आइतबार, वैशाख २३ गते २०८१    
images
images

एक वर्षमै विद्युतीय कमर्सियल सवारीको आयात ४ गुणा बढ्यो, कुन कम्पनीको आयात कति?

images
images
images
एक वर्षमै विद्युतीय कमर्सियल सवारीको आयात ४ गुणा बढ्यो, कुन कम्पनीको आयात कति?

बिक्री उल्लेख्य रुपमा बढेको पुष्टि आयातको तथ्यांकले गर्छ। एक वर्षमा विद्युतीय भ्यान तथा माइक्रोबसको आयात ४ गुणाले बढेको तथ्यांक छ।

images
images

काठमाडौं- विद्युतीय कारमा मात्र होइन कमर्सियलमा पनि प्रतिस्पर्धा तीव्र रुपमा हुन थालेको छ। प्रतिस्पर्धासँगै बजारमा माग पनि गुणात्मक रुपमा बढ्दै गइरहेको छ। प्रतिस्पर्धी मूल्य र कम सञ्चालन खर्चका कारण विद्युतीय माइक्रोबस तथा भ्यानको बिक्री बढेको हो। 

images
images
images

सहरी रुट, अन्तरसहर रुट, छोटो तथा मध्यम दुरीमा चल्दै आएका परम्परागत माइक्रोबसहरूलाई विद्युतीयले विस्थापित गर्ने ट्रेन्ड बस्ने निश्चितप्राय छ। काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएका माइक्रो सञ्चालकहरू विद्युतीमा जान तयार देखिएका छन्।

images

पछिल्लो समय विभिन्न रुटमा विद्युतीय माइक्रोबस चलिरहेका छन्। सञ्चालन खर्च कम हुनु नै रुटमा सार्वजनिक सवारी चलाउनेहरू आकर्षित हुनुको आधार हो। जसरी विगतमा कमर्सियल सवारी बिक्री गर्नेहरू विद्युतीय भ्यान तथा माइक्रो सेगमेन्टमा उदाउन थाले, यसले यातायात व्यवसायीहरूलाई विश्वास तथा भरोसा मिल्दै गइरहेको छ। 

images

रुटका साथै स्कुल र ट्राभल कम्पनीहरू पनि विद्युतीय भ्यान तथा माइक्रोबसप्रति आकर्षित हुन थालेका छन्। उपत्यकासहित देशभरका सहरी क्षेत्रमा सञ्चालित निजी विद्यालयहरूको रोजाइमा विद्युतीय भ्यान पर्न थालेको छ।

images
images

सोहीकारण व्यक्तिगत रुपमा, साना व्यवसायीमात्र नभइ व्यवसायिक घरानाहरू पनि विद्युतीय भ्यान तथा माइक्रोबस आयातमा केन्द्रित हुन थालेका छन्। माइक्रो तथा भ्यान सेगमेन्टमा विद्युतीय सवारीको बिक्री बढ्दै गइरहेको छ। 

बिक्री उल्लेख्य रुपमा बढेको पुष्टि आयातको तथ्यांकले गर्छ। एक वर्षमा विद्युतीय भ्यान तथा माइक्रोबसको आयात ४ गुणाले बढेको तथ्यांक छ। 

२०२१/२२ मा सबै प्रकारका विद्युतीय कमर्सियल सवारी ८६ वटा आयात भएको थियो। 

२०२२/२३ मा १ सय ५५ वटा माइक्रोबस तथा भ्यान आयात भएका छन्। उक्त वर्ष विद्युतीय भ्यान, माइक्रोबस, मिनिबस, ठूला बस र पिकअप ट्रकसमेत गरि कुल १ सय ९३ वटा आयात भएको थियो। 

२०२३/२४ को १० महिनामै विद्युतीय भ्यान तथा माइक्रोबस मात्र ७ सय ६९ वटा आयात भएको छ। सो अवधिमा माइक्रो तथा भ्यानसहित विद्युतीय बस तथा पिकअपसमेत गरेर कुल ८ सय ३५ वटा आयात भइसकेको छ। 

एक वर्षभन्दा कम समयमा विद्युतीय भ्यान तथा माइक्रोबसको आयात ४ गुणा बढेको तथ्यांकले देखाएको छ। समग्र विद्युतीय कमर्सियल सवारीको आयात पनि सोही रुपमा बढेको हो। 

भारतबाट आयात भएको टाटा एस ईभीबाहेक सबै विद्युतीय कमर्सियल सवारी चीनबाट आयात भएका हुन्। लाइट कमर्सियल सवारी सेगमेन्टमा चिनियाँ दबदबा बढ्दै गएको छ। 

यस्तो छ वर्गीकरणअनुसार ब्रान्डगत आयात तथ्यांक 

११ सिटसम्म 

२०२१/२२ 

डीएफएसके- ६४ 

अन्य- २

२०२२/२३ 

बीएफएसके- ६१

केवाईसी- १ सय २

एसआरएम- २

२०२३/२४ (१० महिनामा)

डीएफएसके- ७७

केवाईसी- ४ सय ४२

एसआरएम- ३३

अन्य- ६ 

भिक्ट्री- १

१४ सिट क्षमताका 

२०२२/२३ 

किङलङ- २

२०२३/२०२४ (१० महिना)

सीएचटीसी- ३

फोटोन- ५

गोल्डेन ड्रागन- ३

किङलङ- १ सय ७५

१५ सिट क्षमतामा 

२०२२/२३

फोटोन- ५ 

२०२३/२४ (१० महिनामा)

फोटोन- ५४

१६ सिट क्षमतामा

२०२३/२४ (१० महिनामा)

हाइगर- २

१७ सिट क्षमताभन्दा बढीमा न्यून संख्यामा विद्युतीय सवारी आयात भएको छ।

त्यस्तै साझा यातायातले गत वर्ष विद्युतीय बस ल्याएकाले ठूला विद्युतीय बसको आयात भएको थियो। तर त्यसयता भने ठूला विद्युतीय बस आयात भएको छैन। बरु विद्युतीय पिकअपको आयात भने क्रमिक रुपमा बढ्दै गइरहेको छ। 

प्रतिस्पर्धा बढ्दो, सर्भिसको चिन्ता 

बजारमा माग बढ्दै जाँदा प्रतिस्पर्धा तीव्र हुँदैछ। अहिले नेपाली बजारमा डीएफएसके, केवाईसी, एसआरएम, भिक्ट्री, सीएचटीसी, फोटोन, हाइगर, विलिङ, गोल्डेन ड्रागन, किङलङ, हाइलोङ, स्काइवेललगायत ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस उपलब्ध छन्।

करिब आधा दर्जन नयाँ ब्रान्ड आयात गर्न नेपाली आधिकारिक बिक्रेता नियुक्त भइसकेका छन्। त्यस्तै एक दर्जनभन्दा बढी व्यावसायिक घराना उपयुक्त ब्रान्डको खोजीमा छन्। यसले के देखाउँछ भने आगामी दिनमा विद्युतीय भ्यान तथा माइक्रोबस सेगमेन्टमा रोचक प्रतिस्पर्धा हुने निश्चित छ। 

विद्युतीय भ्यान तथा माइक्रोबस व्यवसायमा ‘व्यावसायिक दक्षता’ र घरानाले प्रवेश नगर्ने हो भने एकपटक सवारी बिक्री गरेपछि नियमित रुपमा सर्भिस, स्पेयर पार्टस र चार्जिङ पूर्वाधारमा जटिलता आउन सक्ने जोखिम छ। यसले विद्युतीय भ्यान तथा माइक्रोबसको व्यवसायमा स्थायित्वको समस्या ल्याउने छ। 

सार्वजनिक यातायातको रुपमा सञ्चालन हुने भएपछि त्यसका लागि आवश्यक पार्टस र सर्भिस समयमै उपलब्ध हुन नसकेमा व्यवसायीले क्षतिमात्र बेहोर्दैनन्, आम यात्रुले समेत दुःख पाउने छन्।

विद्युतीय सवारीका लागि सबैभन्दा महत्वपूर्ण चार्जिङ पूर्वाधार हो। रुटहरूमा विद्युतीय सवारी चल्न थालेपछि निश्चित किलोमिटरमा चार्जिङ स्टेसन अनिवार्य चाहिन्छ। त्यसैले चार्जिङ स्टेसनका लागि सरकार तथा व्यवसायीले ठूलै लगानी गर्नुपर्ने छ। 

विद्युतीय माइक्रो/भ्यान : ५ वर्षमा १५ हजारको बजार! विद्युतीय माइक्रो/भ्यान : ५ वर्षमा १५ हजारको बजार!

images

प्रकाशित : बिहीबार , फागुन ३ २०८००२:२५

प्रतिक्रिया दिनुहोस