शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

साना लगानीकर्ता अतालिँदा सेयर बजारमा ठूलो गिरावट, अबकाे बाटाे कता?

images
बुधबार, मंसिर २२ २०७८
images
साना लगानीकर्ता अतालिँदा सेयर बजारमा ठूलो गिरावट, अबकाे बाटाे कता?
images
images

काठमाडौं- बुधबार सेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ। आइतबार घटेर सोमबार केही बढेको सेयर बजार मंगलबार भने ३७.१८ अंकले पुन: घटेको थियो। बुधबार पनि भारी गिरावट आएको छ।

images
images
images

बुधबार ५३.१० अंकले घटेर २४५५.८१ बिन्दुमा आइपुगेको छ। बुधबार कारोबार रकम पनि घटेको छ। बुधबार २ अर्ब ६६ करोड रूपैयाँको मात्र कारोबार भएको छ। बुधबार १८१ कम्पनीको सेयर मूल्य घटेको छ। ७ कम्पनीको मूल्य बढेको छ।

images
images

बुधबार अजोड इन्स्यूरेन्स, फरवार्ड माइक्रोफाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी, पुनर्बीमा कम्पनी, रूरू हाइड्रो, नेपाल एसबीआई बैंक र स्ट्यान्डर्ड चार्टड बैंकको सेयर मूल्य बढेको हो। 

images
images

लगानीकर्ताहरू विश्वस्त हुन नसक्दा बुधबार भारी गिरावट देखिएको विश्लेषक बताउँछन्। साना लगानीकर्ताहरू आत्तिएर धमाधम सेयर बिक्री गर्न थालेका छन्। 

गएको आइतबार बजार ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको थियो। सोमबार ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा पुगेको सेयर बजार मंगलबार भने ३७.१८ अंकले घटेर २५०८.९१ बिन्दुमा झरेको थियो। यसअघि मंसिर १२ गते बजार ८०.२९ अंकले घटेको थियो। 

मौद्रिक नीतिको समीक्षा हुनअगाडि मंसिर ९ गते बजार २७३१.७८ मा रोकिएको थियो। सेयर धितो राखेर लिइने कर्जामा ४/१२ करोडको सीमा मौद्रिक नीतिको समीक्षामा परिमार्जन नभए पनि त्यसले सेयर बजारमा ठूलो असर नगर्ने विश्लेषकहरूले बताउँदै आइरहेका थिए।

बजार तल झर्ने क्रम नरोकिएको विश्लेषक विष्णु बस्याल बताउँछन्। अहिलेका सूचकाङ्कहरूलाई हेर्ने हो भने बजार अझ तल झर्ने उनको भनाइ छ। बजार २३०० देखि २३७० बिन्दुसम्म झर्न सक्ने देखिएको उनी बताउँछन्। उनले भने, ‘अब केही घटेर त्यसपछि भने बजार उकालो लाग्ने र नयाँ अंकको रेकर्डतर्फ बढ्नेछ।'

सेयर बजार धेरै तल नझर्ने विश्लेषकहरूको दाबी गलत साबित हुने गरी सेयर बजार अनुमानभन्दा बाहिरको उतारचढाव भइरहेको छ। सोमबार बजार सम्हालिएपछि अब केही उचाइमा जाने अनुमानसमेत गरिएको थियो। सोमबारको ३२.२२ अंकको बढोत्तरीले लगानीकर्ता केही सम्हालिएका थिए। तर त्यसपछिका दुई दिन बजारले तल झर्ने संकेत गरिरहेको छ। 


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend