आइतबार, भदौ २३ गते २०८१    
images
images

स्कुटरको बिक्री बढ्दो, यस्तो छ ब्रान्ड अनुसारको बिक्री तथ्यांक

images
बुधबार, मंसिर २२ २०७८
images
images
स्कुटरको बिक्री बढ्दो, यस्तो छ ब्रान्ड अनुसारको बिक्री तथ्यांक

आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ४४ हजार ४ सय ९० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएकोमा १ लाख २५ हजार वटा स्कुटर बिक्री भएको छ।

images
images

काठमाडौं- विगतमा स्कुटर भन्नेवित्तिकै महिलाले प्रयोग गर्ने सवारीका रुपमा लिइन्थ्यो। तर अहिले स्कुटरलाई उत्पादक कम्पनीहरूले नै युनिसेक्स सवारीका रुपमा ब्रन्डिङ गर्दै आएका छन्। त्यसैले पछिल्लो समय स्कुटर चढ्नेहरूको संख्या नेपालमा पनि बढ्दै गएको तथ्यांक छ। 

images
images
images

नेपाली बजारमा हाल दुई दर्जनभन्दा बढी मोडलका स्कुटर उपलब्ध हुँदै आएको छ। सहरी यात्राका लागि स्कुटर उपयोगी हुने भएकाले पनि धेरैको रोजाइमा परेको हो। त्यस्तै चारपांग्रे सवारी हुनेले समेत एउटा स्कुटर खरिद गर्ने गरेको व्यवसायीहरूको भनाइ छ। 

आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ४४ हजार ४ सय ९० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएकोमा १ लाख २५ हजार वटा स्कुटर बिक्री भएको छ। विगतमा कुल बिक्री हुने दुईपांग्रे सवारीमा स्कुटरको हिस्सा निक्कै काम हुने गरेको थियो। अहिले स्कुटरकोा हिस्सा बढ्दै गएको तथ्यांकले पुष्टि गर्छ। 

त्यस्तै आव २०७६/७७ मा २ लाख ४ हजार ५ सय २५ दुईपांग्रे सवारी बिक्री भएकोमा ६७ हजार ७ सय ३५ वटा स्कुटर बिक्री भएको तथ्यांक छ।

images

आव २०७५/७६ मा २ लाख २ लाख ६३ हजार ६ सय ३५ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएकोमा ८३ हजार वटा स्कुटर बिक्री भएको थियो। यी वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा स्कुटरको बिक्री उल्लेख बढेको हो। 

नेपाली बजारमा होन्डा, यामाहा, हिरो, टीभीएस, सुजुकी, अप्रिलिया, भेस्पालगायत ब्रान्डका स्कुटर बिक्री हुँदै आएका छन्। पछिल्लो समय दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर उपलब्ध रहेका छन्।

पेट्रोल स्कुटरको तुलनामा विद्युतीय स्कुटर कम शक्तिशाली भएका कारण नेपाली बजारमा भित्रिएका ब्रान्ड र तिनका मोडलको अनुमातमा बिक्री ज्यादै न्यून रहेको छ। 

यहाँ विद्युतीय स्कुटर बिक्रीको तथ्यांक भने उल्लेख गरिएको छैन। दर्जनभन्दा बढी ब्रान्डका दर्जनौं मोडल उपलब्ध रहेपनि विद्युतीय स्कुटरको बजार हिस्सा एक/दुई प्रतिशत समेत छैन। 

यस्तो छ ब्रान्डअनुसार गत वर्षको स्कुटर बिक्री तथ्यांक   

होन्डा- ४५ हजार ४ सय ७ वटा, ४ वटा मोडल बिक्री हुनेमा सबैभन्दा धेरै डियो 

यामाहा- २१ हजार ५ सय २६ वटा, विभिन्न १० मोडलमा सबैभन्दा धेरै बिक्री हुनेमा रे जेडआर डिस १२५ 

हिरो- २ हजार ७ सय २० वटा, ३ वटा मोडल, धेरै बिक्री हुनेमा डेस्टिनी १२५

टीभीएस- ४३ हजार २ सय ९० वटा, ४ वटा मोडल बिक्री हुनेमा सबैभन्दा धेरै एनटर्क

सुजुकी- ३ हजार २ सय ३०, दुई मोडल बिक्री हुनेमा सबैभन्दा धेरै बर्गम्यान १२५

अप्रिलिया- ६ हजार ३ सय ५७ वटा, सबैभन्दा धेरै बिक्री हुने एसआर १५०, ४ वटा मोडल बिक्री 

भेस्पा- २ हजार ६ सय ३ वटा, सबैभन्दा धेरै बिक्री हुनेमा भेस्पा एलएक्स मोडल, ७ वटा मोडल बिक्री 

इटालीजेट- २ सय ८ वटा, एउटामात्र मोडल


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend