शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

महिला लघुवित्तको ५० प्रतिशत लाभांश कहिले आउँछ सेयरधनीको खातामा ?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २२ २०७८
images
images
महिला लघुवित्तको ५० प्रतिशत लाभांश कहिले आउँछ सेयरधनीको खातामा ?
images
images

काठमाडौं-महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साधारणसभा गर्दै छ। गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश आज (बुधवार) पारित गर्ने भएको छ ।

images
images
images

कम्पनीले नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

images

लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि सभाले टुङ्ग्याउनेछ।

images
images
images

बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । २०७७ साल फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै आकर्षक लाभांश वितरण गर्न लागेको हो।
साधारणसभाबाट पारित भएपछि राष्ट्र बैंकलाई जानकारी गराएर ससेयधनीको खातामा लाभांश पठाइने छ। 

 


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend