काठमाडौं- माघ महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ। माघमा ५० हजार ९ सय २१ लिखत पारित भएको छ। पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पारित भएको थियो।
चालु आर्थिक वर्षको सबैभन्दा धेरै कारोबार माघ महिनामा भएको देखिन्छ। पुसमा ३ अर्ब २० करोड राजश्व उठेकोमा माघ महिनामा ३ अर्ब ३७ करोड रुपैयाँ राजश्व उठेको छ। गत वर्षको माघमा ४१ हजारमात्रै लिखत पास भएकोमा यो वर्षमो माघमा झन्डै १० हजार लिखत पास बढेको हो।
घरजग्गा कारोबारबाट मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको थियो। यो सुधारले घरजग्गा कारोबार बढ्न थालेको देखिन्छ। राष्ट्र बैंकको समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो।
विभागका अनुसार असोज महिनामा सबैभन्दा बढी ४७ हजार ४ सय ९८ वटा किनबेच भएको थियो। विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो।
त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६ वटा, असोजमा ४७ हजार ३ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो।
साथै कात्तिक महिनामा दसैँतिहारको माहोलले सरकारी कार्यालयहरू बन्द हुँदा २६ हजार मात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।