मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

सेयर बजारले भेटेन सुधारको आधार, लगानीकर्ता विश्वस्त नहुँदा पुन: राताम्य

images
आइतबार, फागुन ६ २०८०
images
सेयर बजारले भेटेन सुधारको आधार, लगानीकर्ता विश्वस्त नहुँदा पुन: राताम्य
images
images

काठमाडौं- लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार पुन: उही गतिमा देखिएको छ। बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। 

images
images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थामा नै देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको छ। २१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ। २२५ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार १०.५० अंकले घटेको बजार सोमबार १५.३३ अंकले बढेको थियो। मंगलबार बजार ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको थियो। बुधबार ५.९१ अंकले बढेको बजार बिहीबार १४.४६ अंकले घटेको थियो। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गएको साता सोमबार साँझ सावर्जनिक गरेपछि पनि बजारमा लगानीकर्ताको विश्‍वास गुमेको छ। जसमा लगानीकर्ताहरूले आश गरेअनुरुप व्यवस्थामा कुनै परिवर्तन भएन। 

बैंकिङ क्षेत्रका समस्याका विषयमा समाचारहरू आइरहँदा पनि अर्थतन्त्रको अवस्था कता जान्छ भन्ने अनुमान लगानीकर्ताले गर्न सकेका छैनन्। केही बैंकमा देखिएको समस्याले अन्यतर्फ पनि विश्वासको वातावरण गुमिरहेको संगठित लगानीकर्ताहरू नै बताउँछन्। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  


प्रकाशित : आइतबार, फागुन ६ २०८०१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend