताको हुनेछ भने १८ कराेड रुपैयाँकाे सेयर भने जनतालाई दिने तयारी गरिएकाे छ। 

मुलुकको औषधि उद्योगलाई बचाएर निर्यातको वातावरण बनाउन आवश्यक भएको उद्योगीहरूको भनाइ छ। स्वदेशमै उत्पादन हुने औषधिहरू आयात गर्न निरुत्साहित गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने माग व्यवसायीको छ। यस्तै औषधि ऐन संशोधनका क्रममा रहेकाले त्यसलाई उद्योगमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिए। 

नेपालमा अहिले पनि ८० भन्दा बढी औषधि उद्योग रहेका छन्। नेपालमा सानाठूला गरी ५० वटा जति आयुर्वेदिक औषधि उद्योग पनि रहेका छन्। 

megashree-e1708357978944.webp

स्वदेशी औषधिले कुल खपतको ८० प्रतिशत हिस्सा धान्न सक्ने अवस्था रहेपनि नीतिगत व्यवस्थाले गर्दा भारतीय र युरोपियन औषधिमा निर्भर हुनुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ। नेपालमा अहिले पनि ५० अर्बभन्दा बढी रकमका औषधि बर्सेनि भित्रिने गरेका छन्।

नेपालमा साढे ७ हजार ब्रान्डका विदेशी औषधि दर्ता भएका छन्। क्यान्सर, एचआइभी/एड्स, न्यूरोसम्बन्धी, मिर्गौलालगायत क्रिटिकल केयरका रोगीलाई खोपबाट दिइने औषधि आयात गर्नुपर्ने अवस्था छ। नेपाली कम्पनीहरूले त्यस्ता औषधि उत्पादन बढाउँदै लगे पनि पर्याप्त नभएकोले नयाँ उद्योगलाई परिस्कृत र अत्याधुनिक बनाउन लागेको उद्योगका अध्यक्ष श्रेष्ठ बताउँछन्।

images

प्रकाशित : मंगलबार, फागुन ८ २०८०११:२६

प्रतिक्रिया दिनुहोस