काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ।
बिहीबार रातिबाट लागु हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेललको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो।
नयाँ मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय ६० रुपैयाँ कायम भएको छ।
हवाई इन्धन र खाना पकाउने ग्यासकाे मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।