बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

पेट्रोलियम उत्पादनको केन्द्रमै द्वन्द्व हुँदा पनि किन बढेन मूल्य, कसले बदल्यो बजारको गणित र भूगोल?

images
मंगलबार, फागुन ८ २०८०
images
images
पेट्रोलियम उत्पादनको केन्द्रमै द्वन्द्व हुँदा पनि किन बढेन मूल्य, कसले बदल्यो बजारको गणित र भूगोल?

पछिल्लो समय अमेरिकाले तेलको उत्पादनमात्र बढाएको छैन उत्पादन लागत निकै घटाइदिएको छ। रसियाकै तहमा करिब प्रतिब्यारेल ३५ डलर लागतमा तेलको उत्खनन् गर्न अमेरिका सफल भएको छ।

images
images

काठमाडौं- दुनियाँको इन्धन बजारमा पछिल्लो समय सबै कुरा नयाँ भइरहेको छ। आधुनिक उत्पादन तथा बजारको विकास भएपछिको इतिहासमा भएका घटना पुनरावृत्ति भएको छैन। धेरै मान्छेको अनुमान, पुनरावृत्तिको जोखिम टरेका छन्।

images
images

पछिल्लो घटना सन् १९७० को दशकमा भएको इन्धनको हाहाकार र त्यसले ल्याएको आर्थिक मन्दीको आँधी सबै टरेका छन्। जब कि घटना र कारणहरू त्यतिबेलाको भन्दा अहिले चरम बनिरहेका छन्।

images
images

इन्धनका दुई मुख्य केन्द्रमा अहिले युद्ध छ। त्यतिमात्र होइन इन्धन आपूर्ति हुने मुख्य सामून्द्रिक मार्गमै अवरोध भइरहेको छ। तर यी सबैका बाबजुद इन्धनको मूल्य बढिरहेको छैन। 

images
images

दुनियाँको इन्धन बजारमा मुख्य खेलाडी रसिया पछिल्लो दुई वर्षदेखि युद्धमा मात्र छैन उसलाई धेरैतिर प्रतिबन्ध पनि लागेको छ। इरानमाथि यसै पनि प्रतिबन्ध थियो भने भेनेजुएला लयमा नफर्किँदै प्रतिबन्धमा परेको छ। पछिल्लो समय अरब क्षेत्रमा इजरायल हामास युद्धपछि त झन् इन्धनको मूल्यवृद्धि कसैले रोक्न नसक्ने मानिएको थियो। 

तेल उत्पादकहरूको कार्टेल ओपेकमार्फत् इन्धनको मूल्यवृद्धि हुनसक्ने अनुमान धेरैको थियो। पछिल्लो तीन वर्षमा जति अनुमान गरिए र सन् १९७० को दु:खद नियति दोहोरिने जति पनि अनुमान थिए ती सबै निस्तेज भएका छन्। 

युक्रेनमाथि आक्रमण गरेपछि जब रसियालाई पश्चिमा देशले प्रतिबन्ध लगाए तब युरोपमा इन्धनको हाहाकार हुने अनुमान थियो। रसियाकै तेल र ग्यासमा निर्भर युरोप तड्पिने र प्रतिबन्धनको बदला लिन रसियन शासक भ्लादिमिर पुटिनले ओपेकमार्फत इन्धनको मूल्य विश्व बजारमै बढाइदिने चिन्ता थियो। जुन सफल भएन वा अनुमान गरेजस्तो भएन। 

त्यसपछि अरब क्षेत्रमा अशान्ति भएपछि मूल्यवृद्धिको भयले सताएको थियो। जुन पनि भएन। यति धेरै अवरोध भएको भए पराम्पारगत बजार संरचनामा इन्धनकै कारणले गर्दा संसारको अर्थतन्त्र यतिबेलासम्म गहिरो मन्दीमा फसिसक्थ्यो तर अहिले बरू अर्थतन्त्र अरु कारणले मन्दीमा छन् तर इन्धनको मूल्य यसमा कारक भइरहेको छैन। 

तेलको विश्व बजारमा ओपेक, रसिया जस्ता देशले जे चाहे त्यही हुने विगतको नियति अहिले देखिएको छैन। कम्तिमा त्यो कार्टेल निस्तेज भएर बजारमा सन्तुलन कायम भएको छ। पेट्रोलियम पदार्थको विश्व बजारको गणित, भुगोल र इतिहास बदल्न को आयो? अरबका सुल्तानको तेलमाथिको दबदबा आखिर कसले कमजोर बनाइदियो? 

आजभन्दा १० वर्ष पहिलेमात्र अहिलेजस्तो भएको भए तेलको विश्व बजारमा खाडीका सुल्तान, रसियन शासकले जे चाहे त्यही हुन्थ्यो र अवश्य पनि यस्तो मसयमा उनीहरूले मूल्य बढाइदिन्थे र कतिपय बजारमा आपूर्ति नै रोकिदिन्थे। तर पछिल्लो चार वर्षदेखि त्यो शक्ति तोडिएको छ। किन भने पेट्रोलियमको विश्व बजारमा नयाँ शक्तिका रुपमा अमेरिकी अगुवाइमा उदाएको छ। 

विश्वकै ठूलो अर्थतन्त्र र शक्तिाशाली राष्ट्र सयुक्त राज्य अमेरिका इन्धनको बजारमा नयाँ बादशाहको रुपमा उदाएको छ। अमेरिकी उद्यमी र प्रविधिको साथले गएको चार दशकमा अमेरिका इन्धनको चरम अभाव भोगेको मुलुकबाट विश्व बजारको बादशाहको रुपमा स्थापित भएको छ। यही अमेरिकाले अहिलेको विश्व बजारमा इन्धनको मूल्य बढ्नबाट बचाएकव कतिपयको बुझाइ छ। 

सन् १९७० को दशकमा अरब देशले इन्धन आपूर्ति रोकिएपछि अभावले तड्पिएको अमेरिकाले त्यसपछि जेजति प्रयास गर्‍यो जुन रोमाञ्चक छ। जटिल भौगोलिक संरचनामा लुकेको तेल उत्खननमा अमेरिकी उद्यमी जर्ज मिसेलले विकास गरेको प्रविधिले गर्दा सन् २००८ पछि अमेरिकाले उत्पादनमा चमत्कार गरेको छ।

सन् २०१८ मा आत्मनिर्भर भएको अमेरिकाले सन् २०१९ मा निर्यातको ढोका खोलेको थियो भने अहिले पाँचौ ठूलो निर्यातकर्ता भइसकेको छ। सन् २००५ मा कुल मागको ५० प्रतिशत इन्धन आयात गर्ने अमेरिका अहिले संसारकै ठूलो उत्पादक पनि बनिसकेको छ। आर्टिक बेसिनमा रहेका अमेरिका, क्यानडा र ब्राजिलको अगुवाइमा इन्धनको विश्व बजारमा अहिले हस्तक्षेप गरिरहेका छन्। 

ओपेक देशले उत्पादन घटाएर मूल्य बढाउन खोज्दा पनि यी देशले आपूर्ति बढाएर मूल्य नियन्त्रण गरिदिएका छन्। पछिल्लो समय रेडसीमा द्वन्द्व भएपछि तेलको मूल्य प्रतिब्यारेल ८५ ब्यारेलमाथि पुगेको छैन। 

पछिल्लो समय अमेरिकाले तेलको उत्पादनमात्र बढाएको छैन उत्पादन लागत निकै घटाइदिएको छ। रसियाकै तहमा करिब प्रतिब्यारेल ३५ डलर लागतमा तेलको उत्खनन् गर्न अमेरिका सफल भएको छ। यो लागतकै कारणले गर्दा प्रतिस्पर्धी मूल्यमा युरोपमात्र होइन एसियासम्म आपूर्ति गर्न अमेरिका सफल भएको छ। 

त्यस्तै पछिल्लो समय मुख्य अर्थतन्त्र मन्दीमा गएका कारणले माग पनि घटेको र यो कारणले पनि मूल्यवृद्धि हुन नपाएको कतिपयको विश्लेषण रहेको छ।


प्रकाशित : मंगलबार, फागुन ८ २०८०१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend