शनिबार, असोज ५ गते २०८१    
images
images

सरकारले किन गर्‍यो सुदूरपश्चिमका २० स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा ?

images
बुधबार, मंसिर २२ २०७८
images
images
सरकारले किन गर्‍यो सुदूरपश्चिमका २० स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा ?

बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा  सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

images
images

काठमाडौं- बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा  सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

images
images
images

गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।  तीमध्ये सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच÷पाँच ,बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई-दुई स्थानीय तह छन् 

डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आलिताल , गन्यापधुरा र परशुराम गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् ।  

यसका साथै  बझाङका थलारा, वित्थडचिर , खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास  र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपिहिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका छन् । 

images

गृहमन्त्रालयले २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण सुदूरपश्चिममा  धनजनको क्षति भएको थियो।  यहाँ उक्त बेला विपद्मा परी यस प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौँको अन्य क्षति भएको थियो ।

सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

रासस


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend