काठमाडौं- सुर्खेतबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
उडिरहेकै समयमा प्राविधिक समस्याको रिपोर्टिङ हुँदा काठमाडौं विमानस्थलमा तयारी गरेर आकस्मिक अवतरण गराइएको श्री एयसलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।
जहाजमा ५२ जना यात्रु सवार थिए। सुरक्षित अवतरण भएकाले सवार सबै सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
प्राविधिक समस्याका बारेमा अहिलेसम्म प्रारम्भिक जानकारीमात्र आएको कार्यालयले जानकारी दिएको छ।