शनिबार, असोज ५ गते २०८१    
images
images

केएफसीको तेह्रौँ शाखा हेटौंडामा

images
बुधबार, मंसिर २२ २०७८
images
images
केएफसीको तेह्रौँ शाखा हेटौंडामा

अन्तर्राष्ट्रिय राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौ शाखा बिस्तार गरेको छ। हेटौंडा उपमहानगरपालिका चौकीटोल स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा केएफसी सञ्चाललमा आएको हो। 

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौँ शाखा बिस्तार गरेको छ। हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा केएफसी सञ्चालनमा आएको हो। 

images
images
images

१ हजार ८ सय ८० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्ने कम्पनीले जनाएको छ। केएफसीले अहिले ‘जहाँ भाटभटेनी त्यहाँ केएफसी’ भन्ने रणनीतिका साथ आक्रमक बजार विस्तार गरिरहेको छ। केएफसीको हेटौडामा खुलेको आउलेट उपत्याकाबाहिरको ५ औँ आउलेट हो।

हेटौंडापछि केएफसीले बुटवलमा बजार विस्तार गर्ने भएको छ। बुटवलको आउलेट सम्भवत १४ औँ आउलेट हुने कम्पनीको भनाइ छ। बुटवलको आउलेट सञ्चालन गरिसकेपछि केएफसी पूर्व नेपालको धरानमा जाने भएको छ। कम्पनी स्रोतका अनुसार धरानमा केएफसीको १५ औँ आउलेट सञ्चालन हुने भएको छ।

नेपाल प्रवेश गरेको एक दशकसम्म उपत्यकामा आउटलेट विस्तार गरिरहेको केएफसी काठमाडौं बाहिर पोखरा र भरतपुरमा मात्र सीमित थियो। तर पछिल्लो समय भने केएफसीले आक्रामक विस्तार गरिरहेको छ।

images

यसअघि केएफसीले १ महिनामै २ वटा आउलेट सञ्चालन गरेको थियो। भदौ १९ गतेदेखि इटहरीमा नयाँ आउटलेट सञ्चालन गरेको कम्पनीले असोज १५ गते नेपालगञ्जमा आउलेट सञ्चालनमा ल्याएको थियो।

काठमाडौं बाहिरका मुख्य सहरमा आउटलेट विस्तार गर्ने योजनाअनुसार केएफसी अघि बढेको छ। काठमाडौं बाहिरका सहरमा मान्छेहरूको आयस्रोत बढेको र उच्चमध्यम वर्गको विकास हुँदै गएपछि ठूला होटल तथा रेष्टुरेन्टको विस्तार बढ्दै आएको छ।

स्वदेशी लगानीकै ठूला चेन होटल तथा रेष्टुरेन्टको विस्तार तीव्र भएको बेला बहुराष्ट्रिय ब्रान्ड केएफसीको पनि विस्तार भएको हो। काठमाडौं उपत्यकामा केएफसीका ८ वटा आउटलेट छन्। दरबारमार्ग, थापाथली, बौद्ध, पुल्चोकको लबीमा मल, महाराजगञ्जको भाटभटेनी, ठिमीको भाटभटेनी, कलंकी र नक्सालमा केएफसीका आउटलेट छन्।

पोखराको लेकसाइड र भरतपुरको सिजी ल्यान्डमार्कमा पनि आउटलेट सञ्चालित रहेका छन्।

अमेरिकी  ब्रान्ड केएफसी र पिज्जाहटको पहिलो आउटलेट सन् २०१० देखि काठमाडौंमा खुलेको थियो। भारत लगायतका देशहरूमा देवयानी इन्टरनेशनले भारतले केएफसी, पिज्जाहट लगायतका फ्रेन्चाइजीको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। 

सन् १९३० देखि सुरु भएको केएफसी अहिले संसारकै लोकप्रिय चिकेन रेष्टुरेन्ट चेनका रुपमा रहेको छ। क्रिस्पी,ग्रिल्ड लगायतका कुखुराको मासुका विभिन्न परिकार यसका सिग्नेचर मेन्युमा पर्छन्। 

संसारका ११८ देशमा १८ हजार ८७५ केएफसी रेष्टुरेन्ट छन्। सुरुमा नेपाल आउँदा विदेशबाट कुखुरा ल्याउने केएफसीले पछिल्लो समय भने नेपालकै कुखुरा खपत गरिरहेको छ।  

नेपालमा केएफसी आएसँगै क्रिस्पीरक्रन्ची चिकेन कल्चर विस्तार भएको छ। चिकेन परिकार केन्द्रित स्थानीय चेन रेष्टुरेन्टहरु पनि विस्तार भइरहेका छन्।

देवयानी इन्टरनेशनल नेपालले सन् २०१० मा केएफसीको दरबारमार्गमा पहिलो आउटलेट खोल्यो। सुरुकै दिनदेखि केएफसीको आउटलेटमा नेपाली उपभोक्ताको भिड लाग्यो। यतिसम्म कि, केएफसीमा उपभोक्ताको बाक्लो भिड लागेपछि दरबारमार्गमै लामो लाइन लाग्न थाल्यो।

‘हामीले सोचेभन्दा निकै बढी ग्राहक सुरुदेखि नै केएफसीमा आउन थाले’ कम्पनीका एक प्रतिनिधिले भने, ‘नेपालमा परिवारसँग रेष्टुरेन्टमा आएर खाने संस्कार रहेछ।’

सुरुमा केएफसीमा लागेको उपभोक्ताको भिड धेरै दिन नटिक्ने एकथरिको अनुमान थियो। केएफसीको महँगो मेनु र परिकारहरूले नेपाली उपभोक्तालाई तानिरहन नसक्ने बताइन्थ्यो। तर भइदियो अर्कै। केएफसीले सबैखाले उपभोक्तालाई तार्गेट गरेर मेनु बनाएको थियो।

नेपालीले कृस्पि चिकेन राम्रै मन पराएपछि उपभोक्ताको भिड घट्ने कुरै भएन। सुरुमा केएफसीले ब्राजिलबाट कुखुराको मासु आयात गरेर पकाउने गर्थ्यो। तर पछिल्लो समय नेपालमै गुणस्तरीय मासु उत्पादन हुन थालेपछि भ्याली कोल्ड स्टोरबाट ल्याउने गर्छ।

एकचोटी केएफसी पुगेको उपभोक्ता फर्कीफर्की जान थालेपछि देवयानीले आउटलेट विस्तारको योजना बनायो। नेपाल प्रवेश गरेको एक दशकमा केएफसीले १२ शाखा विस्तार गरिसकेको छ।

वर्षमा ५ वटासम्म आउटलेट खोल्ने कम्पनीको योजना छ। ‘हामी सुरुमा आउटले विस्तारमा अलि स्लो नै भएका थियौं, तर पछिल्लो समय आक्रामक ढंगले फैलिँदै छौँ’ ती प्रतिनिधिले भने, ‘हामीले सन् २०२१ मै ४ वटा नयाँ शाखा विस्तार गरिसकेका छौँ, अर्को एउटा शाखा पनि यही वर्षभित्र सञ्चलनमा ल्याउँदै छौँ।’

उपत्यकाबाहिर नयाँ ठाउँमा जाँदा व्यापारमा स्टेन हुन सहज हुने भएकोले भाटभेनीसँग सहकार्य गरेर अगाडि बढेको कम्पनीको भनाइ छ। त्यसो त केएफसी आफै पनि बजार अध्ययन नगर्ने भन्ने होइन। केएफसी आफैले पनि सम्भावित ग्राहक र भविष्यलाई हेरेर मात्र आउटलेट विस्तारको रणनीति बनाउँदै आइरहेको छ।

‘हामीले भाटभटेनीमा सपिङ गर्न आउने सेवाग्राहीलाई लक्षित गर्दै नयाँ रणनीति चालेका हौँ, भाटभटेनी पनि देशभर सञ्जाल विस्तार गर्दै छ, यसबाट दुबैलाई सहज हुने गरी काम गरेका हौँ’ ती अधिकारीले भने, ‘अब हाम्रो रणनीति नै जहाँ-जहाँ भाटभटेनी त्यहाँ-त्यहाँ केएफसी भनेर स्थापित हुनै खोजेका हौँ।’


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend