मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

अनपेक्षित रुपमा जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

images
बिहीबार , फागुन ३ २०८०
images
अनपेक्षित रुपमा जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

आन्तरिक मागमा खपत र पुँजीगत खर्चमा देखिएको धिमा गतिले प्रभावित पारेको अनुसन्धान संंस्थाका अर्थशास्त्री योशिकी शिनकेले बताएका छन्।

images
images

काठमाडौं- २०२३ को अन्त्यसँगै जापान आर्थिक मन्दीमा परेको छ। विश्वको तेस्रो ठूलो अर्थतन्त्र आर्थिक मन्दीमा फसेको हो। योसँगै विश्वको तेस्रो ठूलो अर्थमन्त्रको ताज जर्मनीले पहिरिएको छ।

images
images
images

केही विश्लेषकहरूले चीनमा माग कम भएकाले २०२४ को पहिलो क्वाटरमा थप समस्या आउन सक्ने अनुमान गरेका छन्। जापानको केन्द्रीय बैंकले दशकयता खुकुलो मौद्रिक नीति अवलम्बन गरिरहेको छ। 

images
images

त्यस्तै जापानको सबैभन्दा ठूलो कम्पनीमध्येको एक टोयोटा मोटर कर्पोरेसनको माग तथा उत्पादन नियन्त्रणका कारण पनि थप समस्या निम्तिन सक्छ। यी कारणहरूले तत्काल अर्थतन्त्रमा सुधारको संकेत देखिन कठीन रहेको विज्ञहरूले बताएको रोयटर्सले लेखेको छ।

images
images

आन्तरिक मागमा खपत र पुँजीगत खर्चमा देखिएको धिमा गतिले प्रभावित पारेको अनुसन्धान संंस्थाका अर्थशास्त्री योशिकी शिनकेले बताएका छन्। 

अर्थतन्त्रमा अहिले देखिएका गतिविधिहरूले तत्काल वृद्धितर्फ लैजाने कुनै महत्वपूर्ण सूचकहरू नदेखिएको उनको भनाइ छ।

जापानको कुल आन्तरिक उत्पादन अक्टोबर-डिसेम्बरको अवधिमा ०.४ प्रतिशतले घटेको हो। यो अवधिमा १.४ प्रातिशत वृद्धि हुने सरकारी लक्ष्य थियो। दुई त्रैमाससम्म वृद्धिदर ऋणात्मक भएसँगै प्राविधिक रुपमै यसले मन्दीमा गएको देखाएको विश्लेषकहरूले बताएका छन्। 

अर्काथरी विश्लेषकहरूले बैंक अफ जापानले यो वर्षका लागि मौद्रिक उपकरणमा व्यापक बदलाव गरेकाले मन्दीमै जानेमा शंका व्यक्त गरेका छन्।

लगातार दुई त्रैमासमा जीडीपी र लगातार तीन त्रैमासमा आन्तरिक मागमा कमी आउनु सुखद् संकेत होइन तर केन्द्रीय बैंकले गरेको बदलावको परिणामले केही आशाहरू जीवितै राखेको अर्थशास्त्री स्टेफन एंग्रिकले बताएका छन्। 

तलबमानहरूमा भएको वृद्धिले माग सृजना गर्नेमा आफूहरू आशावादी रहेको जापानका अर्थमन्त्री योशिताका शिन्डोले भनेका छन्।

बैंक अफ जापानले विविध पक्षबाट खपतसहितको तथ्यांकहरू हेरिरहेकाले आफूहरूको बुझाइ मौद्रिक उपकरणले जोखिम कम गर्ने रहेको उनले बताएका छन्। 

यो साताको सुरुवातमा प्रतिडलर १ सय ५०.२२ जापानी यन थियो। जापानी सेयर बजार निक्की ०.८ प्रतिशतले बढेको छ। बीओजेले गरेको परिमार्जनले निरन्तरता पाउने र यसको सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ। 


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend