मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

चार करोड लागतमा म्याग्देखोला र बुल्दीखोलामा दुई पुल निर्माण, कृषिउपज बजारसम्म लैजान सहज

images
बिहीबार , फागुन ३ २०८०
images
चार करोड लागतमा म्याग्देखोला र बुल्दीखोलामा दुई पुल निर्माण, कृषिउपज बजारसम्म लैजान सहज

दुई पुल निर्माणबाट चार हजारभन्दा बढी लाभान्वित भएका छन्। पुल बन्दा ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएको छ।

images
images

तनहुँ- चालु आर्थिक वर्षमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि चार हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण भएको हो।

images
images
images

स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए।

images
images

पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएको छ। म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँचसय घरधुरीका मानिस लाभान्वित भएका छन्।

images
images

उक्त पुल एक करोड ४१ लाख ५८ हजार नौ सय ९० रूपैयाँमा निर्माण भएको हो। विसं २०७९ भदौ १ मा सम्झौता भइ २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एण्ड बिल्र्डस पर्वतले पुल निर्माणको ठेक्का पाएको थियो। 

बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका मानिस लाभान्वित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। उक्त पुल तीन करोड १२ लाख ४६ हजार छ सय १३ रूपैयाँमा निर्माण भएको हो। विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ बैशाख ४ गते सम्पन्न गर्ने गरी माई-डीएस जेभीले ठेक्का लिएको थियो। रासस


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend