काठमाडौं-फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीले ३५ प्रतिशत सेयर र ७ प्रतिशत नगद गरी ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांशको प्रस्ताव गरेको हो।
लाभांश नेपाल राष्ट्र बैंकले स्विृकत गरेर साधारणसभाले पास गरेपछि सेयरधनीले पाउने छन्।