बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

म्याद गुज्रिएको खाद्यवस्तु भेटिएपछि द्वारिकाज र बसेरा होटललाई कारबाही

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २ २०८०
images
images
म्याद गुज्रिएको खाद्यवस्तु भेटिएपछि द्वारिकाज र बसेरा होटललाई कारबाही

त्यस्तै विभागले लाजिम्पाटको हिमालयन होटललाई पनि जरिबाना तिराएको छ।

images
images

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंमा विलासी होटलहरूलाई कारबाही गरेको छ। 

images
images
images

विभागले गरेको बजार अनुगमनका क्रममा होटलमा मापदण्ड मिचेको पाइएकाले विभागले कारबाही जरिबाना गरेको हो। विभागले म्याद गुज्रिएका खाद्यन्न तथा पेय पदार्थ भेटिएको भन्दै जरिबाना तिराएको हो। 

images

विभागको अनुमगन टोलीले काठमाडौंको द्वारिकाज होटललाई ३ लाख रुपैयाँ जरिबाना तिराएको छ। होटलमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको विभागले जानकारी दिएको छ। इडिबल कलर, कोकोनट क्रिमजस्ता वस्तु भेटिएको विभागले जानकारी दिएको छ। 

images
images
images

त्यस्तै अर्को विलासी होटल बसेरलाई पनि ३ लाख नै जरिबाना गरिएको छ। २२ सय रूपैयाँको म्याद गुज्रिएको ब्रेड र जुस पाइएपछि बसेरालाई सचेत गराउँदै जरिबाना गराएको हो। 

त्यस्तै विभागले लाजिम्पाटको हिमालयन होटललाई पनि जरिबाना तिराएको छ।


प्रकाशित : बुधबार, फागुन २ २०८०१६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend